- विपिन गौतम

पहिले शिक्षा र जनचेतनामुलक कार्यक्रमको माध्यमले स्वयं चालक सडक शिक्षाको जानकार हुनुभयो भने सहज हुन्छ जुन शिक्षाको माध्यमले नै सम्भव छ । स्वतस्फूर्त गरिने सडक नियम पालनामा चालकको लापर्वाही किन ? भन्ने प्रश्न जनमानसमा रहेको छ ।
जरिवाना कस्तो ?
जरिवाना उच्च हुनुपर्छ । कारवाही सम्झदा डरलाग्ने । प्रविधिको प्रयोगले सप्रमाण कारवाही ।
जरिवाना विवेकको कि वास्तविकता !
ट्राफिक प्रहरीको विवेकको भरमा जरिवाना गर्न हुन्न । एकजनाले हुन्छ अब नगर्नुहोस् भन्ने त्यही कसुर अर्कोले ज्यान गए नछोड्ने, हुनुहुँदैन । समान कारवाही हुँदा चित्त दुख्दैन ।
ड्युटीमा खटिने ट्राफिक प्रहरीलाई र सडकमा सवारी साधन चलाउने चालकहरुलाई विभिन्न समस्याले नियमित गाँजिरहेको हुन्छ । ड्युटी समय, काम गर्ने अवधि, बिदा, सवारी चालक, पैदलयात्रीको सडक प्रयोग गर्ने तरिका र सडक अतिक्रमणले ट्राफिक प्रहरीलाई काममा बाधा पारिरहेको हुन्छ ।
सडक प्रयोगकर्ताले पालना गर्नुपर्ने नियमहरु सरल तरिकाले पालना मात्रै गरिदिए ट्राफिक प्रहरीलाई कति सहज हुने थियो भन्ने लाग्छ । त्यसैगरी कुनै पनि सवारी चालकलाई कारबाही गरौं भन्ने सोचका साथले ट्राफिक प्रहरी सडकमा खटिएको भने हुन्न ।
सवारी चालक पनि सवारीसाधन, सवारीधनी, यात्री, पैदलयात्री र सडक अतिक्रमणबाट पीडित भएका हुन्छन्, घरपरिवारको समस्या पनि बोकेका हुन्छन् । सवारी साधनको अवस्थाले पनि चालक चिन्तित हुन्छन ।
चालकको सामान्य बोलीचाली व्यवहारले यात्रीको माया र कहिलेकाही त्यहि बोलीले घृणा पाइरहेका हुन्छन् । सडकमा चालक सवारी साधनभित्र सुरक्षीत बसाईमा र सडकको धुलो धुवाँसङ्गै खटिने ट्राफिक प्रहरी सडकमा खटिएका हुन्छन तर समस्या दुवैको आफ्नो आफ्नो हुन्छ ।
ट्राफिक प्रहरी आफुलाई झर्कोफर्को गर्ने कार्यालयको वातावरणमा रहिआएको छ भने सडकमा उ पनि झर्कोफर्को गर्ने नै भयो ।
तालिममा वा कार्यालयमा सिकाएको शिक्षाले नै प्रहरीले व्यवहार गर्न सिक्छ, जीवनमा त्यहीं काम लाग्छ । प्रहरीको आचरण र व्यवहारमा परिवर्तन आउँछ । उचित शिक्षाले ट्राफिक प्रहरीबाट चालकलाई समान सम्मानित व्यवहार र शिष्ट व्यवहार बोल्न सिकाउँछ ।
प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी सेवा कार्यक्रमहरु लागू भएयता ट्राफिक प्रहरीको व्यवहार परिवर्तन भएको भनेर सुन्न पाइन्थ्यो । सबैलाई नमस्कारको सम्बोधनसहित सवारी चेकजाँच गर्ने प्रहरी त्यो बेला स्वयं सम्मानित महसुस गर्दथ्यो ।
सवारी चालक मजदुर र ट्राफिक प्रहरीमा मनमुटाव “लापरबाही भन्ने जरिवानाको बुँदामा मजदुर साथीहरुको सदैव गुनासो सुनिन्छ”।
यो दफा प्रयोग गर्दा थप कारण खुलाउने दायित्व ट्राफिक प्रहरीको हुनुपर्छ । के भएर चालकले लापरवाही गरेको हो भन्ने प्रष्ट जरिवाना पुर्जी हेर्दा थाहा हुन पर्यो । अकारण एक दुई प्रश्न चालकले सोध्ना साथ ट्राफिक प्रहरीले लापरवाही भन्ने बुँदामा कारवाही गरिँदा चालक रिसाइरहेको हुन्छन र सानोतिनो दुर्घटना पनि नपर्ला भन्न सकिन्न !
