Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्री बालेन्द्र कुमार शाह (बालेन)सँग भेट गर्न खोजेको समयमा भेटको अवसर नपाएको विषय चर्चामा रहेका बेला प्रधानमन्त्रीको ज्वागलस्थित एक निजी निवासमा भएको लामो भेटवार्ता सार्वजनिक भएको छ । आज बिहान ११ः३५ बजेदेखि दिउँसो ४ः०५ बजेसम्म प्रधानमन्त्री बालेन्द्र कुमार शाह, राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालबीच ललितपुर महानगरपालिका–१०, ज्वागलस्थित कुमार बेनको निवासमा भेटवार्ता भएको पाइएको छ। उक्त भेटवार्ता करिब ४ घण्टा ३० मिनेट चलेको देखिन्छ । यद्यपि भेटवार्तामा के विषयमा छलफल भयो भन्नेबारे अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । प्रधानमन्त्रीसँग भेटका लागि मुख्यमन्त्रीले समय नपाएको र त्यही समयमा प्रधानमन्त्री आफ्ना…
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीमा परी राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र शिक्षकले ज्यान गुमाएका छन् । बाढीमा परी रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयका अधिकृत यादव भण्डारी र टिमुरे भन्सारमा कार्यरत प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको मृत्यु भएको छ । उनीहरू दुवैको शव गोरखामा फेला परेको थियो । त्यस्तै, अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ निवासी शिक्षक नारायण थापाको शव नवलपरासी पूर्वको देवचुलीमा फेला परेको छ । थापा बेत्रावतीस्थित निलकण्ठ माध्यमिक विद्यालयमा माध्यमिक तहअन्तर्गत अंग्रेजी विषयका शिक्षकका रूपमा कार्यरत थिए । भोटेकोशीमा आएको बाढीपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा सर्वसाधारणसमेत सम्पर्कविहीन भएका छन् । गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका…
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी चौकी टिमुरे, रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) रामहरि खड्काको अन्त्येष्टि गरिएको छ । खड्काको पार्थिव शरीरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका खड्काप्रति प्रहरी महानिरीक्षक कार्कीले सम्मान व्यक्त गरेका हुन् । श्रद्धाञ्जली कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरसहित नेपाल प्रहरीका उच्च प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । प्रहरी अधिकृत तथा कर्मचारीहरूले खड्काको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको स्मरण गरेका थिए । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उद्धार…
कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको शव पहिचान भएको छ । पाल्पाको तानसेन नगरपालिका–१० घर भएका ३४ वर्षीय विष्ट इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत थिए । बाढीपछि बेपत्ता भएका उनको शव गोरखामा फेला परेको थियो । शव व्यवस्थापनका लागि पोखरा महानगरपालिका–१० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो । शनिबार मृतक विष्टका दाजु दीपकबहादुर विष्टले शवको सनाखत गरेका हुन् । पहिचानपछि शव अन्त्येष्टिका लागि परिवारले घर लगेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार रसुवा बाढीपछि विभिन्न जिल्लामा फेला परेका १०२ शव पोखरा ल्याइएको छ । शनिबार साँझसम्म ५०…
काठमाडौं । नेपाल प्रहरीका पूर्व संगठन प्रमुख मञ्चले चीनतर्फको तिब्बत क्षेत्रमा गएको हिमपहिरो तथा प्राकृतिक विपत्तिका कारण नेपाल–चीन सीमा क्षेत्र र तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। मञ्चका संयोजक तथा पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहोराले विज्ञप्ति जारी गर्दै विपत्तिमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। बाढीपहिरोका कारण अझै ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक बेपत्ता रहेको र उद्धार कार्यमा चुनौती थपिएको भन्दै मञ्चले बेपत्ता भएकाहरूको खोजी, उद्धार तथा राहत वितरणलाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षसँग माग गरेको छ। सीमावर्ती क्षेत्रमा रहेका अस्थायी तालहरू फुट्ने र…
काठमाडौं । चीनसँगको सीमावर्ती क्षेत्र तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका प्रहरी कर्मचारीको नामावली नेपाल प्रहरीले सार्वजनिक गरेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहे पनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन। बाढीमा परेका मध्ये प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव भने फेला परेको छ। शवको सनाखत भएपछि उनका आफन्तले बुझिसकेका छन्। बेपत्ता हुने प्रहरी कर्मचारीहरूमा प्रहरी जवानदेखि प्रहरी सहायक निरीक्षक (सई) दर्जासम्मका कर्मचारी रहेका छन्। नेपाल प्रहरीले बेपत्ता प्रहरीको खोजीका लागि उद्धार तथा सुरक्षा टोली…
मुक्तिनाथ बैंकको राहतमा राजनीति : पद छैन, तर पूर्वअध्यक्षको राहत हस्तान्तरणमा फोटो किन?
