Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
मुगु । १६ वर्षदेखि रहस्यमै रहेको हरिकृष्ण शाही हत्या प्रकरण अन्ततः प्रहरीले उजागर गरेको छ। जिल्ला प्रहरी कार्यालय मुगुले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको उक्त ‘कोल्ड केस’लाई पुनः अनुसन्धान गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सफलता हासिल गरेको हो। वि.सं. २०६७ असार ४ गतेदेखि हराएका हरिकृष्ण शाहीको शव ४ दिनपछि तत्कालीन श्रीनगर गाविस–५ अन्तर्गत धैनकोट जाने सडकछेउमा फेला परेको थियो। घटनापछि मृतककी आमा पुनी शाहीले कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिएकी थिइन्। तर वर्षौंसम्म अनुसन्धानले ठोस निष्कर्ष निकाल्न सकेको थिएन। जिल्ला प्रहरी कार्यालय मुगुले पछिल्लो समय मुद्दालाई पुनः प्राथमिकतामा राखी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा तत्कालीन अस्थायी प्रहरी पोस्ट कालिकाका…
काठमाडौं । प्रहरीले स्रोत नखुलेको आठ लाख ६१ हजार पाँचसय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई काठमाडौंको नयाँ सडकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। तिमल्सिनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कसुरमा चार दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
बाजुरा । बडिमालिका नगरपालिका–९ गैरिबजार मार्तडीकी दिपेश बिककी श्रीमती रमा बिकले शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तश्रावका कारण शरीरमा रगतको कमी भएपछि उनको अवस्था गम्भीर बनेको थियो। उक्त अवस्थामा जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी जवान आरती धामीले तत्काल रक्तदान गरी उनको जीवन बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। समयमै गरिएको रक्तदानका कारण महिलाको ज्यान जोगिएको चिकित्सकहरूले बताएका छन्। प्रहरी जवान धामीको मानवीय कार्यको स्थानीयस्तरमा प्रशंसा गरिएको छ।
काठमाडौं । उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले ट्राफिक नियम उल्लंघन गर्ने कसैलाई पनि सहुलियत नदिन मातहतका ट्राफिक प्रहरीलाई कडा निर्देशन दिएका छन्। उनले ट्राफिक नियम उल्लंघन गर्ने जो-कोही भए पनि कानुनी कारबाही निर्दयताका साथ गर्नुपर्ने बताउँदै कसैलाई पनि छुट नदिन स्पष्ट निर्देशन दिएका हुन्। सडकमा खटिने ट्राफिक प्रहरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निगरानीमा रहने भएकाले उनीहरूको बोली, व्यवहार, अनुशासन र निष्पक्ष कार्यसम्पादनले समग्र संगठनको छवि निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने एसएसपी काफ्लेले उल्लेख गरे। उनले ट्राफिक प्रहरी संगठनको ‘ऐना’ भएकाले आफूलाई सोही अनुसार प्रस्तुत गर्नुपर्ने बताउँदै आर्थिक पक्षमा ‘Zero Tolerance’ नीति कडाइका साथ लागू गर्न निर्देशन दिए। धुलो, धुवाँ, घाम-पानीको…
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणहिटी दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेपछि २०५८ जेठ १९ (१ जुन २००१) को त्यो कालो रात फेरि चर्चामा आएको छ। पदभार सम्हाल्दै गृहमन्त्री गुरुङले दरबार हत्याकाण्डका फाइल खोल्ने निर्णय गरेका हुन्। दरबार हत्याकाण्ड पुनः खोल्ने निर्णयपछि घटनाका कारण र रहस्यमाथि बहस भइरहेको छ । त्यस्तै अर्को चासोको विषय बनेको छ- राजपरिवारको सामूहिक हत्या हुँदा नेपालको राज्यसत्ता कसको हातमा थियो ? त्यतिबेला देशका प्रमुख संवैधानिक तथा राजनीतिक पदमा को–को थिए र उनीहरूको अहिलेको अवस्था के छ ? दरबार हत्याकाण्ड हुँदा नेपालमा संवैधानिक राजतन्त्र कायम थियो। राजा वीरेन्द्र शाह राष्ट्र प्रमुख तथा नेपाली सेनाका परमसेनाधिपति…
