Author: Scoop Khabar

काठमाडौं । बालेन्द्र शाह संसद्‌मा उपस्थित नभएपछि प्रतिनिधिसभाको बुधबारको बैठक तनावग्रस्त बनेको छ। सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहे पनि प्रधानमन्त्री बैठकमा अनुपस्थित भएपछि विपक्षी दलका सांसदले कडा विरोध जनाएका हुन्। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने उल्लेख थियो। तर बैठकअघि प्रधानमन्त्रीको सचिवालयले उनले संसद्‌मा सम्बोधन गर्ने कार्यक्रम नरहेको जानकारी गराएको थियो। प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारको तर्फबाट स्वर्णिम वाग्लेलाई जवाफ दिन खटाइएपछि विपक्षी दल थप आक्रोशित बनेका थिए। प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दलका सांसद निस्कल राईले प्रधानमन्त्रीले संसद्को गरिमा कमजोर बनाएको आरोप लगाउँदै विरोध जनाएका थिए।…

थप

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेले राजीनामा दिएको भन्ने हल्लामा कुनै सत्यता नरहेको जनाएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले सिइओ पाण्डे आफ्नो जिम्मेवारीमा सक्रिय रहेको बताएको छ । बैंकद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा यससम्बन्धी समाचारहरू भ्रामक, आधारहीन तथा तथ्यहीन रहेको उल्लेख छ । भनिएको छ, ‘बैंकका प्रमुख कार्यकारी अधिकृत आफ्नो जिम्मेवारीमा सक्रिय रही बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा निरन्तर सक्रिय रहनुभएको जानकारी गराइन्छ ।’ हामीले उक्त बैंक र राष्ट्र बैंकका उच्च अधिकारीहरुसँग सम्पर्क गर्दा पनि पाण्डेले राजीनामा दिएको खबरमा कुनै सत्यता नरहेको…

थप

बर्दिया । बर्दिया सदरमुकाम गुलरियाबाट लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले २८० ग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको विशेष सूचना पाएर गएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज प्रमुख नवीन शाहीको कमाण्डमा गएको टोलीले २८० ग्राम खैरो हेरोइनसहित भारतको उत्तर प्रदेशस्थिर लखिमपुर खिरी थाना टिकुनिया ग्राम सुतना बसला बस्ने ३५ वर्षीय तेजेन्द्र कुमार र सोही स्थानका २० वर्षीय विजय सिंहलाई पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार आज साँझ साढे ६ बजे गुलरिया नगरपालिका–७ स्थित बाबा पेट्रोल पम्प नजिक उनीहरुलाई पक्राउ गरिएको हो। लागुऔषध ब्यूरोको टोलीले उनीहरुको शरीर खानतलासी गर्दा तेजेन्द्र कुमारले लगाएको कालो पाइन्टको बाँया…

थप

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका-७ घर भएका ४७ वर्षीय शैलेन्द्र पाण्डे, काठमाडौं महानगरपालिका-४ बस्ने टोखा नगरपालिका-९ घर भएका ३० वर्षीया सुमना अर्याल, काठमाडौं महानगरपालिका-९ बस्ने खोटाङ घर भएका ३० वर्षीय विकास सुनार, काठमाडौं महानगरपालिका-३० बस्ने नवलपरासी पूर्व घर भएका ५३ वर्षीय बासुदेव श्रेष्ठ, काठमाडौं महानगरपालिका-९ बस्ने पाँचथर घर भएका ४७ वर्षीय धन बहादुर योङहाङ र नवलपरासी पूर्व देवचुली नगरपालिका-८ घर भएकी ३३ वर्षीया नौ माया आले मगर रहेका…

थप

काठमाडौं । रामजी यादवले मन्त्री नियुक्त भएकै दिन आफ्नो सचिवालयमा नियुक्त गरेका एक कर्मचारी अपहरण तथा अमानवीय व्यवहारसम्बन्धी आरोपमा पक्राउ परेका छन्। श्रममन्त्री यादवले चैत २७ गते मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन मुस्तकिम मियालाई आफ्नो सचिवालय अन्तर्गत हलुका सवारी चालकका रूपमा नियुक्त गरेका थिए। मन्त्रालयले मन्त्रीलाई सरकारी चालक र सवारीसाधन उपलब्ध गराउने व्यवस्था हुँदाहुँदै पनि उनले छुट्टै रूपमा मियालाई नियुक्त गरेको खुलेको छ। मन्त्री यादवकै हस्ताक्षर रहेको नियुक्तिपत्रका आधारमा सचिवालयमा कार्यरत मियालाई सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको हो। प्रहरीले अपहरण तथा अपमानजनक र अमानवीय व्यवहारसम्बन्धी कसुरमा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी स्रोतका अनुसार…

