Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ स्थितबाट ५ सय ७७ किलोग्राम र इनरुवा नगरपालिका-३ स्थतिबाट १० किलोग्राम गाँजा प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ । मंसिर २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका-८ स्थितमा ११ वटा बोरामा रहेको ५ सय ७७ किलो ग्राम गाँजा, इनरुवा नगरपालिका-३ स्थितबाट १० किलोग्राम गाँजा र २ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउनसुगर बेवारिसे अवस्थामा बरामद गरेको हाे । लागुऔषध गाँजा र ब्राउन सुगर बरामद भए संगै ओसार पोसारमा संलग्न व्यत्तिहरुको खोजी कार्य भईरहेको छ ।
काठमाडौं । मोरङको लेटाङमा भएको १३ वर्षीया बालिका अंशु गौतमको बलात्कार तथा हत्या प्रकरणमा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले २ महिनापछि पक्राउ गर्न सफल भएको छ। पीडित परिवारलाई सताइरहेको घटनाको दोषी खुलेआम फरार भइरहेका बेला प्रहरीले सञ्चालन गरेको व्यापक खोज तथा अनुगमनले अन्ततः अभियुक्त पक्राउ परेपछि घटनामा महत्वपूर्ण प्रगति भएको हाे। लेटाङमा बसोबास गर्ने अंशु गौतम असोज महिनाको दोस्रो सातादेखि बेपत्ता भएकी थिइन्। प्रारम्भिक खोजतलासका क्रममा स्थानीयहरूले जंगल क्षेत्रमा अंशुको शव भेटाएपछि घटना अत्यन्तै संवेदनशील र गम्भीर बनेको थियो। फोरेंसिक परीक्षण तथा प्रारम्भिक अनुसन्धानमा अंशुमाथि बलात्कार गरी हत्या गरिएको पुष्टिका साथ प्रहरीले घटनालाई ‘गम्भीर अपराध’ को श्रेणीमा राखेर अनुसन्धान अघि बढाएको…
काठमाडौं । विशेष अदालतले सहसचिव तिर्थराज भट्टराईलाई धरौटीमा छोट्न आदेश दिएको छ । तत्कालिन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख भट्टराईलाई सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटीमा छाड्न आदेश दिएको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। आयोगले भट्टराईसहित तीन जनासँग जनही १ करोड ३ लाख ७९ हजार ६०० विगो र सजायको माग गरेको थियो। त्यस्तै आयोगले भट्टराईसहित ७ जनाविरुद्ध भिजिट भिसा तस्करी प्रकरणमा पनि मुद्दा दायर गरेको छ ।
काठमाडौं । उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को यही मङ्सिर २२ गतेको निर्णयअनुसार नेपाली सेनाको सहायक रथीबाट उपरथी दर्जामा विशेष बढुवा भएका क्षेत्रीलाई प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नेपाली सेनाको जङ्गीअड्डामा शुक्रबार आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक–एक जना महासेनानी तथा प्रमुख सेनानीलाई दर्ज्यानी चिह्न प्रदान गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृतलगायत पदोन्नति भएका रथीवृन्त तथा अधिकृतहरूका परिवारजनको पनि उपस्थिति थियो ।
पोखरिया । समाचार संकलनको क्रममा जीराभवानी गाउँपालिका पुगेका पत्रकार शैलेश गुप्तामाथि त्यहाँका केही कर्मचारीले दुव्यर्वहार गरेका छन् । पर्सा जिल्लाबाट प्रकाशित हुंदै आएको फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक एवं प्रेस चौतारी नेपाल पर्साका सदस्य शैलेश साह गुप्तामाथि बुधवार जीराभवानी गाउँपालिकाको केही उच्छृखंल कर्मचारीहरुले दुव्यर्वहार गरेका हुन् । त्यहाँका कर्मचारी इन्द्रजीत हजरा, जितेन्द्र मिश्रालगायतले पत्रकार शैलेशलाई अपशब्द प्रयोग गरी मोबाइल फोन खोस्ने र हातपात समेतको प्रयास गरेको थिए । पर्सा जिल्लाको जीराभवानी गाउँपालिकामा भइरहेको अनियमितता, भ्रष्टाचार र कर्मचारीका अनुपस्थितिको समबन्धमा स्थानीयद्वारा जानकारी प्राप्त भएपछि पत्रकार शैलेश गुप्ता समाचार संकलनका लागि बुधवार करिब १२ –३० बजे जीराभवानी गाउँपालिकाको कार्यालयमा पुगेका थिए ।…
