Author: Scoop Khabar

महोत्तरी । महोत्तरीमा ३ वर्षीय बालकको हत्या गरेको आरोपमा १५ वर्षीया एक किशोरी पक्राउ परेकी छन्। सम्सी गाउँपालिका–५ पोखरभिन्डा निवासी मनिकेश कुमार यादवको हत्या गरेको आरोपमा सोही गाउँकी किशोरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेका अनुसार गत जेठ २२ गते साँझ बालकको शव बोरामा हालेर स्थानीय पोखरीमा फालिएको अवस्थामा फेला परेको थियो। प्रहरी अनुसन्धानका अनुसार घटना भएको दिन किशोरी ३० किलो रासायनिक मल साइकलमा राखेर खेततर्फ जाँदै थिइन्। मुख्य सडकबाट भोला बाबा मन्दिरतर्फ जाने क्रममा सडकमा हिँडिरहेका बालक साइकलमा ठोक्किँदा दुवै जना लडेका थिए। त्यसपछि…

थप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्रीको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै सुशासनको नाममा कुनै पनि सरकारलाई “काला कर्तुत” गर्ने छुट नभएको बताएका छन्। बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा बोल्दै थापाले भने, “प्रधानमन्त्रीलाई कालो चस्मा लगाउन, कालो वस्त्र लगाउन छुट छ, तर काला कर्तुत गर्न छुट छैन। यो विषय हामीले संसद्मा पनि उठाइरहेका छौँ।” थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो स्वतन्त्र संवैधानिक निकायलाई सरकारले आफ्नो प्रभावमा पार्न खोजेको आरोप लगाउँदै सरकारसँग स्पष्ट जवाफ मागे। “अख्तियार संविधानप्रति उत्तरदायी हुने हो, सरकारको दबाबमा चल्ने होइन,” उनले भने। प्रधानमन्त्रीले अख्तियारका कर्मचारीलाई…

थप

कञ्चनपुर । श्रीमानसँगको विवादपछि महाकाली नदीमा हाम फालेकी एक महिलाको आफ्नै ज्यान जोखिममा राखेर सकुशल उद्धार गर्ने प्रहरी कर्मचारी प्रकाश सिंह महरा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्। प्रदेश प्रहरी कार्यालयले कार्यालय सहयोगी महरालाई साहस, कर्तव्यनिष्ठा र मानवीय सेवाको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरेको हो। गत असार २१ गते दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ निवासी २६ वर्षीया बिमला कोलीले श्रीमान करण कोलीसँगको विवादपछि जौलजीवीस्थित महाकाली नदीमा हाम फालेकी थिइन्। घटनाको सूचना प्राप्त हुनासाथ घटनास्थल पुगेका महराले नदीको तीव्र बहावको कुनै पर्वाह नगरी आफ्नै ज्यान जोखिममा राख्दै नदीमा हाम फालेका थिए। उनको साहसिक प्रयासबाट…

थप

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहअन्तर्गत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहसम्मका १० जना अधिकृत बढुवाका लागि सिफारिस भएका छन्। बढुवा सिफारिस समितिले प्राविधिक समूहका रिक्त पदहरूमा पदपूर्ति गर्न कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता तथा प्रचलित कानुनी व्यवस्थाका आधारमा १० जना अधिकृतलाई बढुवाका लागि सिफारिस गरेको जनाएको छ। बढुवा सिफारिसमा परेका अधिकृतहरूको नामावली यसप्रकार रहेको छः

थप

रौतहट । भारत–नेपाल सीमामा तस्करी नियन्त्रणको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बल फेरि विवादको केन्द्रमा परेको छ। बीओपी सरमुजवामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेश बोहराको नाम जोडिएको भनिएको एक अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको सत्यता पत्ता लगाउन निष्पक्ष छानबिन गर्नुपर्ने माग स्थानीय स्तरबाट उठेको छ। भाइरल अडियोमा तस्करीसँग सम्बन्धित व्यक्तिलाई सीमाको बाटोबारे जानकारी दिइएको जस्तो सुनिएको दाबी गरिएको छ। यद्यपि उक्त अडियोको आधिकारिक पुष्टि वा फरेन्सिक परीक्षण भइसकेको छैन। त्यसैले अडियोको वास्तविकता सार्वजनिक गर्दै दोषी देखिए कानुनी कारबाही गर्नुपर्ने माग स्थानीयवासी, व्यापारी तथा सरोकारवालाहरूले गरेका छन्। स्थानीय व्यापारीहरूका अनुसार सीमाबाट व्यक्तिगत प्रयोजनका साना सामान ल्याउने सर्वसाधारणमाथि कडाइ हुने गरे…

