काठमाडौं । खुलामञ्चको प्रसङ्ग जोड्दै सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी गरेका प्रधानमन्त्री बालेन शाहप्रति जेनजी अभियन्ता रक्षा बमले कटाक्ष गरेकी छन्।
प्रधानमन्त्री शाहको स्टाटसपछि आइतबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै बमले जेनजी आन्दोलनका क्रममा युवाहरूले रगत बगाएको र घाइते तथा सहिद भएको उल्लेख गर्दै राजनीतिक संस्कारमाथि प्रश्न उठाएकी हुन्।
उनले लेखेकी छन्, ‘धन्न जेन–जीहरूले आन्दोलन गरिदिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’
Facebook Comments Box
