काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषाको नेतृत्वमा प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्कालाई खटाएको छ।
धनुषाका तत्कालीन प्रहरी प्रमुख अमेन्द्र बहादुर सिंह प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएपछि रिक्त रहेको जिम्मेवारीमा एसपी खड्कालाई पठाइएको हो।
प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार खड्काले अब जिल्ला प्रहरी कार्यालय धनुषाको नेतृत्व सम्हाल्नेछन्। उनी यसअघि लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा कार्यरत थिए।
एसपी खड्काको आगमनसँगै धनुषा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
Facebook Comments Box
