काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको केन्द्रीय अध्यक्षमा डिकबहादुर खत्री (कुमार) निर्वाचित भएका छन्।
संघको हालै सम्पन्न निर्वाचनबाट खत्री अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनको नेतृत्वमा वैदेशिक रोजगार क्षेत्रको सुधार, व्यवसायीहरूको हकहित संरक्षण तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ।
खत्रीको निर्वाचितसँगै विभिन्न व्यक्ति तथा संस्थाले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीहरूले अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै वैदेशिक रोजगार क्षेत्रका चुनौती समाधान र व्यवसायीहरूको साझा हितका लागि प्रभावकारी नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
यसैबीच, निर्वाचनबाट विजयी भएका अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई समेत बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
