काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले राजीनामा स्वीकृत गरेको हो ।
उमेर विवादमा मुछिएपछि उपरथी पाण्डेले राजीनामा दिएका थिए । व्यक्तिगत कारण देखाएर बुझाएको राजीनामालाई कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत भएको बताइएको छ ।
त्यस्तै मन्त्रिपरिषद बैठकले उर्जा सचिव दिनेश घिमिरेको राजीनामा पनि स्वीकृत गरेको छ ।
Facebook Comments Box