थप

काठमाडौं । सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा राजस्व चुहावट रोक्ने जिम्मेवारी बोकेको सशस्त्र प्रहरी बल नेपाल पछिल्लो समय आफ्नै केही सदस्यको गतिविधिका कारण विवादमा तानिएको छ। विशेषगरी मधेश प्रदेशका सीमावर्ती नाकामा खटिएका केही सादा पोशाकधारी प्रहरी अर्थात् ‘घुमुवा’ हरूमाथि तस्करी सहजीकरणदेखि रकम असुलीसम्मका आरोप उठ्न थालेपछि संगठनभित्रै प्रश्न खडा भएको हो। सुरक्षा स्रोतका अनुसार तत्कालीन आइजीपी राजु अर्यालको कार्यकालमा सचिवालयमा प्रभावशाली मानिएका एक डिएसपीमार्फत मधेशका विभिन्न नाकामा अनौपचारिक रूपमा घुमुवा परिचालन गरिएको थियो। दरबन्दी नै नभएका ती व्यक्तिहरूले मुख्यालयको नाम प्रयोग गर्दै जिल्लास्थित एसपी तथा युनिट कमाण्डरमाथि दबाब सिर्जना गर्ने गरेको आरोप छ। मधेश प्रदेशका आठ जिल्लाका प्रमुख नाकामा खटाइएका…

थप

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर बादलले नेपाली सेनाको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाएका छन् । ‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमयी ढंगबाट किन मुक दर्शक बन्यो ?’ बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले भने । नेता बादलले प्रतिनिधिसभामा दलको तर्फबाट बोलेका हुन् । सभामा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थियो । यसअन्तर्गत एमालेको तर्फबाट प्रतिनिधिसभाको रोष्ट्रम प्रयोग गरेका एमाले नेता बादलले सेनाको भूमिकाबारे प्रश्न उठाएका हुन् । उनले सेनाको भूमिकाबारे अर्को प्रश्न पनि गरे, ‘लिपुलेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुमवासी बस्तीहरूमा किन परेड खेल्दैछ ?’ सेनाबारे एमाले…

थप

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी विरुद्ध भ्रष्टाचार मुद्दाबाट उन्मुक्ति पाउन अन्डरवर्ल्ड शैलीमा धम्की र दबाब सिर्जना गरेको आरोपमा थप पाँचवटा मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा अधिकारीसहित प्रकाश पाठक र ताराप्रसाद खरेल विरुद्ध मुद्दा दायर गरेको हो। उनीहरुविरुद्ध ज्यान मार्ने आपराधिक षड्यन्त्र, आपराधिक लाभ, संगठित अपराध, विद्युतीय कारोबार ऐन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग लगाइएको छ। प्रहरी अनुसन्धानअनुसार भ्रष्टाचार मुद्दा प्रभावित पार्न ‘एक्ट्रिमिस्ट ग्रुप नेपाल’ नाम प्रयोग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायत उच्चपदस्थ व्यक्तिलाई धम्की दिने काम गरिएको…

थप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार धनुषास्थित सशस्त्र प्रहरी बलको सुरक्षा वेश नक्टाझिजमा कार्यरत अधिकारीले कमला-ढल्केवर-बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा ग्राभेल फिलिङ्ग कार्यमा प्रयोग हुने सवारीसाधन सञ्चालनमा अवरोध सिर्जना गर्दै सेवाग्राहीसँग रकम माग गर्दैआएका थिए। काम सहजरूपमा गर्न दिने नाममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीपछि अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा इन्स्पेक्टर अधिकारीले सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ परेका थिए। अनुसन्धानका क्रममा सडक निर्माण कार्यमा प्रयोग भइरहेका सवारीसाधन रोक्ने, फिल्डमा माटो…

थप

काठमाडौं । सरकारले सार्वजनिक गरेको नयाँ नीति तथा कार्यक्रममा प्रविधिमैत्री सुरक्षा व्यवस्थाको चर्चा गरे पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि आवश्यक जनशक्ति, सेवा–सुविधा र वृत्ति विकासका विषय ओझेलमा परेको भन्दै सुरक्षाकर्मीभित्र असन्तुष्टि बढेको छ। हाल गृह मन्त्रालयको जिम्मेवारी स्वयं प्रधानमन्त्री बालेन्द्र शाहले सम्हालिरहेका छन्। रास्वपाको नेतृत्वमा रहेको सरकारबाट सुरक्षाकर्मीले ठूलो अपेक्षा गरेका थिए। किनकि, रास्वपा विपक्षमा रहँदा सुरक्षा निकायको तलब, भत्ता र सुविधामा सुधार आवश्यक रहेको विषय पटक–पटक उठेको थियो। तर, अहिले सार्वजनिक नीति तथा कार्यक्रममा सुरक्षा निकायको सेवा–सुविधा, प्रोत्साहन र मनोबलसँग सम्बन्धित विषय समेटिन नसक्दा प्रहरी कर्मचारी निराश बनेका छन्। सरकारले साइबर सुरक्षा, डिजिटल ठगी अनुसन्धान, एआइ आधारित…

थप