चालकलाई जरिवाना पुर्जी दिँदा दिने लिने दुवैको मञ्जुरी होस भन्नको लागि दस्तखत गराउने प्रचलन अचेल मासिएर गएको पाइन्छ । दुवै हतारमा देखिन्छन । दस्तखत नगराउँदा पनि हुन थालेको छ ।
यदाकदा ट्राफिक प्रहरी प्रमुखको निर्देशनको पालना गर्दा पूर्ण कुरा नबुझी काममा जाँदा ट्राफिक प्रहरी बिवादमा आउन सक्दछन् । कडा जरिवाना र तत्काल निर्देशित नयाँ नियम लागु गराउनु पर्दा चालक मजदुरसँग मनमुटाव बढेको देख्न पाइन्छ ।
ट्राफिक प्रहरीको नङमासु झै सम्बन्ध रहनुपर्ने मजदुरहरुको समस्या कार्यालय प्रमुखले नबुझिदिँदा पनि समस्या श्रृजना भएको पाइन्छ । जरिवानाले पेल्ने निती ट्राफिक प्रहरीको हुनुहुन्न ।
चालकलाई निजले गरेको गल्ति प्रष्ट र सहि जानकारीसहित बुझाउन सकियो भने मात्र ट्राफिक प्रहरी र मजदुर साथीहरुको सम्बन्ध पनि सुदृढ र सडक ब्यबहार सरल हुन्छ ।
चालकले सडकमा केहि विशिष्ठ नियमहरु सदैव पालना गर्ने हो भने दुर्घटना न्युनिकरण हुनसक्छ ।
सडकमा लेन (सडकमा कोरिएका रेखा) किन आवश्यक ? किन बनाइएको हुन्छ ?
लेन नभएको सडकमा दुर्घटना किन बढी हुन्छ ?
सवारी चालकले लेन महत्व बुझ्न जरुरी छ छैन ?
मोटरसाइकल चालकले लेनलाई किन वास्ता गर्देनन् ?
सडकमा तयार भएको लेनले प्रत्यक्ष सवारी दुर्घटना हुनबाट बचाउँछ । सडकमा अनिवार्य पालना गर्नुपर्ने र ट्राफिक प्रहरीले गरेको अनुरोध बमोजिम काम भएमा चालकसँग ट्राफिक प्रहरीको सम्वन्ध मजबुद बन्दछ ।
कारबाही
जनचेतनामुलक कार्यक्रमले मात्र पनि सडक अनुशासन कायम राख्न सकिन्न तसर्थ ट्राफिक प्रहरीले नेपालभरिका विभिन्न स्थानमा सवारी चालकहरुलाई कारवाही समेत गरेको थियो ।
सडक अनुशासन कायम राख्न २४ लाख ८५ हजार ४९६ वटा सवारी साधनलाई कारवाही गरेर १, अर्ब ८८ करोड १४ लाख ५४ हजार ५०० रुपैयाँ राजश्व समेत जम्मा गरेको पाइन्छ ।
कुल सचेतना कार्यक्रम
गत आर्थिक बर्षमा नेपालभर ट्राफिक प्रहरीले जम्मा ८१ हजार १८ पटक कार्यक्रम गरेर ४७ लाख ४० हजार ९७५ जनालाई विभिन्न मिति र समयमा सचेतनामुलक कार्यक्रम गरिएको जनाएको छ ।
यस्मा नयाँ सवारी चालकलाई ३ हजार ९०६ पटकमा २ लाख ८७ हजार ७५८ जना र पुरानो चालक परिचालक तथा व्यवसायीहरुलाई २३ हजार ७३५ पटकमा ७ लाख १२ हजार ६७५ जनालाई सचेतनामुलक कार्यक्रममा समाबेश गरेको जनाएको छ ।
पैदल यात्रु सडक दुर्घटनामा पैदल यात्राको अवस्था पनि सवारी चालकको लागि समस्या नै हुन्छ । सहि तरिकाले पैदल यात्रा गर्दा मात्र पनि सडक दुर्घटना हुने सम्भावना कम हुन्छ ।
सडकमा हिँड्दा भन्दा बाटो काट्दा धेरै बिचार गर्नु पर्दछ । नेपालमा फुटपाथ नमुना मात्रका छन् । सडक निर्माण गर्दा फुटपाथलाई प्राथमिकता दिइन्न । तरपनि जहाँ फुटपाथ छ सडकमा पैदल यात्रा गर्नु पर्दा अनिवार्य फुटपाथ प्रयोग गर्नुपर्छ ।
फुटपाथ नभएको सडकमा हिँड्दा भने सडकको दाहिने किनारबाट हिँड्नुपर्दछ । पैदल यात्रा सधैं फुटपाथबाट तर फुटपाथ नभएको सडकमा सडकको दाहिने किनार सवारी साधन आउँदै गरेको प्रष्ट देखिने गरि यात्रा गर्दा सुरक्षीत हुन्छ ।
पैदल यात्रा कसरी गर्ने त !
