काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) हरुलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा गर्न सिफारिस गरिएको छ ।
प्रहरी महानिरीक्षक (आईजी) वसन्त कुँवर नेतृत्वको बढुवा समितिले शनिवार राति बढुवा सिफारिस सूची प्रकाशन गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ छन् ।
त्यस्तै इन्स्पेक्टरमा बढुवा सिफारिस हुनेमा क्रमशः लोकराज पाठक, थानेश्वर चपाईं, मनोज पाण्डे, हरिमाया थापा र तेज प्रसाद भट्टराईसहित ६४ जना छन् ।





Facebook Comments Box
![नेपाल प्रहरीका ६४ जना इन्स्पेक्टरमा बढुवा सिफारिस [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/police-headquarter.jpg)