Author: Scoop Khabar

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद बनेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले प्रधानमन्त्री प्रचण्डमाथि सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने आरोप लगाएका हुन् । मंगलबार एक पुस्तक कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए । सोही विषयलाई लिएर महासचिव पोखरेलले प्रचण्डको भनाइ हदैसम्मको नकचरोपन भएको बताएका छन् । उनले लेखेका छन्, ‘प्रचण्डजीको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै सन्देह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन्…

थप

एजेन्सी – आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा ८ वर्षपछि एक एसोसिएट टोलीको सहभागीता हुने पक्का भएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटबाट चार मध्य तीन टेस्ट टोली बाहिरिएपछि एक एसोसिएट टोलीको स्थान पक्का भएको हो । नेदरल्यान्ड्स र स्कटल्यान्ड मध्य एक टोली विश्वकप खेल्नेछन् । बिहीबार स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । यदि उक्त खेलमा स्कटल्यान्ड विजयी भएमा ८ अंकका साथ सोझै विश्वकप खेल्नेछ । तर स्कटल्यान्ड पराजित भएको खण्डमा दुबै टोलीको समान ६ अंक हुनेछ । यो अवस्थामा नेदरल्यान्ड्स र स्कटल्यान्डको नेटरनरेट हेरिनेछ । नेदरल्यान्ड्सको नेटरनरेट माइनस ०.०४२ र स्कटल्यान्डको प्लस ०.२९६ छ । नेदरल्यान्ड्स विश्वकप…

थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाईप्रति आपत्ति जनाएका छन् । माओवादी अध्यक्ष प्रचण्डले सरदार प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली पुगेको भन्नु लज्जाको विषय भएको थापाले बताएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीको उक्त भनाइप्रति आपत्ति जनाएका हुन् । काठमाडौंमा सोमबारआयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरदार प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली पुगेको बताएका थिए । त्यसको विरोध गर्दै थापाले भनेका छन्, ‘प्रितम सिंहबारे प्रचण्डः मलाई प्रधानमन्त्री बनाउन धेरैचोटि दिल्ली जानुभयो । प्रम प्रचण्डको यस भनाईले सिंङ्गो राजनीतिक क्षेत्र लज्जित भएको छ । तर, दुःखको कुरा के हो भने,…

थप

काठमाडौं । नगर प्रहरी भर्ना आह्वान भएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना प्रकाशित गर्दै ६५ जना नगर प्रहरी जवानका लागि कर्मचारीको माग गरेको हो । महानगरका अनुसार रक्षा मन्त्रालयको असार १० गतेको पत्रमार्फत प्राप्त सैन्य पदको अन्तिम नजितामा उत्तीर्ण भएका तर मुख्य उम्मेदवारको सूचीमा नपरेका योग्यता क्रमअनुसारको नामावली लगतमा रहेका मध्येबाट तोकिएको अवधिमा प्राप्त निवेदनमा सोही सूचीको योग्यता क्रमअनुसार करार सेवामा भर्ना गरिनेछ । इच्छुकले १५ दिनभित्रमा महानगरपालिकाको प्रशासन विभागमा निवेदन सक्ने पनि महानगरले जनाएको छ ।

थप

काठमाडौं । भारतमा मंगलबार सम्पन्न १४ र्आं साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोलीले फेयर प्ले अवार्ड प्राप्त गरेको छ । च्याम्पियनसिपको समापनका क्रममा नेपाललाई फेयर प्ले अवार्ड दिने घोषणा गरिएको थियो । भारत र कुवेतबीचको फाइनल सन्चालन गरेका नेपाली फिफा रेफ्री प्रज्वल क्षेत्रीले अवार्ड ग्रहण गरेका थिए । साफ च्याम्पियनसिपमा अघिल्लो संस्करणको उपविजेता रहेको नेपाली टोली यसपटक भने समूह चरणबाटै बाहिरिएको थियो । कुवेतसँगको पहिलो खेल ३–१, भारतसँगको दोस्रो खेल २–० ले गुमाएको नेपालले अन्तिम खेलमा भने पाकिस्तानलाई १–० ले पराजित गरेको थियो । भारतीय टोलीका कप्तान सुनिल क्षेत्री च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी घोषित भए । ५ गोल गरेका सुनिल च्याम्पियनसिपको सर्वाधिक…

