काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन् ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ ले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने बताए ।
अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको बताइएको उल्लेख गर्दै उनले त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए ।
‘भ्रष्टाचार र सुशासन यो हामीहरुले आजैदेखि हामीहरुले, यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईंहरुको माझमा राख्न चाहन्छु । यो अत्यन्त गम्भिर विषय छ,’ उनले भने ।
