Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
म प्रहरीबाट अवकाश भएको १५ बर्ष भयो र यसअघि २३ बर्ष प्रहरीमा बिताएँ । करिब ३८ बर्षको मेरो अनुभवमा नेपाल प्रहरी यती बलियो, सम्मानित र जन विश्वास जित्न सफल भएको कहिल्यै देखिन । राजाका समयमा प्रहरीमाथि विश्वास थिएन । त्यो संस्थाले सधैं सेनालाई नै च्याप्थ्यो र दरबारको सैनिक सचिवालय हेर्ने सेना र दरबारसँग नजिक हुनसक्नेहरु मात्र माथि जान सक्थे । लेखक : बसन्त कुँवर प्रहरी प्रमुखहरु सामान खरिद गर्न समेत पहिला दरबार र सैनिक अधिकृतहरुबाट अनुमति लिन्थे । तिनले भनेको ठेकेदारहरुलाई खरिदको काम दिइन्थ्यो । अलिकति त्यहाँ सेवा गर्न सकिएन कि डिबी लामालेझै जेल जानुपर्दथ्यो । पजनीमा पर्नुपथ्र्यो । २०४८…
रौतहट । राजमार्गमा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् । ड्युटीमा रहेका प्रहरी र ट्राफिक जवानले चालकसित अवैध रकम लिएको भिडियो समाजिक सञ्जालमा आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र सर्लाहीका दुई प्रहरीलाई शुक्रबार साँझ निलम्बन गरेको हो । निलम्बन पर्नेमा रौतहटको इलाका प्रहरी कार्यालय गरुडा अन्तर्गतको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव र मधेश प्रदेश राजमार्ग ट्राफिक कार्यालय पथलैया बारा अन्तर्गतको सर्लाहीस्थित वाग्मती पोष्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकाश कलवारलाई निलम्बन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ‘संगठनविरुद्ध गलत आचरण गर्ने जो कोहीलाई कारबाही हुन्छ,’ मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी जनक…
काठमाडौं । नारायणकाजी श्रेष्ठ १७ चैत २०७९ मा उपप्रधान एवं गृहमन्त्री बने । गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिन श्रेष्ठले सुराकी खर्च कटौती गर्ने निर्णय गरे । सुराकी खर्चबापत मन्त्रीले ५० हजार र गृहसचिवले २५ हजार पाउँथे । चाहेको भए गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठले दैनिक ५० हजार रुपैयाँ गृहमन्त्रीको कुर्सीमा बसेर ‘मनोमानी’ खर्च गर्न सक्थे । तर, कटौती गर्नेे निर्णयपछि ‘सुराकी खर्च’ का नाममा राज्यकोषबाट हुने करोडौँ रुपैयाँ जोगियो । त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा समेत गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरीलाई हस्तक्षेप नगरी अनुसन्धानको लागि बाटो खुल्ला गरिदिए । जसकारण प्रहरीले निष्पक्ष अनुसन्धान गर्दा इतिहासमै उच्च तहका…
काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा भारतीय नागरिकको शव फेला परेको छ । भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव डुबिरहेको अवस्थामा फेला परेको हो । आइतबार दिउँसो साढे १२ बजेतिर फेला परेको खानको शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले बताए । डीएसपी भण्डारीका अनुसार खानले भाँडावर्तन बनाउने उद्योगमा काम गर्थे । घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । खानको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।…
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन् । आइबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सुन प्रकरणलाई लिएर गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन् । आफ्नो राजीनामा दिन बाहेक गृहमन्त्री श्रेष्ठ अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु अनौठो कुरा भएको अध्यक्ष ओलीको भनाइ छ । सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको आरोप लगाउँदै ओलीले भने , ‘गृहमन्त्रीले त खासमा रोष्ट्रममा उभिन जानु आफैँ‘ राजीनामा गर्न बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ ।…
काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईले गत १३ वैशाखमा गृहमन्त्रीस्तरीय निर्णयअनुसार मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाए । त्यसअघि उनले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा निमित्त प्रमुखको रुपमा काम गरेका थिए । भारतसँग सीमा जोडिएको मधेस प्रदेश शान्ति सुरक्षाको हिसाबले अत्यन्तै संवेदनशील र सुरक्षा चुनौतीयुक्त क्षेत्र पर्छ । ८ वटा जिल्ला रहेको मधेसमा अन्य प्रदेशमा भन्दा काम गर्न निकै चुनौती रहेको सुरक्षाका जानकारहरु बताउँछन् । यसअघि मधेसमा बसेर अवकाश पाएका डीआईजीहरु पनि त्यहाँ काम गर्न गाह्रो हुने स्वीकार्छन् । अपराधविरुद्ध खरो रुपमा उत्रिएर अपराधीलाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने डीआईजी भट्टराईले मधेसमा पनि आफुलाई अब्बल प्रहरी अधिकारी…
बालेन शाह मलाई नेता मन पर्दैन, तिमीलाई नि त मन पर्दैन, मलाई एउटा मन पर्दैन , तिमीलाई यी त मनपर्दैन, तिमीलाई केपी ओली मनपर्छ, मलाई बोली मन पर्दैन, तिमीलाई शेर बहादुर मन पर्छ, मलाई टोली मन पर्दैन, तिमीलाई प्रचण्ड मनपर्छ, मलाई गोली मन पर्दैन । शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन । मलाई देश मनपर्छ, तिमीलाई के मन पर्दैछ ?
काठमाडौं । मोटरसाइकल चोरीसम्बन्धी प्रहरीलाई सूचना प्राप्त गर्ने जिपीएस प्रविधि (लोकोमो) सुरु भएको छ । घर, कार्यालय तथा सुरक्षित पार्किङबाटै पनि मुलुकमा दैनिक पाँचवटासम्म दुईपाङ्ग्रे सवारीसाधन हराउने र चोरी हुने गरेको सन्दर्भमा यो प्रविधि प्रयोगमा आएसँगै प्रहरीलाई हराएको मोटरसाइकल फेला पार्न सफलता मिल्नेछ । चोरी तथा सडक सुरक्षा, राजमार्ग यात्रा, महिला सुरक्षालगायतका समस्या प्रविधिको प्रयोगले समाधान गर्न अब भने केही सहज हुने लोकोमो ब्रान्ड एम्बासडर तथा मिडियाकर्मी सुरजसिंह ठकुरीले बताए । अमेरिका र नेपालमा गरिएको दुई वर्ष अवधिको प्राविधिक अन्वेषणपछि प्रविधिको प्रयोगका लागि सरकारले स्वीकृति दिएको थियो । मोटरसाइकल चोरी रोक्न र व्यक्तिगत तथा सामाजिक सुरक्षामा सहयोग पुर्याउने उद्देश्यसहित…
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् । नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र तेस्रो खेल अगष्ट २५ मा मलेसियासँग खेल्न छ । वायुमास ओभलमा हुने सिरिजमा सिंगल राउण्ड रोविनकफ खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन् । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ ले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने बताए । अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको बताइएको उल्लेख गर्दै उनले त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए । ‘भ्रष्टाचार र सुशासन यो हामीहरुले आजैदेखि हामीहरुले, यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न…