काठमाडौं । लोकगायक तथा सर्जक बद्री सापकोटाको नयाँ दशैँ गीत ‘दशैँ आछ, तिहार आछ’ सार्वजनिक भएको छ।
नेपाली मौलिकपन र टिपिकल लोकशैलीलाई प्राथमिकता दिइएको गीतमा बद्री सापकोटा र बेनिशा पौडेलको स्वर रहेको छ। गीतका शब्दसमेत सापकोटाकै रहेको छ। गीतको संगीत संयोजन मदन केसीले गरेका छन्।
दशैँ–तिहारको माहोल, नेपाली ग्रामीण परिवेश र मौलिक संस्कृतिलाई केन्द्रमा राखेर तयार गरिएको गीतको भिडियो पनि सोहीअनुसारको शैलीमा निर्माण गरिएको छ। भिडियोको कथा तथा निर्देशन जेरी भण्डारीले गरेका छन्।
नेपाली लोकसंगीतमा निरन्तर सक्रिय सापकोटाका यसअघि ‘बस बस पियारी’, ‘स्यमुनानिलाई’, ‘ढोगदिया’, ‘UK बस्ने माया’, ‘इन्द्र महाराज’ लगायतका गीत चर्चामा छन्। ‘स्यमुनानिलाई’ उनको गोरखा, धादिङ, तनहुँ र लमजुङ क्षेत्रमा प्रचलित भाकामा आधारित गीत हो भने ‘बस बस पियारी’लाई उनको चर्चित गीत हो।
त्यस्तै, सापकोटाको पछिल्लो समय चर्चामा रहेको ‘मनुङ कोटैमा’ गीतमा उनीसँगै शान्तिश्री परियारको स्वर रहेको छ।
दशैँको अवसरलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘दशै आछ, तिहार आछ’ ले नेपाली मौलिक लोकसंस्कृति र चाडपर्वको माहोललाई गीत–संगीतमार्फत प्रस्तुत गरेको छ।
भिडिओ हेर्नुस्
