काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ रहने बताएका छन् ।
सोमबार स्व. कोइरालाको एक सयौँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्धको अभियानमा सिंगो देशको साथ सरकारलाई रहेको बताए।
त्यस्तै कार्यक्रममा महामन्त्री थापाले विश्व विद्यालयमा राजनीति भागबन्डाबाट अलग राख्नुपर्ने बताए । दलको झोला बोकेर विश्वविद्यालय छिर्न रोक लगाउनुपर्ने थापाको जोड छ ।
उनले राजनीतिक दलहरूले भागबन्डाकै कारणले विश्वविद्यालयको स्तर खस्केको उल्लेख गर्दै ऐन बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई निर्णायक भूमिका खेल्न आग्रह गरे ।
Facebook Comments Box
