Author: Scoop Khabar

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा २५ वर्षीया निशा सुनुवारको हत्या भएको घटनामा प्रहरीले दैलेखका रमेश बुढालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार १ लाख रुपैयाँ चोरी भएपछि उत्पन्न रिसका कारण हत्या भएको खुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रमेश असार ३१ गते पोखराबाट दैलेख जाने क्रममा नयाँ बसपार्क पुगेका थिए। सोही क्रममा सडकमा भेटिएकी निशाले गेस्टहाउसमा जान प्रस्ताव गरेपछि दुवै जना एउटा गेस्टहाउसको कोठामा गएका थिए। प्रहरीका अनुसार कोठामा पुगेपछि निशाले रमेशलाई नुहाउन आग्रह गरिन्। रमेश बाथरुममा गएको मौका छोपेर उनले बाहिरबाट चुकुल लगाई रमेशको झोलामा रहेको १ लाख रुपैयाँ लिएर फरार भइन्। रकम चोरी भएपछि…

थप

रौतहट । मधेश प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले व्यापक कारबाही गर्दै आर्थिक वर्ष २०८२/८३ मा झण्डै १३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। नियम कार्यान्वयनमा कडाइ, निरन्तर निगरानी तथा जनचेतनामूलक कार्यक्रमको प्रभावका कारण सवारी दुर्घटनाको संख्या बढे पनि दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आर्थिक वर्षभर ट्राफिक नियम उल्लंघन गर्ने १ लाख १० हजार ७५५ सवारीसाधनमाथि कारबाही गर्दा ११ करोड १५ लाख ६५ हजार २१० रुपैयाँ राजस्व संकलन भएको हो। त्यस्तै, यातायात व्यवस्था कार्यालयमार्फत ओभरलोडमा सञ्चालन भएका ८४८ सवारीसाधनलाई कारबाही…

थप

झापा । नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै हुने पशु तस्करी फेरि एकपटक उजागर भएको छ। झापाको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबध सीमा क्षेत्रमा भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका ६ वटा गाई तथा बहर बाछालाई सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) पृथ्वीनगरबाट सशस्त्र प्रहरी निरीक्षक मिलन श्रेष्ठको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले सोमबार नियमित सीमा निगरानीका क्रममा ती पशुहरू नियन्त्रणमा लिएको हो। प्रारम्भिक विवरणअनुसार करिब ५० हजार रुपैयाँ मूल्य बराबरका ती गाई तथा बहर कुनै वैधानिक प्रक्रिया पूरा नगरी भारततर्फ लैजान खोजिएको अवस्थामा फेला परेका थिए। नियन्त्रणमा लिइएका सबै पशुहरू हाल बिओपी पृथ्वीनगरको संरक्षणमा…

थप

जनकपुरधाम । धनुषा प्रहरीले खैरो हिरोइनजस्तो देखिने पदार्थ र सर्टगनमा प्रयोग हुने तीन राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले लुकाइछिपाइ राखिएको अवस्थामा करिब ०.११० ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ तथा सर्टगनमा प्रयोग हुने तीन राउण्ड गोली बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै पक्राउ परेका व्यक्तिको नाम र ठेगाना हाल सार्वजनिक गरेको छैन।बरामद गरिएको पदार्थ लागूऔषध हो वा होइन भन्ने विषयमा विधिवत् परीक्षण गरिने प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा लागूऔषध तथा हतियारसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको…

थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ तथा प्रतिनिधिसभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत आफूविरुद्ध चरित्रहत्या, गालीगलौज, धम्की तथा घृणास्पद अभिव्यक्ति फैलाइएको भन्दै ओलीले नेपाल प्रहरीको साइबर ब्युरोमा दिएको उजुरीका आधारमा शनिबार चितवनबाट दुईजना पुरुष पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भरतपुर १६ घर भएका तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भएर नारायणगढमा व्यवसाय गर्दै आएका अभि घिमिरे रहेका छन् । साइबर ब्युरोका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान जारी छ । पक्राउ परेकाविरुद्ध विद्युतीय कारोबार तथा प्रचलित कानुनअनुसार आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ…

