Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) हरुलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक (आईजी) वसन्त कुँवर नेतृत्वको बढुवा समितिले शनिवार राति बढुवा सिफारिस सूची प्रकाशन गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ छन् । त्यस्तै इन्स्पेक्टरमा बढुवा सिफारिस हुनेमा क्रमशः लोकराज पाठक, थानेश्वर चपाईं, मनोज पाण्डे, हरिमाया थापा र तेज प्रसाद भट्टराईसहित ६४ जना छन् ।
काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा एक जना बढुवा भएका छन् । बढुवा हुनेमा प्रदिप पन्त रहेका छन् । प्रहरी बढुवा समितिको बिहीबार बसेको बैठकले प्रहरी बरिष्ठ नायब निरीक्षक (सई) पन्तलाई इन्स्पेक्टरमा बढुवा गरेको हो । प्राविधिक प्रहरी समूहअन्तर्गत स्वास्थ्य उप-समूह प्यारामेडिक्सतर्फ रहेका उनलाई सोही समूहको इन्स्पेक्टर पदमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
काठमाडौं । नेपाल प्रहरीमा जनपथतर्फ ८ वटा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी छ । टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेक बहादुर तामाङ एआईजी छन् । उनीहरु दुई टोलीमा एआईजी भएका हुन् । जसमध्ये राई, ज्ञवाली, बज्राचार्य, भण्डारी र चौधरी हालका प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरका ब्याचमेट हुन् भने थापा, गिरी र तामाङ पछिल्लो ब्याजका हुन् । कुँवरपछि तीनजना मध्ये एकजना आईजी बन्नेछन् । एआईजी विशिष्ट श्रेणी अर्थात नीतिगत पद हो । संगठनमा सबै एआईजीको आ आफ्नै भूमिका छ । उनीहरुले प्रहरी सेवादेखि अहिलेसम्म संगठनमा रहँदा के के गरे ?…
काठमाडौ । राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि ५ जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । ठूलो परिमाणमा भित्रिएको अवैध सुनको कारोबारमा जोडिएका अरु व्यक्तिको खोजीका लागि अनुसन्धान अधिकृतहरू तोकिएको राजस्व अनुसन्धान विभागले जनाएको छ । यो प्रकरणबारे विस्तृत अध्ययन गर्नका लागि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा १० को व्यवस्थाअनुसार अनुसन्धान अधिकृतहरू तोकिएका छन् । ५ सदस्यीय अनुसन्धान अधिकृतको समूहले उक्त अवैध सुनका विषयमा थप अध्ययन तथा अनुसन्धान गरी विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर बुझाउनेछ । ऐनले विभागका महानिर्देशक आफैँ रहन सक्ने वा महानिर्देशकको…
सुनसरी । सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रवार राती ११ बजे दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले जानकारी दिए । चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमतर्फ जादै गरेको भारतीय नम्बर डब्ल्यू बी ७३ ई ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को२९प ३७१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चारैजनालाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको…
काठमाडौं । गत ३१ असारको बिहानै सप्तरी कञ्चनरुप नगरपालिका, ८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा परिचय नखुलेको मागी खाने अन्दाजी ६० ६५ वर्षीय पुरुष मृतक फेला परेका थिए । उनलाई चिरपट प्रहार गरि हत्या गरिएको प्रहरीको आशंका थियो । तत्काल इलाका प्रहरी कार्यालय कञ्चनरुपले घटनालाई सिरियस लिएर अनुसन्धान अगाडि बढायो । प्रहरी अनुसन्धानको क्रममा एक युवकले ती पुरुषको हत्या गरेको खुलेको छ । ती युवकले बिँडी नदिएको निहुँमा ती पुरुषको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न कञ्चनरूप नगरपालिका १० बदगमा टोलका २८ वर्षीय मनोज पासवानलाई प्रहरीले पक्राउ गरेर सोधपुछ गरिरहेको छ । सप्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)…
