Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी कल्याण कोषको रकम एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न इच्छुक बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव आह्वान गरेको छ । कल्याण महाशाखाले सार्वजनिक गरेको सूचना अनुसार कोषको साधारणतर्फको नेपाली रुपैयाँ तीन करोड रकम नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गरिने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम, प्रस्तावित ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी सिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरिएको छ । सूचना अनुसार प्रस्ताव २०८३ जेठ ४ गते कार्यालय समयभित्र बुझाइसक्नुपर्ने छ । प्रहरी प्रधान कार्यालय नक्सालस्थित कल्याण महाशाखाले…
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्व र कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै नेतृत्वले आफ्ना कमजोरी सुधार नगरे फरक कदम चाल्ने चेतावनी दिएका छन्। बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टीभित्र अविश्वासको वातावरण बढ्दै गएको र यसमा नेतृत्व तहमा रहेका नेताहरू नै जिम्मेवार हुनुपर्ने धारणा राखेका हुन्। सम्बोधनका क्रममा नेता बस्नेतले सभापति गगन थापाको नामै किटेर पार्टीलाई ‘हाइज्याक’ गरेको र विधि–विधान विपरीत कब्जा जमाउन खोजेको दाबी गरे। पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि उनले केही स्पष्ट सर्तहरू समेत अघि सारेका छन्। उनले हाल भइरहेको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य तत्काल खारेज हुनुपर्ने माग गर्दै समितिको निर्णयका…
काठमाडौं । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन्। भट्टको राजीनामा सनाखत हुने क्रममा रहेको बताइएको छ। भट्टलाई एक हप्ताअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर सरकारलाई सहयोग गर्न निर्देशन दिएकी थिइन्। राजीनामा नदिए बर्खास्त गरेर हटाउने प्रकृया सुरु भएकोबारे पनि मन्त्री यादवले कार्यकारी निर्देशक भट्टलाई जानकारी गराएकी थिइन्। निर्देशनपछि भट्टले एक–दुई दिन समय दिन आग्रह गरेका थिए। निर्देशन दिएको एक हप्तापछि भट्टले राजीनामा दिएका हुन्। सरकारले यसअघि भएका सबै राजनीतिक नियुक्तीलाई खारेज गरिरहेको छ। पहिलो चरणमा करिब १५ सयलाई बर्खास्त गरेको सरकारले दोस्रो चरणमा थप ५ सय नियुक्ती खारेज गर्ने गरी सूची तयार गरेको थियो। दोस्रो…
बारा । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले लागूऔषध कारोबार तथा सीमाजन्य अपराधमा संलग्न व्यक्तिहरूमाथि निर्मम रूपमा प्रस्तुत भएर कानुनी दायरामा ल्याउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । बाराको इलाका प्रहरी कार्यालय सिम्रौनगढ परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन कार्यक्रममा बुधबार बोल्दै आईजीपी कार्कीले सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । उनले नवनिर्मित भवनबाट प्रवाह हुने सेवा थप नागरिकमैत्री, प्रविधिमैत्री, निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिए । आईजीपी कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुने हिंसा लगायतका घटनामा प्रभावकारी सेवा प्रवाह गर्न नयाँ भवनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले…
काठमाडौं । मदन भण्डारी राजमार्गस्थित सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्क क्षेत्रमा प्रहरी टोली नियमित सवारी जाँचमा खटिएको थियो । वातावरण सामान्य देखिए पनि प्रहरीलाई त्यो रात केही असामान्य हुने संकेत भने पहिल्यै मिलिसकेको थियो । एउटा गाडी बिस्तारै जाँचस्थल नजिक आयो । प्रहरीको संकेतपछि गाडी रोकियो । भित्र बसेका व्यक्ति सामान्य यात्रुजस्तै देखिन्थे । तर अनुहारमा तनाव थियो, बोलीमा हतार थियो । प्रहरीलाई झन् शंका लाग्यो । सोधपुछ सुरु भयो । मोबाइल अफ थियो । यात्राको स्पष्ट गन्तव्य थिएन । केहीबेरपछि खुलेको परिचयले प्रहरी अधिकारीहरू नै चकित परे । उनी थिए नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश…
काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफू प्रधानमन्त्री बालेन्द्र साहलाई संसदको बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताएका छन्। विपक्ष दलका सांसदहरूले प्रधानमन्त्रीलाई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग उपस्थित गराउनका लागि रुलिङ गर्न विपक्ष दलका सांसदहरुले माग गरेपछि उनले सो कुरा प्रष्ट्याएका हुन्। सभामुख अर्यालले कुनैपनि सांसदहरूलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको स्पष्ट पारे। उनले भने,‘अहिले माननीय सदस्यहरूले के प्रश्न गरिरहनुभएको छ भने सम्माननीय प्रधानमन्त्री आउने सुनिश्चितता गर्नु पर्यो भनेर। म माननीय सदस्यहरूलाई आगामी दिनपनि कोही पनि माननीय सदस्यज्यूहरूको सम्माननीय प्रधानमन्त्रीज्यूको मात्रै होइन, कोही पनि माननीय सदस्यज्यूहरू भोली यो सदनमा आउन…
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संसदमा नीति तथा कार्यक्रममाथि छलफल भइरहेका बेला अनुपस्थित भएपछि प्रतिनिधिसभामा चर्को विवाद भएको छ । आफ्नै सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा प्रधानमन्त्री सदनमा उपस्थित नभएपछि विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका हुन् । प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि छलफल सुरू हुँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएर आफू भने संसद्मा गएनन् । विपक्षी दलहरूले प्रधानमन्त्री संसद्मा आएर जवाफ दिनुपर्ने माग राख्दै विरोध जनाए । स्रोतका अनुसार प्रधानमन्त्री शाह सिंहदरबारमै बसेर संसद्को लाइभ प्रसारण हेरिरहेका छन् । प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूले उनी नियमित काममै व्यस्त रहेको बताए । तर, संसद्मा गम्भीर…
काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा गीत गाउन नभइ जवाफ माग्नका लागि बोलाइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । ‘प्रधानमन्त्रीलाई संसद्मा पप गीत गाइदिन वा र्याप हान्न बोलाएको होइन नि,’ शाहीले भने, ‘उहाँलाई त्यहाँ जवाफ दिन बोलाइएको हो ।’ यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुँदा रास्वपाकै सांसदहरूले संसद् बैठकमा अवरोध गरेको पनि उनले सम्झाए ।
बालेन नआएको रिसमा संसद बैठक बहिष्कार गरेका हर्क साम्पाङले भने- देशमा प्रधानमन्त्री नै छैन
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ संसद बैठकमा अनुपस्थित भएको झोकमा बैठक नै बहिस्कार गरेर बाहिरिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गरेका छन् । संसदबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सत्तारुढ दलले आफूखुसी संसद चलाइरहेको बताए । उनले भने–‘हामी संसद वैठक बहिष्कार गरेको हो । प्रधानमन्त्री नै छैन देशमा । भए त आउनुपर्ने । प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने कुरा अरुलाई पठाउने भइरहेको छ । हाम्रो केही प्रश्न पनि छन् । थुप्रै कुरा छन् । सत्तारुढ दलले मनखुशी चलाइरहेको छ ।’ सांसदहरुलाई ठेलीका ठेली किताब…
तेह्रथुम । प्रहरी कर्मचारीहरूको बिदा व्यवस्थापनसम्बन्धी दीर्घकालीन गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तेह्रथुमले प्रहरी नियमावली, २०७१ बमोजिम “सट्टा बिदा” कार्यान्वयनमा ल्याएको छ । सार्वजनिक बिदाको दिन ड्युटीमा खटिने प्रहरी कर्मचारीलाई कानूनी व्यवस्थाअनुसारे ‘सट्टा तलबी बिदा’ उपलब्ध गराउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख नायब उपरीक्षक (डिएसपी) लक्ष्मण ओलीले बताए । लामो समयदेखि प्रहरी संगठनभित्र आवश्यक परेको समयमा बिदा नपाउने, उपलब्ध बिदा पूर्ण रूपमा उपयोग गर्न नपाइने तथा यसका कारण व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा असर पर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त व्यवस्था व्यवहारिक रूपमा लागू गरिएको हो । प्रहरी नियमावली, २०७१ को परिच्छेद–८ अन्तर्गत नियम ८५ मा सार्वजनिक…