Author: Scoop Khabar

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का फरार आरोपितको खोजी भइरहेको छ। प्रहरीका अनुसार असार ३१ गते बिहान करिब १०ः५० बजे सडक विस्तारका क्रममा भत्किएको घरको इँटा हटाउने विषयमा भएको विवादका क्रममा स्थानीय करिब ५० वर्षीया लिलावती देवीमाथि मनोज प्रसाद कुर्मी र लक्की प्रसाद पटेलले कुटपिट गरेका थिए। गम्भीर घाइते भएकी लिलावती देवीको नारायणी अस्पतालमा उपचारपछि साउन ३२ गते साँझ ५ः४० बजे डिस्चार्ज गरिएको थियो। तर साउन १४ गते साँझ स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि उनलाई फेरि सोही अस्पतालमा भर्ना गरिएको…

थप

रुपन्देही । रुपन्देहीको सीमावर्ती क्षेत्र बेलहियास्थित एक होटलको कोठाबाट अवैध रूपमा ‘भीओआईपी कल बाइपास’ सञ्चालन गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई उपकरणसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले लामो समयदेखि निगरानी गरेपछि सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्क क्षेत्रमा रहेको न्यु मुक्ति होटल एन्ड रेस्टुरेन्टमा छापा मारेको हो। प्रहरीका अनुसार होटलको दोस्रो तलामा कोठा भाडामा लिएर बसेका गोरखाको चुमनुब्री गाउँपालिका–४ का ६२ वर्षीय छिरिङ गुरुङलाई २०८३ साउन १३ गते बिहान करिब १० बजे नियन्त्रणमा लिइएको हो। उनको कोठामा खानतलासी गर्दा ‘भ्वाइस ओभर इन्टरनेट प्रोटोकल’ अर्थात् भीओआईपीमार्फत अन्तर्राष्ट्रिय कल अवैध रूपमा बाइपास…

थप

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुर्‍याउने तथा सर्वसाधारणमा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। आईजीपी कार्कीले सामाजिक एकता र सद्भावमा असर पुग्ने गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानुन उल्लंघन गर्ने कुनै पनि गतिविधि कसैको हितमा नहुने बताएका छन्। उनका अनुसार यस्ता कार्यले समाजमा तनाव, अविश्वास र विभाजन मात्रै बढाउने खतरा हुन्छ। संवेदनशील परिस्थितिमा अफवाह, घृणा र उत्तेजनाभन्दा विवेक, संयम र सामाजिक सद्भावलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले एकअर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु सबै नागरिकको साझा दायित्व भएको…

थप

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएको घटनामा पीडित पक्ष र सरकारबिच गएराति ६ बुँदे सम्झौता भएको छ। साउन १० गते राति भएको घटनापछि उत्पन्न तनाव अन्त्य गर्दै गृहमन्त्री सुधन गुरुङ र मृतकका अभिभावकबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा गृहमन्त्री गुरुङका साथै मृतक ओमप्रकाश मेहताका अभिभावक कृष्णदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार दुवै मृतकका परिवारलाई साउन १५ गते दिउँसो २:०० बजे अन्तिम संस्कार गर्न सहमति बनेको छ। सम्झौतामा समेटिएका मुख्य विषयहरू: सहिद घोषणा र राहत: मृतकद्वयलाई नेपाल सरकारका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने…

थप

दाङ । दाङको तुलसीपुरमा विद्यालय बस रोकेर कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीमाथि खुकुरी प्रहार गरिएको छ। तुलसीपुर–६ स्थित ग्रेट अरनिको इङ्लिस सेकेन्डरी स्कुलका अनुसार बिहीबार अपराह्न कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी नयन वलीमाथि मोटरसाइकलमा आएका अज्ञात समूहले आक्रमण गरेको हो। विद्यालयका अनुसार बिहानी सत्रको कक्षा सकिएपछि विद्यार्थीलाई घर पुर्‍याउन जाँदै गरेको रा१ख ४६१ नम्बरको विद्यालय बसलाई विद्यालयको पश्चिमतर्फको सडकमा रोकेर आक्रमणकारीहरू बसभित्रै प्रवेश गरेका थिए। त्यसक्रममा उनीहरूले नयन वलीमाथि खुकुरी प्रहार गरी फरार भएका थिए। आक्रमणबाट घाइते भएका वलीको उपचार भइरहेको विद्यालयले जनाएको छ। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको…