थप

काठमाडौं । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष अपरेशनका क्रममा गोली चलाएर ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश पालका अनुसार शुक्रबार साँझ करिब ५:३० बजे अभियुक्तहरूलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड गोली चलाएको थियो। प्रहरीले पक्राउ परेकामध्ये ५ जना भारतीय नागरिक र १ जना नेपाली रहेको जनाएको छ। उनीहरूको साथबाट २२५ ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको परिचय तथा अपरेशनको विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको छ।

थप

जनकपुरधाम । इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्ल २०८३ साल असार महिनाका लागि मधेश प्रदेशको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)’ घोषित भएका छन्। मधेश प्रदेश प्रहरी कार्यालयले लागू गरेको ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम इन्स्पेक्टर मल्ललाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले एक कार्यक्रमका बीच मल्ललाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। प्रहरी निरीक्षक मल्लले इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहामा रहँदा अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, अनुसन्धान तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा देखाएको उत्कृष्ट कार्यसम्पादनको…

थप

काठमाडौं । पर्सा जिल्लाको सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको ईलाका प्रहरी कार्यालय नागवाका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) सुनिल झामाथि अवैध रकम असुली तथा तस्करीमा संलग्न व्यक्तिसँग मिलेमतो गरेको आरोप लागेको छ। स्थानीय बासिन्दाले प्रहरीबाटै डर–त्रास र आर्थिक दबाब झेल्नुपरेको गुनासो गरेका छन्। स्थानीयका अनुसार पर्साको ईनार्वा गाउँ, वीरगञ्ज भन्सार आसपासका क्षेत्र तथा बाराको छातवा, मुशहार्वा र बलिरामपुर नाकाबाट विभिन्न सामानको तस्करी हुने गरेको छ। ती गतिविधिमा संलग्न व्यक्तिहरूसँग प्रहरीकै केही कर्मचारीको मिलेमतो रहेको आरोप स्थानीयले लगाएका छन्। उनीहरूका भनाइअनुसार प्रहरी नायब निरीक्षक झाले तस्करीमा संलग्न व्यक्तिहरूबाट नियमित रूपमा ‘महिनावारी’ रकम लिने गरेको आरोप छ। स्थानीय व्यापारीहरूका…

थप

काठमाडौं । इलाका प्रहरी कार्यालय बाह्रबिसे, सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) कृष्ण खड्का बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले प्रदान गर्ने २०८३ असार महिनाको “सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)” बाट सम्मानित भएका छन्। प्रहरी निरीक्षक खड्काले अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, अवैध कारोबार नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा उल्लेखनीय कार्यसम्पादन गरेपछि उनलाई उक्त सम्मान प्रदान गरिएको हो। उनको नेतृत्वमा प्रहरीले करिब रु. २ करोड ६९ लाखभन्दा बढी मूल्य बराबरको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरेको थियो। साथै फरार प्रतिवादी पक्राउ, अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए। त्यसैगरी जनचेतनामूलक कार्यक्रम सञ्चालन, विपद् पूर्वतयारी…

थप

काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। सार्वजनिक पदमा बसेर कमाएको वैध आम्दानी र वास्तविक सम्पत्तिबीच ठूलो अन्तर देखिएपछि अदालतले भ्रष्टाचार पुष्टि गर्दै उनलाई कुल २ वर्ष ६ महिनाको कैद सजाय सुनाएको छ। यो फैसला केवल एक व्यक्तिको सजायमा सीमित छैन, सार्वजनिक निकायमा हुने आर्थिक अनियमितता, सम्पत्ति लुकाउने प्रवृत्ति र सुशासनमाथिको गम्भीर प्रश्नको रूपमा पनि हेरिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पौडेलको सम्पत्ति विवरण, आम्दानीका स्रोत, बैंक कारोबार, लगानी, घरजग्गा र अन्य आर्थिक गतिविधिको विस्तृत विश्लेषणपछि…

थप