Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले मुग्लिन–नारायणगढ सडकमा गएको पहिरो पन्छाउन अझै ४ घण्टा लाग्ने बताएको छ । कार्यालय प्रमुख प्रहरी उपरक्षिक (एसपी) रवि पौडेलले मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोलाको पहिरो पन्छाउन अझै ४ घन्टा लाग्ने बताएका हुन् । गएराति ११ बजे पहिरो खसेपछि अवरूद्ध भएको सडक खुलाउन चारवटा स्काभेटर परिचालन गरिएको एसपी पौडेलले बताए । ‘अहिलेपनि माथिबाट ठुल्ठूला ढुंगा झर्ने क्रम नरोकिएकाले सवारी आवागमन चलाउन अझै केही घण्टा समय लाग्ने भएको छ,’ एसपी पौडेलले भने, ‘बिहानैदेखि स्काभेटर प्रयोग गरिएको भए पनि पहिरो पन्छाउन सकिएको छैन ।’ शनिबार दिउँसो पनि पहिरो पन्छाएर गाडीहरू आवतजावत…

थप

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले एमाले चौतर्फी घेराबन्दीमा रहेको बताएका छन् । एमाले नेतृत्वको सरकारको पालामा चुच्चे नक्साको मुद्दा उठाए वापत् अहिले एमाले घेराबन्दीमा परेको पोखरेलले बताए । आइतबार धादिङ जिल्लाको प्रथम जिल्ला परिषद्को उद्घाटन गर्दै पोखरेलले एमालेलाई अहिले चारैतिरबाट घेराबन्दी गरिएको बताए । उनले अहिले एमालेलाई घेराबन्दी गरेपनि २०८४ को निर्वाचनपछि भने एमाले पहिलो शक्ति बन्ने उनको दाबी छ । एमाले देशको पहिलो शक्ति बन्दा मात्र देशको रक्षा हुने उनले बताए । पोखरेलले प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको बताए । उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय जुम्लाले ‘लागूऔषध विरुद्ध विशेष अभियान’ सुरु गरेको छ । समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजना तथा विभिन्न संघ संस्थाको सहयोगमा उक्त अभियानको सुरुवात भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जिल्लामा बढ्दै गएको लागूऔषध दुर्व्यसनीलाई रोक्नको लागि सबै सरोकारवाला पक्षहरूले समन्वयात्मक ढंगबाट काम गर्नुपर्नेमा जोड दिए । लागूऔषध सम्बन्धि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, सिमा नाकाहरूमा चेकजाँचमा कडाई गर्नुपर्ने र समय समयमा यस्ता अभियानहरू सञ्चालन गर्दा सकारात्मक सन्देश जाने उनले बताए । उक्त अभियान दुई हप्तासम्म चल्नेछ । अभियानमा विभिन्न र्‍याली स्थानीय झाँकी र ब्यानर पर्दशन, ‘लागूऔषध दुर्व्यसनमा लाग्ने…

थप

काठमाडौं । श्री एयरलाइन्सले आज आइतबारका लागि निर्धारित सबै उडान स्थगित गरेको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारी गर्दै आजका सबै उडान स्थगित गरिएको जानकारी दिएका हुन् । उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । सोमबारदेखि सबै उडान सञ्चालन गरिनेछन् । शनिवार काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौं नै फिर्ता ल्याई अवतरण गरिएको घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्न लागेको हो ।

थप

काठमाडौं । आज नेपालले संयुक्त अरब इमिरेटस (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने सो खेल अपरान्ह १२ः४५ मा सुरु हुनेछ । यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् ।

थप

चितवन । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिदो परिवेश तथा चुनौतिलाई सामना गर्न आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिवद्ध भई निष्पक्ष रूपमा नागरिक सेवामा लाग्नुपर्ने बताएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा कार्यरत प्रहरी कर्मचारीहरू लगायत सम्पूर्ण प्रशिक्षकलाई शनिबार निर्देशन दिँदै आईजीपी कुँवरले हरेक कमाण्डर सबै भन्दा पहिले आफै नमूनाको रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । प्रहरी कर्मचारीहरूमा निहित सिप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरिय रूपमा सम्पादन गर्दा नै संगठनको श्रीबृद्धि हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘व्यावसायिक स्वार्थका लागि निष्ठा, दृढता र सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने आजको आवश्यकता र…

