Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
ई–बिडिङ ह्याक प्रकरण : निर्माण व्यवसायी पक्राउ पर्ने क्रम बढ्यो, एकैपटक ८ जना नियन्त्रणमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली (ई–बिडिङ) ह्याक गरी ठेक्का प्रक्रियामा छेडछाड गरेको आरोपमा प्रहरीले थप निर्माण व्यवसायीलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट एकैपटक ८ जना निर्माण व्यवसायीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरू काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार पक्राउ परेकाहरूको विवरण प्रहरीले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ। दोस्रो तहको अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायीमध्ये हाई हिमालयन हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्ल समेत छन्। मल्लको कम्पनीले गत वर्ष अपर मोदी हाइड्रोपावरको ठेक्का पाएको थियो। यस्तै, कालिका कन्स्ट्रक्सनका…
काठमाडौं । नेपाली कांग्रेसका नेता राधाकृष्ण भण्डारी ‘राधे’ले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। भण्डारीले खुलातर्फबाट केन्द्रीय सदस्यमा चुनाव लड्ने तयारी गरेका हुन्। २०५५ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्यका रूपमा पार्टी राजनीतिमा सक्रिय भण्डारी धादिङका राजनीतिक व्यक्तिका रूपमा परिचित छन्। उनी लामो समयदेखि कांग्रेसको संगठन तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। भण्डारी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका उपाध्यक्ष समेत हुन्। युवा संगठनमार्फत पार्टीको संगठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका उनले अब पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्न लागेका हुन्। १५औँ महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका भण्डारीले…
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौँ क्षेत्र नं. ७ का महाधिवेशन प्रतिनिधि सुशील भट्टले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । भट्टले कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ सोच र जिम्मेवार पुस्ताको नेतृत्वसँग जोड्ने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् । आफ्नो उम्मेदवारीबारे उनले आफूलाई कांग्रेसका इमानदार कार्यकर्ताको विश्वास, परिवर्तन चाहने युवाको आवाज तथा अग्रज पुस्ताको अनुभव र मार्गदर्शन रहेको उल्लेख गरेका छन् । उनले सिंगो कांग्रेसलाई आफ्नो टिमका रूपमा लिएको बताएका छन् । भट्टले आफूलाई कांग्रेसको ‘जरासँग’ तुलना गर्दै पार्टीलाई बलियो बनाउन आफूले माटोमुनि बसेर काम गर्ने बताएका छन् । “म जरा नै रहिरहूँ, कांग्रेसको रुख अझ बलियो…
हेटौंडा । मकवानपुरका पहाडी क्षेत्रमा उत्पादन हुने गाँजा प्रहरीकै मिलेमतोमा बारा–पर्साका विभिन्न नाका हुँदै भारतसम्म पुग्ने गरेको आरोप लागेको छ। स्रोतका अनुसार प्रहरीसँग ‘सेटिङ’ नमिलेका अवस्थामा मात्रै फाट्टफुट्ट गाँजा बरामद हुने गरेको र ठूलो परिमाणको गाँजा भने भारततर्फ जाने गरेको दाबी छ। मकवानपुरको मनोहरी, लोथर, सुनाचुरीलगायत क्षेत्रबाट उत्पादित गाँजा प्रहरी चौकी क्षेत्र हुँदै बारा र पर्साका विभिन्न नाका पार गरी भारतको पूर्वी चम्पारणसम्म पुग्ने गरेको छ। बाराको रतनपुरी क्षेत्रमा उत्पादित गाँजा समेत तेलकुवा र मटिअर्वा नाकाबाट भारत जाने गरेको पाइएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी श्याम खत्रीको निर्देशनमा प्रहरी वरिष्ठ सई रामशरण दुलालमार्फत गाँजा तस्करीको ‘सेटिङ’ मिलाउने गरेको आरोप…
काठमाडौं । खुलामञ्चको प्रसङ्ग जोड्दै सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी गरेका प्रधानमन्त्री बालेन शाहप्रति जेनजी अभियन्ता रक्षा बमले कटाक्ष गरेकी छन्। प्रधानमन्त्री शाहको स्टाटसपछि आइतबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै बमले जेनजी आन्दोलनका क्रममा युवाहरूले रगत बगाएको र घाइते तथा सहिद भएको उल्लेख गर्दै राजनीतिक संस्कारमाथि प्रश्न उठाएकी हुन्। उनले लेखेकी छन्, ‘धन्न जेन–जीहरूले आन्दोलन गरिदिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’
काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरका दाइ दीपकजंग ठाकुरविरुद्ध साइबर अपराधको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। प्रहरीले ठाकुरलाई फरार कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाएपछि अभियोगपत्र दायर गरिएको हो। अभियोगपत्रमा ठाकुरले फेसबुकमार्फत जाहेरवाला, उनका श्रीमान् तथा परिवारका महिला सदस्यलाई मानसिक तनाव र हैरानी दिने तथा प्रतिष्ठामा आघात पुग्ने किसिमका अश्लील तथा अमर्यादित सामग्री पोस्ट गरेको उल्लेख छ। प्रहरीले जाहेरवालाले पेश गरेको स्क्रिनसट, प्राविधिक अनुसन्धान, फेसबुकको मातृ कम्पनी मेटाबाट प्राप्त विवरण तथा कल डिटेललाई प्रमाणका रूपमा समेटेको छ। घटनाका साक्षीका रूपमा दानबहादुर थापा मगर र इन्दु तुलाधरको बयानसमेत राखिएको छ। ठाकुर फरार रहेको भन्दै अभियोगपत्रमा अदालतबाट पक्राउ पुर्जी जारी गर्न…
नारायणीमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने प्रयास असफल, पुर्वतयारीभन्दा बढी ‘स्टन्ट’ !