काठमाडौं । देश बाढीपहिरोको चपेटामा परिरहेका बेला विपद् प्रभावितका लागि सहयोग जुटाउने क्रम तीव्र छ। सरकारको राहत कोषमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग पुगिरहेको छ भने बैंक तथा वित्तीय संस्थाहरूले पनि आ–आफ्नो तर्फबाट सहयोग गरिरहेका छन्। यही क्रममा मुक्तिनाथ विकास बैंकले गरेको राहत सहयोग भने रकमका कारणभन्दा पनि एउटा तस्बिरका कारण विवादमा तानिएको छ। सरकारलाई राहत रकम हस्तान्तरण गर्ने क्रममा बैंकका पूर्वअध्यक्ष भरतराज ढकाल अर्थमन्त्रीसँगै देखिएपछि उनको उपस्थितिलाई लिएर प्रश्न उठेको हो। ढकाल अहिले मुक्तिनाथ विकास बैंकको कुनै पनि जिम्मेवारीमा छैनन्। उनी बैंकका सञ्चालकसमेत होइनन्। तर, बैंकको तर्फबाट सरकारलाई सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा उनी अर्थमन्त्रीसँगै फोटोमा देखिएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया…
काठमाडौं । रसुवाको भोटेकोसी बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेका इलाका प्रहरी कार्यालय कालिकास्थान, रसुवाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रमेश राय यादव सम्पर्कमा आएका छन्। यादवले शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफू सकुशल रहेको जानकारी दिएका हुन्। उनले आफू अहिले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिरहेको बताएका छन्। रसुवामा विगत दुई दिनदेखि नेटवर्कमा समस्या रहेकाले नियमित सम्पर्क हुन नसकेको उनले स्पष्ट पारेका छन्। नेटवर्क अस्थिर हुनुका साथै उद्धार कार्यमा निरन्तर खटिनुपरेकाले फोन तथा म्यासेजको जवाफ दिनसमेत नसकेको उनको भनाइ छ। ‘फोन रिसिभ गर्नसमेत समय पर्याप्त नभएर यहाँहरूको कल, म्यासेजको रेस्पोन्स गर्न पाएको छैन, त्यसप्रति क्षमाप्रार्थी छु,’ यादवले सामाजिक सञ्जालमा लेखेका…
नुवाकोट । भदौ १० गते बिहान करिब १० बजेको थियो। नुवाकोटको देवीघाट बजारमा स्थानीयहरू खाना खाँदै थिए। कोही खाना पकाउँदै थिए भने कोही खाना खाने तयारीमा। त्यही बेला देवीघाट प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) अरुणकुमार बैठाको सञ्चार सेटमा आपत्कालीन सूचना आयो- भोटेकोसीमा ठूलो बाढी आएको छ, तटीय क्षेत्रका बासिन्दालाई तत्काल माइकिङमार्फत जानकारी गराउनू। जिल्ला प्रहरी कार्यालय नुवाकोटको सञ्चार शाखाबाट आएको आदेशलगत्तै असई बैठाले मोटरसाइकल चालक बोलाए र माइकिङ गर्दै देवीघाटका तल्लो तथा माथिल्लो बजारतर्फ दौडिए। उनको चेतावनीपछि स्थानीयहरू धमाधम सुरक्षित स्थानतर्फ लाग्न थाले। कतिपयले खाना खाँदै गरेको गाँससमेत छाडे भने कतिले पस्किएको खाना त्यत्तिकै छाडेर घरबाट निस्किए। बैठा…
झापा । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार साँझ झापा पुगेका छन्। बुद्ध एयरको विमानबाट भद्रपुर विमानस्थलमा अवतरण गरेका शाह छोरी प्रेरणा राज्यलक्ष्मी देवी सिंहसहित दमकतर्फ लागेका हुन्। भद्रपुरबाट उनी दमकस्थित हिमालय–महालक्ष्मी चिया बगान परिसरमा रहेको मिनी दरबार पुगेका छन्। पूर्वराजा शाह झापा आउँदा यही स्थानलाई बसाइको मुख्य थलो बनाउँदै आएका छन्। यसपटक उनको बसाइ भदौ १६ गतेसम्म रहने बताइएको छ। शाहको स्वागतका लागि नेपाल विद्वत् परिषद्का केन्द्रीय अध्यक्ष जीतबहादुर अर्जेल, उपाध्यक्ष बल्लवप्रसाद दाहाल, अर्जुनधाराकी सुभद्रा देवी ‘सोना’ गेलाल, विराटनगरका सन्दिप घिमिरेलगायत करिब १५ जना भद्रपुर विमानस्थल पुगेका थिए। भ्रमणको विस्तृत कार्यक्रम भने सार्वजनिक गरिएको छैन। प्रारम्भिक विवरणअनुसार भ्रमण निजी प्रकृतिको रहेको…