Author: Scoop Khabar

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले स्व. गिरिजाप्रसाद कोइरालाजस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता बिरलै मात्र भेटिने बताएका छन् । सोमबार गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो कुरा बताएका हुन् । स्व. गिरिजाप्रसाद कोइरालाको जस्तो साहस र निर्णय क्षमता सबै नेतामा नहुने दाबी गर्दै पूर्वमहामन्त्री कोइरालाले भने, ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन । उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो ।’ गिरिजाप्रसाद कोइरालाकै कारण दोस्रो जनआन्दोलन सफल भएको उनको दाबी छ । ‘दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको…

थप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले जनताको अवस्था शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गरेर मात्र बदल्न सम्भव हुने बताएका छन् । सोमबार दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको १ सय जन्मजयन्तीको अवसरमा जिपी कोइराला मेमोरियल कलेजद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वका विकसित देशका राजनेताहरुले पनि आफ्नो देशको प्राथमिकताका बारेमा शिक्षालाई लिने गरेको बताए । उनले भने, ‘हामीले शिक्षालाई जुन प्रकारको महत्व दिनुपर्ने हो त्यो नभएको भन्ने कुरामा म सहमत छु ।’ उनले दिवंगत नेता कोइरालालाई सम्झँदै परिपक्व, राजनीति सुझबुझ र दुर्दृष्टि भएका व्यक्तित्वका धनी नेता भएको बताए । कोइरालाको राजनीतिक सुझबुझ र दुर्दृष्टिकै…

थप

काठमाडौं । गृह मन्त्रालयको नेतृत्व सम्हालेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले १० असारमा प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउने गरी कानुनको मस्यौदा र प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिने प्रस्ताव तयार भइरहेको बताएपछि दुवै प्रहरी संगठनमा एकखालको उत्साह थपिएको छ । गृहमन्त्री श्रेष्ठले उक्त कुरा प्रतिनिधिसभाको बैठकमार्फत जानकारी दिएका हुन् । जतिबेला गृहमन्त्री श्रेष्ठले सर्वोच्च अदालतको आदेशअनुसार प्रहरी ऐन नै संशोधन गरी ३० वर्षे सेवाहद हटाउन लागिएको जानकारी दिएका थिए । यसरी गृहको नेतृत्व सम्हालेका मन्त्रीले नै प्रहरीको विद्यमान समस्यालाई समाधान गर्ने बताएपछि उत्साह थपिनु स्वभाविक पनि हो । यसअघि पनि पटकपटक यो विषयमा चर्चा हुने गथ्र्यो । तर, गृहमन्त्री…

थप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ रहने बताएका छन् । सोमबार स्व. कोइरालाको एक सयौँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्धको अभियानमा सिंगो देशको साथ सरकारलाई रहेको बताए। त्यस्तै कार्यक्रममा महामन्त्री थापाले विश्व विद्यालयमा राजनीति भागबन्डाबाट अलग राख्नुपर्ने बताए । दलको झोला बोकेर विश्वविद्यालय छिर्न रोक लगाउनुपर्ने थापाको जोड छ । उनले राजनीतिक दलहरूले भागबन्डाकै कारणले विश्वविद्यालयको स्तर खस्केको उल्लेख गर्दै ऐन बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई निर्णायक भूमिका खेल्न आग्रह गरे ।

थप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत रहेको बताएका छन् । सोमबार स्व. कोइरालाको एक सयौँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले स्व. कोइराला आफ्नो जीवनको प्रेरणाको सेत रहेको बताएका हुन् । ‘पहिलो भेटदेखि अन्तिम भेटसम्म गिरिजामा कुनै दुविधा, आशंका देखिनँ। बरु मैले गल्ती गरेँ, उहाँले गल्ती विल्कुल गर्नु भएन, प्रचण्डले भने, ‘उहाँसँग गरेका कतिपय प्रतिबद्धता पुरा गर्न सकिनँ। उहाँको चाहना विपरीत निर्णय गर्दा पनि उहाँले विश्वास गर्न छोड्नुभएन ।’ त्यस्तै प्रचण्डले कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप रहेको समेत बताए । ‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई…

