काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन् ।
आइबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सुन प्रकरणलाई लिएर गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन् ।
आफ्नो राजीनामा दिन बाहेक गृहमन्त्री श्रेष्ठ अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु अनौठो कुरा भएको अध्यक्ष ओलीको भनाइ छ ।
सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको आरोप लगाउँदै ओलीले भने , ‘गृहमन्त्रीले त खासमा रोष्ट्रममा उभिन जानु आफैँ‘ राजीनामा गर्न बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ । सुन भनेर ल्यायो राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्रीको जवाफदेही होइन त्यो ?’
केही दिनअघि गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणबारे सदनमा जवाफ दिएका थिए । श्रेष्ठको जवाफ चित्त नबुझेपछि ओलीले दिएका हुन् ।
