Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा सवारी नियम उल्लंघन गर्ने २ हजार ६४१ चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ रुपैयाँ राजस्व संकलन भएको छ। कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १४७ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १५४ जना तथा तीव्र गतिमा सवारी चलाउने १२२ जनालाई कारबाही गरिएको छ। त्यस्तै, लेन अनुशासन उल्लंघन गर्ने ११९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ११३ जना, सडकपेटीमा सवारी पार्किङ गर्ने ११९ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १०० जना…
रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम प्रसाद अधिकारीले मधेश प्रदेश प्रहरी गण, ढल्केवरको अनुगमन तथा निरीक्षण गरेका छन्। सोमबार गणको निरीक्षण गर्दै डिआइजी अधिकारीले भौतिक अवस्था, प्रशासनिक व्यवस्थापन तथा सुरक्षा तयारीको अवलोकन गरेका थिए। निरीक्षणपछि कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले प्रहरी सेवामा जनविश्वास कायम गर्न व्यावसायिक, जिम्मेवार र नागरिकमैत्री बन्नुपर्नेमा जोड दिए। उनले प्रहरी संगठनको मूल मन्त्र ‘सत्य, सेवा, सुरक्षणम्’ लाई व्यवहारमा उतार्दै नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिए। साथै सुशासन, अनुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्नुपर्ने बताए। डिआइजी अधिकारीले बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरी कर्मचारीहरूले…
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको बताइएको छ । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ । पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्त प्रदेशस्तरीय कार्यक्रममा पौडेल सुर्खेत पुगेका थिए ।
म प्रहरी सेवामा लागेको करिब १८ वर्ष भयो। यो अवधिमा मैले धेरै कुरा देखेँ, भोगेँ र सिकेँ। बर्दी लगाउँदा गर्व लाग्छ, किनकि देश र जनताको सुरक्षाका लागि खटिन पाउनु मेरो सौभाग्य हो। तर कहिलेकाहीँ यही बर्दीभित्र लुकेका पीडा, संघर्ष र बाध्यताहरू कसैले देख्दैन जस्तो लाग्छ। हामी प्रहरीका लागि समय भन्ने कुरा अरूको जस्तो हुँदैन। बिहान, बेलुका, रात, शनिबार, सार्वजनिक बिदा वा चाडपर्व-हामीलाई यिनले खासै फरक पार्दैनन्। जब नागरिकलाई आवश्यकता पर्छ, हामी उपस्थित हुनैपर्छ। अरूका घरमा दशैंको टीका चलिरहेको हुन्छ, तिहारमा देउसी–भैलो गुञ्जिरहेको हुन्छ, नयाँ वर्षमा परिवार रमाइरहेको हुन्छ, तर म भने सडकमा, चौकीमा, कार्यालयमा वा कुनै सुरक्षा जिम्मेवारीमा खटिरहेको हुन्छु।…
काठमाडौं । पूर्व–पश्चिम राजमार्गमा लागूऔषध सेवन गरेर सवारी चलाउने चालकहरूको संख्या बढ्दै गएको पाइएको छ। रौतहटको चन्द्रनिगाहपुरमा ट्राफिक जनचेतनामूलक सप्ताह अन्तर्गत सोमबार गरिएको विशेष स्वास्थ्य तथा नशा परीक्षणका क्रममा १४ जना चालकको जाँच गर्दा ३ जना चालक लागूऔषध सेवन गरेको अवस्थामा फेला परेका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेभन्दा लागू औषध सेवन (लापसे) गरेर गाडी चलाउने चालकहरू भेटिन थालेका छन्। उनले राजमार्गमा साना तथा यात्रुवाहक सवारीका चालकहरूमा यस्तो प्रवृत्ति बढ्दै गएको बताए। प्रहरीले दिएको जानकारी अनुसार बा.प्र. ०१–०३३ च ५७०९ नम्बरको पिकअपका चालक बाराको…
