Author: Scoop Khabar

नेकपा एमाले पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा यादवले घरदैलो तथा भेटघाट अभियानलाई तीव्रता दिएका हुन्।नेकपा एमालेका उम्मेदवार यादवले वीरगन्ज महानगरपालिका वडा नं. १७अन्तर्गत पर्ने अलौमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेकी छिन्। पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा आज नेकपा एमालेकी उम्मेदवार रिना यादवको घरदैलो कार्यक्रममा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो। घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकास र महिलाको अधिकारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन्। यी विषयहरू आफ्ना चुनावी प्रतिबद्धतामा समावेश रहेको उल्लेख गर्दै निर्वाचित भएपछी कार्यान्वयनमा विशेष जोड दिने प्रतिबद्धता जनाएका हुन्। घर–घरमा पुगेर मतदातासँग भेटघाट गर्ने क्रममा ज्येष्ठ नागरिकहरूको…

थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं फिर्तीलाई लक्षित गर्दै प्रशासनले लगाएको निषेधाज्ञाप्रति आपत्ति जनाएका छन् । यो निषेधाज्ञाले चुनाव बिथोलिन सक्ने उनको चेतावनी छ । आज जिल्ला प्रशासन कार्यालयले भोली फागुन १ गते राजावादीहरूले प्रदर्शन गर्न लागेको भन्दै त्रिभुवन विमानस्थल परिसरमा निषेधाज्ञा लगाइएको सूचना जारी गरेको थियो । यस्तो प्रदर्शनले चुनावको वातावरण बिथोलिन सक्ने जिप्रकाको दाबी छ । निषेधाज्ञा तोडेमा कानूनी कारबाही हुने चेतावनी प्रमुख जिल्ला अधिकारीले दिएका छन् सामाजिक सञ्जालमा स्टाटस लेख्दै लिङ्देनले प्रश्न गरेका छन्, ‘जिप्रकाले जारी गरेको निषेधाज्ञा चुनाव बिथोलिन नदिने हो कि आफैँ बिथोल्न लागेको हो ? संविधान र…

थप

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आफ्नो ७०औँ वार्षिकोत्सव विशेष समारोहका साथ मनाएको छ। बिहीबार काठमाडौंको महाराजगन्जस्थित प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले प्रहरी प्रशिक्षणको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै अवकाश प्राप्त प्रहरी निरीक्षक (इन्स्पेक्टर) ठागा प्रसाद चौधरीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेका छन्। सोही अवसरमा प्रशिक्षण कार्यलाई प्रभावकारी बनाई दक्ष जनशक्ति उत्पादनमा उत्कृष्ट ठहरिएको नेपाल प्रहरी शिक्षालय भरतपुरलाई सर्वोत्कृष्ट तालिम केन्द्रको रनिङ्ग शिल्ड प्रदान गरिएको छ। शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तारा देवी थापाले उक्त पुरस्कार ग्रहण गरेकी छिन्। समारोहमा आईजीपी कार्कीले प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रेरणा–२०८२’ स्मारिकाको लोकार्पण गर्दै उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक…

थप

एजेन्सी । बंगलादेशमा बिहीबार सम्पन्न संसदीय चुनावमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ । २९९ सिटमध्ये बीएनपीले १६५ सिट जित्दै स्पष्ट बहुमत प्राप्त गरेको हो। यससँगै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान प्रधानमन्त्री बन्ने सम्भावना बलियो बनेको छ। दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका रहमानले दुवै सिटमा जित हात पारेका छन्। यसैबीच जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनले हालसम्म ४५ सिट मात्र जितेको छ। जमात प्रमुख शफिकुर रहमान ढाका–१५ बाट विजयी भएका छन्। अन्य दल तथा स्वतन्त्र उम्मेदवारले तीन सिट जितेका छन्। समाचार तयार पार्दासम्म २०६ सिटको नतिजा सार्वजनिक भइसकेको छ भने बाँकी सिटको परिणाम…

थप

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा ६० लाख रूपैयाँ नगद लुटेको आरोपमा प्रहरीले पूर्व हवल्दारसहित थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत घर भएका पूर्व प्रहरी हवल्दार रमेशबहादुर बुढा र इलाम घर भएका दीपक राई छन् । ‘सस्तो दरमा बिल सहितका सुन दिन्छौं’ भनेर आरोपीहरुले पीडितलाई कीर्तिपुरमा बोलाएर माघ १४ मा ६० लाख लुटेका थिए । कीर्तिपुरस्थित एबीगाडो क्याफेमा भएको लुटपाटमा संलग्न थप दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रामेश्वर कार्कीले बताए । यसअघि विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत हवल्दार कर्णबहादुर सुनुवारसहित ४ जना पक्राउ परेका थिए । यसअघि हवल्दार सुनुवार, काभ्रेको रोशी गाउँपालिका–१० घर भएर सूर्यविनायक…

