काठमाडौं । भोलिबाट दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंमा हुने भनिएको आन्दोलनलाई वीर गोर्खाली अभियानले पनि पुर्ण साथ सहयोग र समर्थन हुने प्रतिबद्धता ब्यक्त गरेको छ ।
वीर गोर्खाली अभियानले एक प्रेस बक्तब्य जारी गर्दै विर गोर्खालीमा आबद्ध अभियन्ता तथा शुभचिन्तकहरुलाई मंसिर ७ गते बिहान ११ बजे काठमाडौंको बल्खुबाट सुरु हुने कार्यक्रममा सहभागी हुन आव्हान गरेको हो ।
अघिल्लो वर्ष २०४७ सालको संबिधान पुनर्स्थापनाको माग गर्दै वीर गोर्खाली अभियानले काठमाडौं, चितवन, बुटवल, पोखरा, हेटौंडा लगाएत देशभरका विभिन्न शहरहरुमा बिशाल मोटरसाइकल र्याली सहित आन्दोलन गरेको स्मरण गर्दै अभियानका प्रमुख अभियन्ता सौरभ भण्डारीले पत्रकारहरु सङ्गको कुराकानीमा भने “हाम्रो हरेक आन्दोलनको सहभागीता शान्तिपूर्ण र सशक्त हुन्छ। यद्यपि शान्तिपुर्ण आन्दोलनलाई दबाउन, रोक्न वा भडकाउन खोजे आन्दोलनले फरक मोड लिन्छ। प्रतिबादको लागि पुर्ण रुपमा तयार छौं ।”
राजावादी समुहहरु मध्य सबैभन्दा ठूलो संजाल निर्माण गर्दै केही वर्ष अगाडि केपि ओली नेतृत्वको सरकारलाई चुनौती दिदै देशब्यापी आन्दोलनको अगुवाइ गरेको वीर गोर्खाली अभियानको समर्थनले दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनलाई ठुलो राहत पुग्ने बिश्लेषण गरिएको छ ।