थप

काठमाडौ । मारूती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठीसहित ८ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । कमसल सिमेन्ट बेचेको कसुरमा पक्राउ  पुर्जी जारी भएको हो ।   ठगीसम्बन्धी कसुरमा राठीसहित उनका छोरालगायतलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो । पक्राउ पुर्जी जारी हुनेमा मारूती सिमेन्टका प्रमुख सञ्चालक नन्दकिशोर, प्रबन्ध निर्देशक उनका छोरा अनुप, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साह, अजयकुमार साह छन् । बिजनेस डाइरेक्टर ज्योति शर्मा भने यसअधि नै पक्राउ परेका छन् । उनीहरूविरूद्ध असार ११ गते नै पुर्जी जारी भएको हो ।

थप

घोराही । छात्रामाथि यौन दुर्ब्यबहार गरेको आरोप लागेका घोराही,१५ स्थित पद्मोदय पब्लिक नमुना उच्च मावि भरतपुरका प्रशासन प्रमुख मिनेश श्रेष्ठ धरौटीमा रिहा भएका छन् । दाङ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलाशले श्रेष्ठलाई मंगलबार डेढ लाख धरौटी खोल्दै छोड्न आदेश दिएको अदालतका सुचना अधिकारी रामकुमार शर्माले जानकारी दिए । डिआई हुँदै प्रशासन प्रमुख बनेका श्रेष्ठविरुद्ध असार ६ गते यौन दुर्ब्यबहार गरेको भन्दै १० कक्षामा अध्ययनरत बालिकाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरी परेकै दिन प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर बाल यौन दुर्ब्यबहार कसुरमा मुद्धा चलाएको थियो ।

थप

काठमाडौं । गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ । सामाजिक सन्जालमार्फत उनको निधन भएको खबर बाहिरिएको हो । रबिनकै फेसबुकबाट उनको निधन भएको खबर सार्वजनिक भएको हो । फेसबुकमा भनिएको छ, ‘अत्यन्तै दुखद खबर । रबिनको आज निधन भएको छ । हामी तपाईलाई जानकारी राख्नेछौं ।’ उनको निधनको कारण भने खुलाइएको छैन । तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरुमा समेत अभिनय गरेका छन् । चिसो चिसो हावामा, जति माया लाए पनि, भुलमा भुलियोलगायत उनका हिट् गीतहरु हुन् । साथै उनले छड्के, मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रेलगायत दर्जनौ फिल्महरुमा पनि अभिनय गरेका छन् । उनी रक ब्याण्ड…

थप

दाङ । घोराही उपमहानगरपालिका १४, बैंकरोड निवासी विशाल अग्रवाल केही समयअघि नारायणपुरकी एक जना युवतीसँगको प्रेममा थिए । उनले सामाजिक सञ्जाल फेसबुकबाट ती युवतीसँग च्याट गर्ने समेत गर्दै आए । च्याटमा कुराकानी हुँदै गएपछि उनीहरु आपसमा भेटघाट पनि हुन थाल्यो । उनीहरुबिच सामान्य बोलचालसँगै बसेर चिया खान पनि थाले । जब अग्रवालले ती युवती डिभोर्सी हुन भन्ने थाहा पाए । त्यसपछि उनी युवतीसँग च्याटमा कुराकानी पनि कम गर्न थाले । एकाएक युवतीले गएको जेठ १५ गते बिहे गर्न भनेर प्रस्ताव पठाइन् । तर, युवाले कुनै जवाफ पनि दिएनन् । त्यसपछि घोराहीको बैंक रोडमा रहेको युवकको कपडा पसलमा ती युवती सरासर…

थप

काठमाडौं । गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर मंगलबार बिहान एक महिला एक पुरुषको मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित स्थानीय जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ बर्षकी मीना बराम र ६५ बर्षका रामकृष्ण बरामको मत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठकाअनुसार धन्सार भत्किएर पुरिँदा उनको घटनास्थलमै मृत्यु भएको र रामकृष्णको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए । घटनामा परि अन्य २ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मृतकका श्रीमान ४५ बर्षका जगतबहादुर बराम र २१ बर्षका छोरा सुजन बराम रहेको उनले जानकारी…

थप