Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजी)लाई प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार छ । तर, आईजी बसन्त बहादुर कुँवरले प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा निकाल्न सकिरहेका छैनन् । लामो समयदेखि एउटै कार्यालयमा कार्यरत इन्स्पेक्टरहरुको अवधी पुगेपनि अत्याधिक चलखेलका कारण सरुवा सूची निकाल्न नसकेपछि आईजी कुँवरको आलोचना भएको छ । गत फागुनमै हुनुपर्ने सरुवा अझै हुन नसकेको हो । स्रोतकाअनुसार इन्सपेक्टर सरुवामा आईजी कुँवरमाथि अत्याधिक दबाब छ । एकथरीले विगतमा सरुवा मापदण्डविपरीत काजमा गएकालाई त्यही राख्न दबाब दिइरहेका छन् । तर, मापदण्डअनुसार उनीहरुलाई त्यहाँ राख्न मिल्दैन । सोही कारण सरुवा निस्कन नसकेको हो । सयौंको संख्यामा इन्स्पेक्टरहरु सरुवाको पर्खाइमा छन् ।…
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढीकरण तथा व्यापार, लगानी र आर्थिक विकासमा सकारात्मक छलफल भएको बताएका छन् । सात सदस्यीय प्रतिनिधिमण्डलसहित चीनको पाँचदिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो । यस्तै चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सचिव एवं सिचुवान प्रान्तीय जनपरिषद्को स्थायी समितिका अध्यक्ष वाङ सिवहुइसँग पनि भेटवार्ता भएको थियो । वार्तामा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषय र चीनद्वारा नेपालमा…
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मिटरव्याजी प्रकरणमा ठूला नेता र उच्च प्रहरी अधिकारीहरुको संलग्नता रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक गिरीले मिटरब्याजी प्रकरणमा संलग्न व्यक्तिहरुको संरक्षक दलका ठूला नेता र उच्च प्रहरी अधिकारीहरु रहेको दाबी गरे । प्रमुख सचेतक गिरीले भने, ‘मिटरव्याजीको प्रकरण धेरै गम्भीर विषय हो । यसमा राष्ट्रसेवक, उच्च पदस्थ कर्मचारी संलग्न छन् । राजनीतिक दलका ठूला नेताहरूको संरक्षणमा यी काम भएका छन् । प्रहरीका उच्च अधिकारीहरू संलग्न छन् ।’ त्यसकारण मिटरव्याजको विरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने गिरीले बताए । उनले थपे, ‘सामन्तवादको अवशेषको रूपमा अहिले पनि…
काठमाडौं । डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढेको छ । नयाँ मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १६ पैसा, मट्टीतेल ५ पैसा र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १६० रुपैयाँले बढेको छ । भारतबाट इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढेर आएको हो । यस्तै हवाई इन्धनको मूल्य ५७ पैसाले बढेको निगमले जनाएको छ ।
काठमाडौं । रुकुम पश्चिममा निजी सवारीसाधनको संख्या बढ्दै गएको र ग्रामीण क्षेत्रमा सडक सञ्जालको पहुँच बढेसँगै सवारी दुर्घटना हुने क्रम पनि सोही अनुसार बढिरहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । रुकुम पश्चिममा पछिल्ला तीन वर्षमा सवारी दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७७/०७८, गत आर्थिक वर्ष २०७८/०७९ र चालु आर्थिक २०७९/०८० मा विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ६ वटा सवारी दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाउनुपरेको थियो भने गत आ.व. २०७८/०७९ मा १२ वटा सवारी दुर्घटना हुँदा १२ जनाको ज्यान गएको…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताएका छन् । आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “मैले भनेको थिएँ– यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ । जति गर्छु– देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु।” सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपीलसमेत गरे । प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)…
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका छन् । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष राउतबीच भेटवार्ता भएको थियो । भेटमा जनमत पार्टीको सरकारमा सहभागिताको विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डसँगको छलफल सकारात्मक भएको भन्दै अध्यक्ष राउतले पार्टीका नेताहरुलाई ब्रिफिङ गरेको नेताहरुले पनि बताएका छन् ।यद्यपि जनमत पार्टीले अहिले केहि निर्णय गरेको छैन । तर, जनमत पार्टीले बजेटको विपक्षमा मतदान गरेको थियो ।
रौतहट । मधेस प्रदेशमा उत्कृष्ट हुने एक जना ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सँगै तीन जना प्रहरी नगद पुरस्कारसहित कदरपत्रबाट सम्मानित भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख इन्स्पेक्टर विमला कुमारी कठायत, प्रदेश ट्राफिक प्रमुख कार्यालय पथलैयामा कार्यरत असई दीपक कुमार बस्नेत र ट्राफिक प्रहरी पर्सामा कार्यरत सहायक हवलदार राजकुमार कलवार सम्मानित भएका हुन् । ढल्केवरस्थित शनिबार एक समारोहबीच नाडाका अध्यक्ष डाक्टर ध्रुव थापा, अटमोवाईलस एसोसिएसन नेपालका अध्यक्ष केदार अग्रवाल र मधेस प्रदेश ट्राफिक प्रमुख एसपी सन्तोष कुमार भट्टराईले संयुक्त रूपमा १० हजार नगदसहित कदर पत्रबाट उनीहरूलाई सम्मानित गरिएको थियो । इन्स्पेक्टर कठायतलगायत तीनै जनाले ट्राफिक सेवामा रही पुर्याएको…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले(माओवादीबीचको एकता बचाउन नसकिएको भन्दै अब कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताएका छन् । कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सँगै राखेर कमजोरीको समीक्षा गर्दै नेकपातिरै फर्कने कोशिस गर्नुपर्ने बताएका हुन् । उनले आफू र एमाले अध्यक्ष केपी ओली मिलेपछि धेरैलाई भय पैदा भएपनि एकता जोगाउन नसकिएको भन्दै दुखेसो पोखे । विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता, संघर्ष विभाजनबाट गुर्जिदै अगाडि बढेको उदाहरण दिँदै फेरि एकपटक एकता गर्न सबैले चिन्तन गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले हिजोको दिनमा कम्युनिष्ट आन्दोलन बचाउन नसक्नुको…
काठमाडौं । संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको आठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । पत्रकार समाजको नयाँ नेतृत्व अन्तर्गत अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । विष्णु क्षेत्री र तुलसी सापकोटालाई पराजित गर्दै सत्याल निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा किरण दहाल र सिर्जना घिमिरे निर्वाचित भएका छन् । महासचिवमा जयसिंह महरा निर्वाचित भएका छन् भने सचिवमा गुञ्जनराज गिरी र सविता शर्मा निर्वाचित भएका छन् । कोषाध्यक्षमा अमुल थापा निर्वाचित भएका छन् भने सदस्यहरुमा कमलराज भट्ट, रोमन आचार्य, शीला तिमिल्सिना, मीरा बस्नेत, अन्जन लामिछाने, राजु थापा, विनोद कटुवाल र रघुनाथ बजगाईं निर्वाचित…