थप

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले ३ जना प्रहरीलाई कारबाही गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीको हिरासतबाट २ जना थुनुवा भागेपछि आइतबार ३ जना प्रहरीलाई कारबाही गरिएको हो ।   जिल्ला प्रहरी प्रमुख उपरिक्षक (एसपी) सुधीरराज शाहीले गत शुक्रबार बिहान सवा ६ बजे ढोढरीको हिरासतबाट दुईजना थुनुवा भागेको घटनामा प्रहरीको कमजोरी देखिएपछि ३ प्रहरीलाई कारबाहीस्वरूप निलम्बन गरेको बताए । यस्तै ड्युटी अफिसरको रूपमा रहेका प्रहरी सहायक निरीक्षक (असई)लाई पनि निलम्बन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सिफारिस गरेको एसपी शाहीले बताए । ‘दुई जवानलाई आजै निलम्बित गरेका छौं,’ एसपी शाहीले भने, ‘ड्युटी अफिसरलाई निलम्बन गर्न प्रदेश प्रहरी कार्यालय समक्ष सिफारिस…

थप

काठमाडौ । पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अवरुद्ध सडक सुचारु भएको हो ।  चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको थियो । शनिबार मध्यरातिदेखि पहिरोका कारण अवरुद्ध सडक आइतबार बेलुका मात्र खुले पनि सोमबार बिहान फेरि अवरुद्ध भएको थियो ।

थप

काठमाडौ ।  आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आज शिक्षा दिने गुरुप्रति सम्मान व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखेर हिन्दु संस्कृतिको संरक्षणमा योगदान पुर्याएको मानिन्छ । आफूलाई शिक्षा दिने गुरुको सम्मानमा शिष्यहरूले आज मिष्ठान्न भोजनकासाथ श्रद्धाभाव व्यक्त गर्ने परम्परा छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने गरिन्छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपि प्रकाशले अज्ञानरूपि अन्धकारको नाश गराउने व्यक्तिलाई…

थप

भरतपुर । नारायणगढ–मुग्लिन सडक पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो । पहिरो हटाउन सुरु गरिएको छ । अहिले सडक दुईतर्फी नै ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल तामाङले जानकारी दिए । पहिरोले एउटा ट्रक पल्टिएको छ । पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो । ट्रकका चालक सामान्य घाइते भएका छन् । अहिले पहिरो पन्छाउने र ट्रकलाई उठाउने तयारी भइरहेको इन्स्पेक्टर तामाङले जानकारी दिए । उक्त स्थानमा पटक–पटक पहिरो खसेको छ । आइतबार झण्डै १८ घण्टा…

थप

काठमाडौं । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी भएको छ । ‘जनयुद्धका शहीद’ परिवारले मन्त्रालयमा तालाबन्दी गरेका हुन् । शहीद प्रतिष्ठानले दिने घोषणा गरेको ३ लाख नदिएको भन्दै मन्त्रालयमा तालाबन्दी गरिएको शहीद परिवारका सदस्य राजु महतोले बताए । ‘जनयुद्धका शहीद’ परिवारले मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्ने प्रयास गरे पनि मुख्यमन्त्रीसँग भेट्न सकेनन् । मधेश सरकारले गत वर्ष नै ‘जनयुद्धमा शहीद’ भएका परिवारलाई किस्ताबन्दीमा ३ लाख उपलब्ध गराउने घोषणा गरेको थियो । प्रतिष्ठानले तीन वर्षसम्म एकरएक लाख उपलब्ध गराउने कार्यक्रमअन्तर्गत यसपटक शहीद परिवारका सदस्यले पैसा पाएका छैनन् । सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको शहीदको…

थप