थप

सिराहा । सिराहाको गोलबजारमा बिहीबार भएको हिंसात्मक प्रदर्शनका क्रममा नेपाल प्रहरीका एक सहायक हवल्दारलाई गोली लागेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी सहायक हवल्दार नारद परियारको दाहिने खुट्टामा गोली लागेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासु पाठकले जानकारी दिए। एसपी पाठकका अनुसार प्रदर्शन नियन्त्रणका क्रममा परियार घाइते भएका थिए। सुरुमा ढुङ्गा प्रहारबाट चोट लागेको अनुमान गरिएकाले सामान्य उपचार गरिएको थियो। तर दुखाइ कम नभएपछि अस्पतालमा लगेर एक्स–रे गर्दा उनको दाहिने खुट्टाभित्रैसम्म चोट भेटिएको हो। ‘सुरुमा ढुङ्गाले लागेको होला भन्ने लागेको थियो। पछि दुखाइ कम नभएपछि प्रादेशिक अस्पतालमा चेकजाँच गर्दा गोली लागेको जस्तो पाइएपछि अहिले विराटनगर रिफर…

थप

जनकपुरधाम । मधेश प्रदेश प्रहरीले सिराहाको गोलबजारमा दुई समुदायबीच भएको झडप तथा प्रहरीबाट गोली चलेको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। प्रहरी स्रोतका अनुसार प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा गठन गरिएको समितिमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक (असई) गोविन्द झा सदस्य रहेका छन्। समितिलाई घटनाको वास्तविक अवस्था, गोली चल्नुको कारण, सुरक्षा व्यवस्थापन तथा समग्र घटनाक्रमको अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। गोलबजारमा भएको साम्प्रदायिक तनावका क्रममा प्रहरीबाट गोली चलेपछि एक जनाको मृत्यु भएको र अन्य केही व्यक्ति घाइते भएको घटनापछि सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको हो। प्रहरीका अनुसार समितिले…

थप

काठमाडौं । नेपाल प्रहरीमा तीन दशकभन्दा बढी समय सेवा गरी अनिवार्य अवकाशमा जान लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहाल र प्राविधिक प्रहरी उपरीक्षक (एसपी) अंशुकुमार सिंहलाई छुट्टाछुट्टै कार्यक्रममा सम्मानपूर्वक बिदाइ गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले एसएसपी दाहाललाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै बिदाइ गरेका हुन्। सो अवसरमा डीआईजी खनालले दाहालले प्रहरी संगठनमा रहँदा पुर्‍याएको समर्पित, अनुकरणीय र उल्लेखनीय योगदानको प्रशंसा गर्दै उनको सेवाभाव, कर्तव्यनिष्ठा र नेतृत्व संगठनका लागि सदैव स्मरणीय रहने बताए। उनले अवकाशपछिको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवन सुखद, सफल र सम्मानित रहोस् भन्ने…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधिसभा सदस्य आशिका तामाङले प्रतिनिधिसभाको बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ‘मुस्लिम शरणार्थी’ सम्बन्धी अभिव्यक्ति दिएको दाबी गर्दै आलोचना गरिन्। तर सार्वजनिक अभिलेख, संसदीय समितिको ब्रिफिङ तथा प्रकाशित विवरणहरूको अध्ययन गर्दा उक्त दाबी तथ्यसँग मेल खाएको देखिँदैन। आईजीपी कार्कीले संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिमा सीमा सुरक्षासम्बन्धी नियमित ब्रिफिङका क्रममा नेपाल–भारत खुला सीमाबाट हुने अवैध प्रवेश, सीमापार अपराध, मानव तस्करी तथा उदीयमान राष्ट्रिय सुरक्षा चुनौतीबारे जानकारी गराएका थिए। उनको प्रस्तुति धार्मिक वा साम्प्रदायिक विषयमा नभई सीमा सुरक्षा र राष्ट्रिय सुरक्षाका चुनौतीमा केन्द्रित थियो। ब्रिफिङमा उनले भनेका थिए: ‘रोहिङ्ग्या शरणार्थीको विषय पनि…

थप

जनकपुरधाम । जनकपुरधामको सोनारपट्टी क्षेत्रमा आन्दोलनका क्रममा सीसीटिभी क्यामेरा तोडफोड गरी पसलमा लुटपाट गर्ने प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुमित मण्डलसहित तीन जना रहेका छन्। प्रहरीका अनुसार उनीहरूले आन्दोलनको आडमा पसलभित्र प्रवेश गरी लुटपाट गर्ने प्रयास गरेका थिए। घटनापछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

थप