काठमाडौं । कोशी प्रदेशको सरकार गठनका लागि निर्णयक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।
आज राप्रपा प्रदेशसभा संसदीय दलका नेता, सांसदहरु तथा पार्टीका पदाधिकारीहरुसहित अध्यक्ष राजेन्द्र लिङ्देनले झापास्थित आफ्नै निवासमा छलफल गरेका थिए ।
छलफलले सरकारमा सहभागिताको निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको छ । राप्रपाले कांग्रेस, माओवादीसहितको नयाँ सत्ता समीकरणमा सामेल हुने राप्रपाले सङ्केत गरेको हो ।
नयाँ गठबन्धन सरकारमा सहभागी हुने कि नहुने भन्ने निर्णय केन्द्रीय अध्यक्षले निर्णय लिने राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाको भनाई छ ।
Facebook Comments Box