विपिन गौतम पहिले शिक्षा र जनचेतनामुलक कार्यक्रमको माध्यमले स्वयं चालक सडक शिक्षाको जानकार हुनुभयो भने सहज हुन्छ जुन शिक्षाको माध्यमले नै सम्भव छ । स्वतस्फूर्त गरिने सडक नियम पालनामा चालकको लापर्वाही किन ? भन्ने प्रश्न जनमानसमा रहेको छ । जरिवाना कस्तो ? जरिवाना उच्च हुनुपर्छ । कारवाही सम्झदा डरलाग्ने । प्रविधिको प्रयोगले सप्रमाण कारवाही । जरिवाना विवेकको कि वास्तविकता ! ट्राफिक प्रहरीको विवेकको भरमा जरिवाना गर्न हुन्न । एकजनाले हुन्छ अब नगर्नुहोस् भन्ने त्यही कसुर अर्कोले ज्यान गए नछोड्ने, हुनुहुँदैन । समान कारवाही हुँदा चित्त दुख्दैन । ड्युटीमा खटिने ट्राफिक प्रहरीलाई र सडकमा सवारी साधन चलाउने चालकहरुलाई विभिन्न समस्याले नियमित…
कलैया । जिल्ला प्रहरी कार्यालय बाराका नायब उपरीक्षक (डिएसपी) पुरूषोत्तम पाण्डे र निरीक्षक (इन्स्पेक्टर) रूपेश साहलाई निलम्बन गर्नुपर्ने माग राख्दै सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेस र अर्को साझेदार दल नेकपा समाजवादीका नेताहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले यी दुई प्रहरी अधिकारीहरूको राजीनामालाई आफ्नो प्रमुख माग राखेर आन्दोलन शुरू गरेका हुन् । बाराका प्रमुख जिल्ला अधिकारीलाई बुधबार ज्ञापनपत्र बुझाउँदै उनीहरूको राजीनामा नआए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । सवारीसाधन दुर्घटना सम्बन्धि छलफल चलिरहेको बेला डिएसपी पाण्डे र इन्स्पेक्टर साहले छलफलमा सहभागी भएका नेपाली काङ्ग्रेसमा बारा जिल्ला सचिव भैयाराम यादव र नेकपा एसका बारा उपसचिव ध्रुव यादवलाई कुटपिट गरि…
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थलमा बरामद भएको सुनको मालिक पक्राउ पर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाल मगर विद्यार्थी संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले सुन प्रकरणमा विगतमा भरिया मात्रै प्रक्रिने गरेको भन्दै यसपटक भने सुनको मालिकलाई पक्राउ गर्नुपर्ने बताए । उनले कसैलाई शक्तिका भरमा संविधान र न्याय भन्दा माथि बस्ने अधिकार नरहेको भन्दै भ्रष्टाचार र तस्करीलाई अन्त्य गर्न जनताले दवाव दिनुपर्ने धारणा राखे । विमानस्थलमा सुन पक्रिएपछिमन्त्री किरातीको परीक्षा सुरु भयो भनेर भन्ने गरेको भन्दै उनले भन्सार हेर्ने निकाय अर्थ र गृहको भएको स्पष्ट पारे । उनले कुनै पनि हालतमा भ्रष्टाचार सैह्य नहुने बताए…
काठमाडौं । नेकपा एमालेका नेता नवराज सिलवालले बरामद सुन प्रकरणमा गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजी) को निष्ठामाथि शंका गर्ने ठाउँ नभएको बताएका छन् । सय केजी सुन बरामद घटनामा एमालेका केही नेताहरुले अराजकता देखाइरहेका बेला पूर्वसांसद सिलवालले यस्तो बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक समेत रहेका सिलवालले यस प्रकरणमा अन्य उच्च पदाधिकारीको मिलेमतोको आशंका व्यक्त गरेका छन् । सिलवालले लेखेका छन्– ‘गृहमन्त्री र आईजीको निष्ठामा शंका गर्ने अवस्था देख्दिन । तर यथार्थ के हो भने, क्वीन्टल परिमाणको सुन तस्करी उच्च सरकारी पदाधिकारीहरूको मिलिमतो र सेटिंग बिना सम्भव छैन । आशा गरौं जडसम्म पुगेर निष्पक्ष…