१. सवारी दुर्घटना सडकमा नै हुने हुँदा सडकमा सावधान रहनुहोस ।
हामी नेपाल मा छौं हामीलाई दुर्घटना गर्ने सवारी साधन सधैँ हाम्रो दाहिने तिरबाट आइरहेको हुन्छ ।
२. सडकमा पुगेर टक्क अडिनुहोस । दाहिने हेर्नुहोस । बाँया हेर्नुहोस । बाटो काट्न लाग्दा पुन दाहिने हेर्नुहोस । सुरक्षित महसुस भएपछि मात्र बाटो काट्नुहोस् ।
बाटो काटदा पालना गर्नुपर्ने नियम
Green Cross code
Stop
Look
Listen
Go (cross with carefully)
३. छोटो बाटोबाट बाटो काटन्होस ।
४. सडक प्रयोग गर्दा सुरक्षित स्थान पेटी फुटपाथबाट हिँड्ने गर्नुहोस ।
५. आवश्यक नभई बाटो नकाटनुहोस् ।
६. बाटो काट्न बनाईएका Zebra cross, Overhead bridge .Underground pool हरु प्रयोग गर्न अल्छि नगर्नुहोस् ।
७. सवारी साधन आउँदै गर्दा हतारमा बाटो नकाट्नुहोस ।
८. घुमाउरो सड़क तथा मोडहरु नजिकबाट बाटो नकाटनुहोस ।
विश्वमा स्कुल कलेज जाने विद्यार्थी प्रतिदिन ७०० जनाको हाराहारी सडक दुर्घटनामा मृत्यु हुने तथ्याङ्क WHO ले प्रकाशित गरेको पाइन्छ ।
सडकमा बालबालिका लिइ हिँडदा अपनाउनुपर्ने सुरक्षा
१. सडकमा दाहिने पट्टीबाट हिँड्दा बाबुनानीलाई आफ्नो दाहिने हातले नै समातेर हिँड्नुपर्छ
२. सडकको बाँया पट्टि बाट हिँड्दा बाबुनानीलाई आफ्नो बाँया हातले नै समातेर हिँड्नुपर्छ ।
यसो गर्दा बालबालिका सड भन्दा बाहिर पट्टी हुन्छन र दुर्घटना हुने सम्भावना कम हुन्छ । बालबालिकाले सडक सभ्यताको अनुशरण गर्छन । अभिभावकले सडक प्रयोग गर्ने तरिका सिकिरहेका हुन्छन् । सडकमा अभिभावकले गल्ती नगर्नुहोस सडक दुर्घटनास्थल हो । तर दुर्घटना न्युनिकरण गर्न अवश्य सकिन्छ ।
तसर्थ,
सडकमा बालबालिकालाई ट्राफिक व्यवस्थापनमा सहयोगी बन्न सघाउन स्कुल, कलेज र सबै संघसंस्थाको भूमिका अपरिहार्य छ ।
बालबालिकाहरुलाई पनि सडक बारेमा जानकारी सानै उमेरदेखि दिन आवश्यक हुन्छ । ठुलो उमेर भैसकेपछि सडकमा गरिने लापरबाहीलाई बानीबाट हटाउन सक्दैनन् ।
प्रत्येक स्कूल र कलेजहरुमा सवारी ज्ञान दिनसक्ने तालिम प्राप्त शिक्षक शिक्षिका समेत हुन जरुरी छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले समय समयमा विद्यालय सम्पर्क कार्यक्रम गरिरहेको हुन्छ । NASAFOUNDATION संस्थासँग पनि समन्वय गरेर जनचेतनामुलक कार्यक्रम गर्न गराउन सकिन्छ ।
हालै नेपालका १४ वटा स्कूलहरुमा STAR RATING FOR SCHOOL गरेर सडक दुर्घटना न्युनिकरणमा स्कूलहरुलाई समेत
जिम्मेवार बनाउन प्रयत्न गरिएको छ ।
हेर्नुहोस के हो STAR RATING FOR SCHOOL.
“जरिवानाले मात्र समस्या समाधान गर्दैन ।
जनचेतना अभिवृद्धिले समस्या श्रृजना गर्दैन ।”
https://www.facebook.com/bipingg
(लेखक : ट्राफिक प्रहरीमा लामो अवधी कार्यरत रहि प्रहरी नायव उपरीक्षक पदबाट अवकाश प्राप्त)