थप

सिमरा । सरकारसँग ९ बुँदे सहमति भएपछि मिटरब्याज पीडितहरूले जारी ‘पैदल न्याय मार्च’ आन्दोलन स्थगित गर्दै न्यायको बलियो आशा बोकेर शनिबार आ–आफ्नो घर फर्किएका छन् । काठमाडौंमा सरकारसँग भएको वार्ताबाट फर्किएको पीडित टोलीले बाराको निजगढमा सहमतिका सबै बुँदाबारे जानकारी गराएपछि आन्दोलन तत्कालका लागि स्थगित गरिएको हो । पीडितहरूले सहमति कार्यान्वयन भए मिटरब्याजका कारण गुमाएका सम्पत्ति फिर्ता हुने र फर्जी कागजातका आधारमा वर्षौंदेखि झेल्दै आएको कानुनी झमेलाबाट मुक्ति मिल्ने विश्वास व्यक्त गरेका छन्। सरकारले मिटरब्याजलाई आर्थिक अपराधका रूपमा परिभाषित गर्दै यसको पूर्ण उन्मूलन गर्ने घोषणा मन्त्रिपरिषद्बाट गर्ने सहमतिले पीडितमा नयाँ आशा जगाएको छ। साथै, आपराधिक तथा दूषित मनसायले तयार गरिएका तमसुक,…

थप

काठमाडौं । फ्रान्सलाई ६–४ ले पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ।मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको प्रतिस्पर्धामा इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई हराएको हो। इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरे। उनले पहिलो हाफमा दुई गोल गरे भने ८७औँ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। खेलको तेस्रो मिनेटमै डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि १८औँ मिनेटमा कोन्शाले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। ३७औँ मिनेटमा शाकाले गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा उनले अर्को गोल थप्दै इंग्ल्यान्डलाई पहिलो हाफमै ४–० को बलियो अग्रता दिलाए। दोस्रो हाफमा फ्रान्सले…

थप

चितवन । अत्याधिक बर्षाका कारण बाढि पहिराको जोखिम रहेको भन्दै गयराती देखि नारायणगढ मुग्लिन सडकखण्ड र मुग्लिन काठमाडौं सडकखण्डमा रोकिएका सवारीसाधन सञ्चालनमा आएका छन् । नारायणगढ मुग्लिन सडकखण्डमा बिहान ५ बजेदेखि र मुग्लिन काठमाडौं सडकखण्ड अन्तर्गत पृथ्वी राजमार्गमा विहान ५ः३० बजेदेखि यातायात सञ्चालनमा आएका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनले शनिवार साँझ सूचना जारी गरेर बाढी पहिरोको जोखिम भन्दै मुग्लिन नारायणगढ सडकखण्ड र काठमाडौं जाने पृथ्वी राजमार्गमा राति १० बजेदेखि सवारी साधन चलाउन रोक लगाएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार अहिले रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् ।

थप

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मेरठमा एक महिलाले आफ्नै पतिको हत्या गर्न एक वर्षसम्म ‘परफेक्ट मर्डर’ सम्बन्धी अनुसन्धान गरेको आरोप सार्वजनिक भएको छ। प्रहरीले दिएको जानकारीअनुसार उनले ड्राइभरसँगको प्रेम सम्बन्धका कारण पतिलाई हटाउने योजना बनाउँदै इन्टरनेटमार्फत चर्चित हत्या घटनाहरू अध्ययन गरेकी थिइन्। आरोपित दामिनीले सन् २०१९ मा अतुलसँग प्रेम विवाह गरेकी थिइन्। सुरुका केही वर्ष सम्बन्ध सामान्य रहे पनि पछि श्रीमान्बाट कुटपिट र मानसिक तथा शारीरिक यातना भोग्नुपरेको उनले प्रहरीसमक्ष बयान दिएको बताइएको छ। प्रहरीका अनुसार करिब एक वर्षअघि दामिनीको तुषार नामका एक व्यक्तिसँग प्रेम सम्बन्ध सुरु भएको थियो। त्यसपछि दुवैले अतुलको हत्या गर्ने योजना बनाएका थिए। योजनाअनुसार दामिनीले पतिलाई…

थप

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले पौने ३४ करोड रुपैयाँमा जग्गा खरिद गरेको छ । कम्पनीको निर्णय अनुसार पर्साको वीरगञ्ज महानगरपालिका-४ मा अवस्थित होटल मकालु प्रालिको नाममा रहेको कित्ता नं. २४, ६५, ६९, ७५, ७७, १४२ र १८५ को कुल ८७.५३ धुर (१ हजार ४८२ वर्गमिटर) क्षेत्रफलको जग्गा खरिद गरिएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले जानकारी दिए । सीईओ पराजुलीका अनुसार उक्त जग्गा ३२ करोड रुपैयाँमा खरिद गरिएको हो भने रजिष्ट्रेशन तथा नामसारी सेवा शुल्कबापत १ करोड ७७ लाख ५० हजार रुपैयाँ व्यय भएको छ । यससँगै कम्पनीले कुल ३३ करोड ७७ लाख ५० हजार रुपैयाँ लगानी गरेको उनले…

थप