चितवन । अत्याधिक बर्षाका कारण बाढि पहिराको जोखिम रहेको भन्दै गयराती देखि नारायणगढ मुग्लिन सडकखण्ड र मुग्लिन काठमाडौं सडकखण्डमा रोकिएका सवारीसाधन सञ्चालनमा आएका छन् ।
नारायणगढ मुग्लिन सडकखण्डमा बिहान ५ बजेदेखि र मुग्लिन काठमाडौं सडकखण्ड अन्तर्गत पृथ्वी राजमार्गमा विहान ५ः३० बजेदेखि यातायात सञ्चालनमा आएका हुन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिवार साँझ सूचना जारी गरेर बाढी पहिरोको जोखिम भन्दै मुग्लिन नारायणगढ सडकखण्ड र काठमाडौं जाने पृथ्वी राजमार्गमा राति १० बजेदेखि सवारी साधन चलाउन रोक लगाएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार अहिले रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् ।
Facebook Comments Box
