काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईले गत १३ वैशाखमा गृहमन्त्रीस्तरीय निर्णयअनुसार मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाए । त्यसअघि उनले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा निमित्त प्रमुखको रुपमा काम गरेका थिए ।
भारतसँग सीमा जोडिएको मधेस प्रदेश शान्ति सुरक्षाको हिसाबले अत्यन्तै संवेदनशील र सुरक्षा चुनौतीयुक्त क्षेत्र पर्छ । ८ वटा जिल्ला रहेको मधेसमा अन्य प्रदेशमा भन्दा काम गर्न निकै चुनौती रहेको सुरक्षाका जानकारहरु बताउँछन् । यसअघि मधेसमा बसेर अवकाश पाएका डीआईजीहरु पनि त्यहाँ काम गर्न गाह्रो हुने स्वीकार्छन् ।
अपराधविरुद्ध खरो रुपमा उत्रिएर अपराधीलाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने डीआईजी भट्टराईले मधेसमा पनि आफुलाई अब्बल प्रहरी अधिकारी बनाउने विश्वाश गर्न सकिन्छ । व्यवहारमा सरल मिजास भए पनि अपराधविरुद्ध खरो स्वभाव राख्छन् डीआईजी भट्टराई ।
करिब ५ महिनाअघि मधेस प्रदेशको नेतृत्व सम्हालेलगत्तै डीआईजी भट्टराईले आफ्नो मातहतका जिल्ला, ट्राफिक र गण प्रमुखलाई बोलाएर ‘कुनै पनि अवैध र अनैतिक क्रियाकलापमा संगठनका कसैलाई पनि लाग्न नदिन र विगतमा भन्दा कडाईसाथ होसियारपूर्व लाग्न’ निर्देशन दिए ।
डीआईजी भट्टराईको निर्देशन र त्यसको गम्भीरतालाई समेत जिल्ला प्रमुख प्रहरी उपरीक्षक (एसपी)हरुले गम्भीरतासाथ लिए । सोही निर्देशनको कारण पछिल्लो ५ महिनाको समयमा मधेस शान्त छ । डीआईजी भट्टराईको निर्देशनले शानदार परिणाम आइरहेको प्रदेश प्रहरी कार्यालका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र कुमार श्रेष्ठ बताउँछन् ।
आफ्नो निर्देशन पालना गरे/नगरेको भनेर डीआईजी भट्टराई बेला-बेला अनुगमन र निगरानीमा समेत निस्किने गर्छन् । आफ्नो निर्देशनअनुसार शानदार र चुस्तदुरुस्त ढंगले प्रदेशभरीका प्रहरी युनिटहरुले काम गरिरहेको डीआईजी भट्टराईले स्कुपखबरसँगको कुराकानीमा बताए ।
‘अनुशासन र प्रभावकारी काममा संगठनका हरेक युनिटहरु जिम्मेवारपूर्वक लागिपरेका छन्,’ डीआईजी भट्टराईले भने । कुशल नेतृत्व र प्रभावकारी कार्ययोजना बिना मधेस प्रदेशमा अपराध नियन्त्रण र निगरानी सम्भव नहुने डीआईजी भट्टराईले स्कुपखबरसँगको कुराकानीमा भने ।
काम गर्ने क्रममा राजनीतिक तथा शक्ति केन्द्रको दबाब कसरी आउँछ र अपराधलाई छुट नदिन कस्तो उपाय गर्नुपर्छ भन्ने अनुभव डीआईजी भट्टराईसँग छ ।
डीआईजी भट्टराईले मधेस प्रदेशको नेतृत्व सम्हालेसँगै अहिले उक्त क्षेत्रमा प्रहरीलाई हेर्ने दृष्टिकोणमा नै परवर्तन आएको छ । मधेसमा प्रहरीको सान र मान दुवै बढेको अनुभूति पाएको एसपी श्रेष्ठले बताए । डीआईजी भट्टराईले जनकपुरमा बसेर प्रहरीको सान र मान बढाउने काम गरिरहेका छन् ।
‘प्रहरी संगठनले दिएको जिम्मेवारी, नेपाल सरकारको संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी जनताका लागि नै सेवा गर्नु मेरो दायित्व हो, जहाँ जस्तो जिम्मेवारी हुन्छ त्यसलाई आफूले रोजेको पेशाको मर्यादाभित्र रहेर काम गर्ने अठोट राखेको छु’, भट्टराई भन्छन् ।
काम गर्ने क्रममा राजनीतिक तथा शक्ति केन्द्रको दबाब कसरी आउँछ र अपराधलाई छुट नदिन कस्तो उपाय गर्नुपर्छ भन्ने अनुभव डीआईजी भट्टराईसँग छ । यति मात्र होइन, प्रहरीमा रहेका योग्य तल्ला तहका कर्मचारीको मनोबल उठाउँदै कसरी काम गर्न सकिन्छ भन्ने दख्खल पनि छ, उनीमा ।
‘हामी सीमित स्रोत साधनमा पनि कसरी काम गरी परिणाम दिन सक्छौं भन्ने अनुभव लिएको छु । सुविधायुक्त हिसाबले हरेक प्रहरी कर्मचारीले काम गर्न पाउनुपर्छ त्यसो हुन नसके पनि कर्तव्य विमुख भएर प्रहरी बस्नुहुन्न भन्ने मेरो दृढता हो, यसमा सबै प्रहरी कर्मचारी अभ्यस्त छन्,’ उनी जोड्छन्, ‘यहि मनोवल र दृढता अहिलेसम्म नेपाल प्रहरीका हरेक युनिटमा कार्यरत रहेकाहरूको ताकत र क्षमता पनि हो ।’
मधेस प्रदेश प्रहरी कार्यालय मातहतमा कार्यरत प्रहरीले आपराधिक गतिविधि र अवैध सामान ओसारपोसार नियन्त्रणमा सफलता हात पारेसँगै प्रहरी संगठनकै काम र साख दुवै उच्च भएको दाबी गर्छन् डीआईजी भट्टराई । भट्टराई संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
उनको नेतृत्वमा काम गरेका प्रहरी अधिकारीदेखि तल्ला तहका कर्मचारी खुशी हुनुको कारण पनि डीआईजी भट्टराईले दिने आत्मबल, मनोबल रहेको अनुभवीहरू बताउँछन् । त्यसैले त समग्र प्रहरी संगठनमा उनलाई सशक्त आयाम भएका अधिकारीका रुपमा चित्रित गरिन्छ ।
डीआईजी भट्टराईको नेतृत्वमा मधेसको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र सिराहा जिल्ला पर्छ । सबै जिल्लामा एसपीको कमाण्ड छ ।