चितवन । नारायणी नदीमा बगेको ‘राइनो क्रुज’ पिल्लरमा अड्किएपछि त्यसलाई निकाल्न गरिएको पटक–पटकको प्रयास अझै सफल हुन सकेको छैन। आवश्यक प्राविधिक उपकरण, पर्याप्त स्रोत–साधन र पूर्वतयारीको अभावका कारण उद्धार कार्य लम्बिएको भन्दै प्रश्न उठ्न थालेका छन्। भारी वर्षाको पूर्वसूचना हुँदाहुँदै नारायणी नदीमा पानीको बहाव बढेपछि क्रुज बगेर नदीको पिल्लरमा अड्किएको थियो। क्रुज अड्किएपछि केही समय चितवन–नवलपुरतर्फको आवागमनसमेत प्रभावित भएको थियो। घटनास्थलको निरीक्षण गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले क्रुज सञ्चालकलाई नियन्त्रणमा लिन निर्देशन दिएको बताइएको छ। त्यसपछि जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरू नारायणी किनारस्थित एक होटलमा करिब एक घण्टा छलफलमा बसेका थिए। क्रुज निकाल्न बुटवलबाट…
सिरहा । सिरहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहाका एसपी सुमनजंग थापाका अनुसार शुक्रबार राति औरही गाउँपालिका–१ दरैया क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्। सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटिएको १५ जनाको टोलीले राति करिब १ः३५ बजे जाँच गर्ने क्रममा ६ वटा बोरामा राखिएको गाँजा फेला पारेको थियो। तौल गर्दा गाँजा ११० किलो ७६० ग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा औरही–२ का ४३ वर्षीय मिश्रीलाल सदाय र ३१ वर्षीय मनिकलाल सदाय तथा धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर…
काठमाडौं । लोकगायक तथा सर्जक बद्री सापकोटाको नयाँ दशैँ गीत ‘दशैँ आछ, तिहार आछ’ सार्वजनिक भएको छ। नेपाली मौलिकपन र टिपिकल लोकशैलीलाई प्राथमिकता दिइएको गीतमा बद्री सापकोटा र बेनिशा पौडेलको स्वर रहेको छ। गीतका शब्दसमेत सापकोटाकै रहेको छ। गीतको संगीत संयोजन मदन केसीले गरेका छन्। दशैँ–तिहारको माहोल, नेपाली ग्रामीण परिवेश र मौलिक संस्कृतिलाई केन्द्रमा राखेर तयार गरिएको गीतको भिडियो पनि सोहीअनुसारको शैलीमा निर्माण गरिएको छ। भिडियोको कथा तथा निर्देशन जेरी भण्डारीले गरेका छन्। नेपाली लोकसंगीतमा निरन्तर सक्रिय सापकोटाका यसअघि ‘बस बस पियारी’, ‘स्यमुनानिलाई’, ‘ढोगदिया’, ‘UK बस्ने माया’, ‘इन्द्र महाराज’ लगायतका गीत चर्चामा छन्। ‘स्यमुनानिलाई’ उनको गोरखा, धादिङ, तनहुँ र लमजुङ…
काठमाडौं । सरकारी मौज्दातमा रहेको करिब ९ ट्रक काठ कार्यालय प्रयोजनका लागि भन्दै बाहिर लगेर बिक्री गरेको तथा केही काठ निजी घरमा प्रयोग गरेको आरोपमा सशस्त्र प्रहरी बलका डीआईजी सुरेशकुमार श्रेष्ठमाथि छानबिन प्रक्रिया अघि बढ्ने भएको छ। ललितपुरको मानभवनस्थित पुरानो राणाकालीन भवन भत्काउँदा निकालिएको उक्त काठमध्ये ठूलो हिस्सा मिल तथा फर्निचरमा लगेर बिक्री गरिएको र केही काठ बालकुमारीस्थित निजी घरमा पार्केटिङ तथा फर्निचर निर्माणमा प्रयोग गरिएको उजुरीमा दाबी गरिएको छ। उजुरीमा काठको मूल्य करिब ४ करोड रुपैयाँ बराबर रहेको उल्लेख छ। श्रेष्ठ ललितपुरमा एसपी रहेका बेला काठ कार्यालय प्रयोजनका लागि भन्दै बाहिर लगिएको आरोप छ। उजुरी परेपछि वन कार्यालय, राष्ट्रिय…