वीरगन्ज ।पर्सा प्रहरीले प्रतिबन्धित लागू औषध ट्रामाडोल क्याप्सुल ७६१७०पीस सहित चारजना मानिसलाई पक्राउ गरेको छ।वीरगन्ज महानगरपालिका वडा १५स्थित प्रतिमा चौक स्थित टिकट काटने काउन्टर नजिजबाट ईभी गाडीमा बाट ७६१७०पीस लागूऔषध ट्रामाडोल क्यापसुल बरामद गरेको हो। पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा बस्ने बर्ष २० को युवराज पटेल,बर्ष२१को अफजल देवान, जिल्ला धाडिङ्ग बेनिघाट रोराङ्ग गाऊपालिका वडा नम्बर ६ बस्ने बर्ष१९ को रामहरि मगर र सिदलेख गाऊपालिका वडा वडा नम्बर ७ बस्ने बर्ष १९ को राजकुमार मगराती रहेको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रिपुरबाट खटिगएको प्रहरी टोलीले प्रतिमा चौक टिकट काटने काउन्टर नजिक सार्वजनिक…
काठमाडौं । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी अन्तरिम सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने निश्चित भएको छ। पूर्व सुरक्षा अधिकारीबाट मन्त्री पदमा उक्लन लागेका भण्डारीको नाम प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी हुन्। भण्डारी मूलतः सुदूरपश्चिमको बैतडीबाट हुन्। अन्तरिम सरकारले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व नपाएको भन्दै उठ्दै आएको आवाजबीच भण्डारीको नाम अन्तिम चरणमा पुगेको हो। उनी हाल काठमाडौंमै बसोबास गर्दै आएका छन्। भण्डारी प्रहरी सेवाबाट एआईजी पदका साथ अवकाशप्राप्त अधिकारी हुन्। सुरक्षा क्षेत्रमा लामो अनुभव बोकेका उनी श्रम–रोजगारजस्तो संवेदनशील मन्त्रालयको नेतृत्व लिन लागेका छन्। त्यस्तै कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, माधव चौलागाईं…
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्सामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टले सादा पोशाकमा परिचालन गरेका घुमुवा जवान रामराज यादवलाई काठमाडौंस्थित हेडक्वार्टर तानिएको छ । स्रोतका अनुसार, ५–६ वर्षदेखि पर्सामा कार्यरत यादव संगठनको नीति विपरीत लामो समय एउटै जिल्लामा बसेर अवैध असुली र तस्करीमा संलग्न रहेको गुनासो तथा उजुरी उच्चस्तरमा पुगेपछि उनलाई तानिएको हो । घुमुवा यादव तानिए पनि एसपी भट्टका प्रमुख सहयोगी र घुमुवा कमान्डर, सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्ल अझै पर्सामा असुली कार्यमा परिचालन भइरहेको छ। आई.डी. नं. ३०७७ भएका प्रहरी निरीक्षक मल्ल हाल स.प्र.बल, नेपाल नं. ४६ गुल्म हे.क्वा. डोल्पामा…
सुशील दर्नाल/रासस काठमाडौँ । राजधानीमा जारी ‘साफ महिला क्लब च्याम्पियनसिप’ फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा भारतको इष्ट बङ्गाल विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा इष्ट बङ्गालले पाकिस्तानको कराची सिटीलाई २–० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । इष्ट बङ्गालको लागि दुवै गोल सुलन्जना रावलले गरे । उनले खेलको पाचौँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको पहिलो हाफको २१ औँ मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । खेलको विभिन्न समयमा कराचीले गोल गर्न प्रयास गरेतापनि सम्भव हुन सकेन । प्रतियोगितामा दक्षिण एसियाका विभिन्न पाँच राष्ट्रका च्याम्पियन क्लवहरु…
सर्लाही । बिष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोट सहित कौडेना गाउँपालिका-५ छपकैया बस्ने ३० वर्षीय फिरोज खानलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको छ ।