काठमाडौं । विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवरलाई सिफारिस गरिएको छ ।
मंगलबार बसेको न्यायपरिषद्को बैठकले उच्च अदालत दिपायलयका न्यायाधीश कुँवरलाई विशेष अदालतको अध्यक्षमा सिफारिस गरेको हो ।
त्यस्तै सदस्यमा उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठ र उच्च अदालत विराटनगरका न्यायाधीश रितेन्द्र थापालाई सिफारिस गरिएको छ ।
Facebook Comments Box