थप

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा बिहीबार सम्पन्न गोष्ठीमा ट्राफिक व्यवस्थापनको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले सडक सुरक्षा कुनै एक निकायको मात्र दायित्व नभई सबै सरोकारवालाको साझा जिम्मेवारी भएको स्पष्ट पारे। उनले सडक प्रयोगकर्ता, सडक विभाग, यातायात व्यवस्था विभाग, सवारी साधन धनी तथा यातायात व्यवसायी सबैले आफ्नो जिम्मेवारी र जवाफदेहिता बहन नगरेसम्म दिगो सडक सुरक्षा सम्भव नहुने बताए। सडक प्रयोगकर्ताले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिँदै उनले समन्वय र…

थप

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिकास्थित विभिन्न खोलाहरूमा चुरे क्षेत्रलाई असर पर्ने गरी अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको पाइएको छ। प्रहरी टोलीले पटक–पटक अवैध उत्खननमा प्रयोग भएका जेसीबी नियन्त्रणमा लिए पनि कारबाही नहुँदा गैरकानुनी उत्खनन झनै बढ्दै गएको छ। बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले गौरीगङ्गा नगरपालिका–स्थित शिवगङ्गा खोलामा अवैध रूपमा उत्खनन गरिरहेका २ वटा जेसीबी मेसिन नियन्त्रणमा लिएको थियो। तर कानुनअनुसार कारबाही र जरिवाना गर्नुपर्नेमा उल्टै १६ हजार रुपैयाँ रोयल्टी काटेर ‘कार्यविधि’ का नाममा उत्खनन गर्न इजाजत दिइएको पाइएको छ। प्रदेश तथा संघीय सरकारका ऐनअनुसार चुरे क्षेत्रमा जेसीबी लगायत भारी मेसिन प्रयोग गर्न नपाइने स्पष्ट प्रावधान रहेको छ।…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले तारिक बुझ्न आफू विभिन्न अदालतमा जानुपरेको भन्दै अदालतले आफूमाथि न्याय गर्ने विश्वास व्यक्त गरेका हुन् । सबैले न्याय पाउने अदालतबाटै भएकाले कानुनी र अदालती प्रक्रियालाई आफूले सदैव सम्मान गर्ने उनले बताए । उनले मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफै उपस्थित हुनुपर्ने भएकाले आफूले त्यही अनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको बताए । सभापति लामिछानेले आफूहरू कानुनी राज्य स्थापित गर्न हिँडेकाले कानुनी प्रक्रियालाई राम्रोसँग बहन…

थप

काठमाडौं । स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी भएकामा रेड नोटिस जारी भएका आठ र डिफ्युजन जारी भएका दुई जनालाई इन्टरपोलको समन्वयमा विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा ३४ जनाविरूद्ध रेड नोटिस र दुई जनाविरूद्ध डिफ्युजन जारी भएकोमा १७ जना रेड नोटिस जारी भएका र तीन जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको थियो ।…

थप

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले आसन्न निर्वाचनका क्रममा नेपाल प्रहरी वा निर्वाचनमा खटिएका कर्मचारीलाई सहयोग आवश्यक परे आदेशको पर्खाइ नगरी तत्काल परिचालन हुन देशैभरका युनिटलाई निर्देशन दिएका छन्। माघ २७ र २८ गते गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा अवस्थाबारे स्थलगत अनुगमनका क्रममा आईजी अर्यालले भूकम्पजस्ता विपद्मा स्वतः परिचालन भएझैं निर्वाचनमा पनि आवश्यक परे तुरुन्त खटिन र त्यसपछि मुख्यालयलाई जानकारी गराउन स्पष्ट निर्देशन दिए। ‘आदेशको पर्खाइमा नबस्नुहोस्, सुरक्षात्मक कारबाहीका लागि तत्काल परिचालन भएर जानकारी गराउनुहोस्, आदेश कुर्नु पर्दैन, यही स्थायी आदेश हो,’ उनले भने। मंगलबार उनले सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की मातहत परिचालन…

थप