जनकपुरधाम । जनकपुरधामको सोनारपट्टी क्षेत्रमा आन्दोलनका क्रममा सीसीटिभी क्यामेरा तोडफोड गरी पसलमा लुटपाट गर्ने प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुमित मण्डलसहित तीन जना रहेका छन्। प्रहरीका अनुसार उनीहरूले आन्दोलनको आडमा पसलभित्र प्रवेश गरी लुटपाट गर्ने प्रयास गरेका थिए।
घटनापछि प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