थप

एजेन्सी – आइसिसी विश्वकप छनोट २०२३ मा खराब प्रदर्शनसँगै चार पटकको विश्वकप विजेता वेस्टइन्डिज छनोटबाटै बाहिरिएको छ । वेस्टइन्डिज इतिहासमै पहिलो पटक विश्वकपमा पुग्न नसकेको हो । सुपर सिक्समा आफ्नो पहिलो खेलमै स्कटल्यान्डसँग ७ विकेटले पराजित भएसँगै समान दुई पटक एकदिवसीय र टि२० विश्वकप विजेता वेस्टइन्डिज आगमी भारतमा हुने एकदिवसीय विश्वकपको लागि छनोट हुन नसक्ने भएको हो । जितको लागि १ सय ८२ रनको मध्यम लक्ष्य स्कटल्यान्डले ४३.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डले वेस्टइन्डिजलाई ओडिआईमा पहिलो पटक हराएको हो । स्कटल्यान्डको जितमा विकेटकिपर म्याथ्यु क्रस १ सय ७ बलमा ७ चौकासहित ७४ रनमा नट आउट रहे ।…

थप

काठमाडौं । दाङमा तल्लो जात भनेर कोठा भाडामा बस्ने व्यक्तिलाई विभेद गरेको आरोपमा घरबेटी पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका, १७ का ताराप्रसाद पोखरेललाई पक्राउ गरेको हो । पोखरेलले आफ्नो घरमा डेरामा बसेका अंगराज परियार र महेन्द्र बिश्वकर्मालाई जातकै आधारमा विभेद गर्दै कोठा छाड्न दबाव दिएपछि प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सुरुमा कोठा भाडामा दिएका पोखरेलले शुक्रबार मात्र उनीहरु दलित भएको थाहा पाएका थिए । त्यसपछि उनीहरुलाई पोखरेलले कोठा छाड्न दबाब दिएका हुन् । दलित भन्दै विभेद गरेपछि आफुहरुले प्रहरी कार्यालयमा उजुरी दिएको परियारले बताए । उजुरीपछि पोखरेललाई नियन्त्रणमा लिइएको डिएसपी राजनकुमार गौतमले जानकारी दिए । पीडित पक्षको…

थप

काठमाडौं । कोशी प्रदेशको सरकार गठनका लागि निर्णयक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । आज राप्रपा प्रदेशसभा संसदीय दलका नेता, सांसदहरु तथा पार्टीका पदाधिकारीहरुसहित अध्यक्ष राजेन्द्र लिङ्देनले झापास्थित आफ्नै निवासमा छलफल गरेका थिए । छलफलले सरकारमा सहभागिताको निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको छ । राप्रपाले कांग्रेस, माओवादीसहितको नयाँ सत्ता समीकरणमा सामेल हुने राप्रपाले सङ्केत गरेको हो । नयाँ गठबन्धन सरकारमा सहभागी हुने कि नहुने भन्ने निर्णय केन्द्रीय अध्यक्षले निर्णय लिने राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाको भनाई छ ।

थप

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संसद्ले बनाएको कानुनभन्दा बाहिर रहेर प्रशासन चलिरहेको आरोप लगाएका छन् । ६५ औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ढुंगानाले संसद्ले बनाएको कानुनबाट प्रशासन नचलेको बताएका हुन् । उनले भने, ‘कानुन किन बनाउनुपर्ने जनप्रतिनिधिले सार्वभौम जनप्रतिनिधिले भने त्यो भन्दा बाहेकको कुनै कारबाही नहोस्, प्रत्यायोजित, निर्देशिका, ऐन, कानुन, नियमावली, आदेश केही पनि संसद्ले बनाएको विधेयक भन्दा टाढा नहोस्, त्योसँग नबाझिने होस् भनेर । तर अहिले म सुन्दैछु, संसद्ले एउटा कानुन बनाउँछ तर अरू अरूकै आदेशबाट प्रशासन चलिरहेको छ । त्यो हेर्ने को हो ? तपाईँहरू संसद्ले हेर्ने होइन । ल हाम्रा पार्टीलाई…

थप