काठमाडौ । पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अवरुद्ध सडक सुचारु भएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको थियो ।
शनिबार मध्यरातिदेखि पहिरोका कारण अवरुद्ध सडक आइतबार बेलुका मात्र खुले पनि सोमबार बिहान फेरि अवरुद्ध भएको थियो ।
Facebook Comments Box