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयका लागि विनियोजित बजेट अपर्याप्त भएको गुनासो गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् । उनले प्रभावकारी कार्यसम्पादनका लागि बजेट वृद्धि गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री गुरुङले सुशासन कायम गर्न, विपद् व्यवस्थापन तथा लागुऔषध नियन्त्रण जस्ता गम्भीर विषयमा काम गर्न मन्त्रालयलाई स्रोतको अभाव रहेको उल्लेख गरे । मन्त्री गुरुङले बजेटको सिलिङभन्दा २० अर्ब रुपैयाँ थप ल्याउन आफूले धेरै मेहनत गरेको भएपनि त्यो अझै पर्याप्त नभएको बताए । विपद् व्यवस्थापनका सन्दर्भमा बोल्दै मन्त्री गुरुङले सार्वजनिक खरिद ऐनका झन्झटिला प्रावधानका कारण उद्धार सामग्री खरिदमा ढिलाइ…
काठमाडौं । काठमाडौंमा टोले गुण्डागर्दीसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्दै आएका ३७ वर्षीय श्यामबहादुर तामाङ उर्फ ‘श्याम लामा’ रहेका छन्। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बिहीबार दिउँसो करिब १२ बजे उनलाई कागेश्वरी मनोहरा नगरपालिका–५ क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार अनुसन्धानका क्रममा तामाङ यसअघि पनि विभिन्न आपराधिक मुद्दामा पक्राउ परिसकेको खुलेको छ। उनी २०७० सालमा अपहरण तथा शरीर बन्धक मुद्दामा पक्राउ परेका थिए भने २०७५ सालमा अभद्र व्यवहार मुद्दामा समेत कारबाहीमा परेका थिए। यस्तै, २०७९ र २०८० सालमा पनि अभद्र व्यवहारसम्बन्धी घटनामा…
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बालाजुस्थित सुकुम्वासी राखिएका ‘होल्डिङ सेन्टर’को बिहीबार अवलोकन गरेका छन् । त्यसक्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्वासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी मागे । सुकुम्वासी परिवारको उचित व्यवस्थापनप्रति सरकार गम्भीर रहेको स्पष्ट पार्दै गृहमन्त्री गुरुङले व्यवस्थापनका क्रममा कुनै कमीकमजोरी भएको भए क्षमा गरिदिन आग्रह गरे । उनले भने, ‘सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ, अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ ।’ सो क्रममा सुकुम्वासी परिवारले गृहमन्त्री गुरुङ समक्ष होल्डिङ सेन्टरमा बसोबास सहज भए पनि बालबालिकाको शिक्षादीक्षामा अप्ठयारो भोग्नु परेको गुनासो गरेका थिए । उनीहरूको गुनासो सुनेपछि गृहमन्त्री गुरुङले उक्त क्षेत्रमा आवश्यक व्यवस्थापनका…
कालीकोट । कालीकोटमा अज्ञात समूहद्वारा एक युवाको हत्या गरिएको आशंका गरिएको छ। सान्नीत्रिवेणी गाउँपालिका–९ मुम्राको सुपेचौरमा सान्नीत्रिवेणी गाउँपालिका–४ निवासी अन्दाजी ३१ वर्षीय सुरेन्द्रबहादुर शाही मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार गएराति अज्ञात समूहले शाहीको हत्या गरेको आशंका गरिएको छ। उनको शव गाउँ नजिकैको खरबारीमा फेला परेको हो। घटनास्थलमा शाहीमाथि प्रहार गर्न प्रयोग गरिएको हुन सक्ने ढुङ्गा समेत भेटिएकाले हत्या भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। यद्यपि, घटनाको वास्तविक कारण र हत्यामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको र घटनाको सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरीले…
काठमाडौं । सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा तत्कालीन माओवादी नेता गोविन्दबहादुर बटालालाई १० वर्षको कैद सजाय सुनाएको छ । यसअघि उनलाई सफाइ दिएको थियो । न्यायाधीशहरू डा. नहकुल सुवेदी, अव्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले यसअघि सर्वोच्चबाटै भएको फैसला उल्ट्याउँदै बिहीबार बटालालाई १० वर्षको कैद सजाय सुनाएको हो ।