काठमाडौं । काठमाडौं उपत्यकाबाट सार्वजनिक सवारी साधन प्रयोग गरी उपत्यका बाहिर जाने यात्रुहरूलाई दुःख र हैरानी दिने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका–३२ कोटेश्वर र जडीबुटी क्षेत्रमा काउन्टर सञ्चालन गर्ने कर्मचारी, सवारी चालक तथा सहचालकहरूले अनावश्यक दुःख दिने गरेको जनगुनासोका आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो। उक्त स्थानमा पुगेको प्रहरी टोलीले सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुहरूलाई तानेर जबरजस्ती गर्ने र यात्रुको साथमा रहेको झोला खोस्ने जस्ता कार्य गरी दुःख हैरानी दिइरहेको अवस्थामा उनीहरूलाई फेला पारेको थियो। पक्राउ परेका सबैजनालाई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको ट्राफिक…
धादिङ । इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्की बागमती प्रदेश प्रहरी कार्यालयद्वारा २०८३ साल जेठ महिनाको ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ घोषित भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले सार्वजनिक गरेको निर्णयअनुसार डिएसपी कार्कीले आफ्नो जिम्मेवारीलाई व्यावसायिक दक्षता र उच्च कार्यसम्पादनका साथ निर्वाह गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय भूमिका खेलेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो। प्रदेश प्रहरी कार्यालयका अनुसार डिएसपी कार्कीको नेतृत्वमा इलाका प्रहरी कार्यालय गजुरीले लागूऔषध तथा हातहतियार सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ, अवैध भरुवा बन्दुक बरामद, लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूमाथि कारबाही, अवैध रूपमा ओसारपसार गरिएका चौपाया…
काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेर प्रहरी हिरासतमा रहेका व्यक्तिलाई हिरासतभित्रै प्रवेश गरी मानसिक दबाब, गालीगलौज तथा ज्यान मार्ने धम्की दिएको आरोपमा गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ। अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोक पुगेर उजुरी दर्ता गराएका हुन्। उनीहरूले राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै आफूहरूमाथि गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन्। उजुरीअनुसार, गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा विवादको विषयमा भारतीय दूतावास अगाडि गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि सोह्रखुट्टे लैनचौर प्रहरी वृत्तमा राखिएको करिब आधा घण्टापछि गृहमन्त्री…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको नयाँ पदाधिकारीमा आकांक्षा व्यक्त गरेका छन् । झा महाधिवेशनस्थल चितवनमा पत्रकारसँग कुराकानी गर्दै आफ्नो आकांक्षा महामन्त्रीमा भएको बताएका छन् । उनले सञ्चारकर्मीहरूसँग भने,‘परिणाम जेसुकै आओस्, म महामन्त्रीमा भिड्न तयार छु । आजकै व्यवस्थापन हेर्दा पनि अनुभवी व्यक्ति नेतृत्वमा चाहिन्छ भन्ने देखिएको छ । मैले अहिलेसम्म पार्टीमा लिएको जिम्मेवारीले महामन्त्री पदलाई न्याय गर्छु भन्ने लागेको छ ।’ साथीभाइहरूले पनि आफूलाई सोही पदमा अगाडि बढ्न सुझाव दिएको उनको भनाइ छ । ‘अगाडिको बाटो हिँड्दा चुनौतीको सामना गर्नुपर्छ । म त्यो चुनौतीको लागि तयार छु’, उनले भने ।
टोकियो । जापानको साइतामा प्रान्तस्थित कोनोसु सिटीको एक अपार्टमेन्टमा नेपाली महिला मृत फेला परेकी छन्। घटनासम्बन्धी अनुसन्धानका लागि एक नेपाली पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार २१ तारिख बिहान करिब ६ः३० बजे ३० वर्ष आसपासका एक पुरुष कपडामा रगत लागेको अवस्थामा प्रहरी चौकी पुगेका थिए। त्यसपछि प्रहरी उक्त पुरुष बस्ने अपार्टमेन्टमा पुगेको थियो। प्रहरीले अपार्टमेन्टभित्र करिब ३७ वर्षीया नेपाली महिलालाई टाउकोबाट रगत बगेको अवस्थामा ढलेकी भेटेको जनाएको छ। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको कारण खुल्न बाँकी रहेको र मृतक तथा नियन्त्रणमा रहेका पुरुषबीचको सम्बन्धबारे पनि अनुसन्धान भइरहेको बताइएको छ।…