Author: Scoop Khabar

काठमाडौं । गृह मन्त्रालयले मिटरव्याज पीडितको गुनासो सुनुवाइका लागि टोल फ्री हटलाइन सेवा सुुरु गरेको छ । साथै मन्त्रालयमा सम्पर्क व्यक्ति तथा सबै जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क स्थापना गरिएको छ । अब मिटर ब्याजसम्बन्धी गुनासो भए जिल्ला प्रशासनको डेस्कमा तथा सोझै गृह मन्त्रालयको टोल फ्री नम्बर १११२ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरुका गुनासा तत्काल सुनुवाई गर्न जिल्ला प्रशासन कार्यालयहरुमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सो सम्बन्धी विषय हेर्ने सहजीकरण डेस्क समेत स्थापना गर्न जिल्ला प्रशासनहरुमा पठाइसकिएको छ । उक्त डेस्कमा खटिने कर्मचारीहरुको सम्पर्क नम्बर सहितको विवरण (नामथर पद,…

थप

काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का सदस्य संस्थाहरूले अब गरिमा विकास बैंकबाट सहुलियत ब्याजदरमा अधिकतम ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा पाउने भएका छन् । सोसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र टानका अध्यक्ष नीलहरि बाँस्तोलाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, गरिमा विकास बैंकले टानका सदस्य संस्थाहरूलाई उपलब्ध गराउँदै आएका विभिन्न प्रकारका कर्जामा सहुलियतसहित सेवा उपलब्ध गराउनेछ । बैंकले उक्त सम्झौताअनुसार टानका सदस्यहरूलाई अधिकतम ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ । साथै, ५ लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा…

थप

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–२ भंगालबाट चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंकै चाबहिल बस्ने १८ वर्षीय सक्षम गुरुङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । वास्तविक नम्बर परिवर्तन गरेर बागमती प्रदेश-०२-२७ प ४३ ०३ नम्बर राखी चलाइरहेको अवस्थामा गुरुङलाई आइतबार ट्राफिक प्रहरीले फेला पारेको थियो । पक्राउ परेका गुरुङले उक्त मोटरसाइकल अन्य व्यक्तिबाट लिएको बयान दिएका छन्। थप अनुसन्धान तथा कारबाहीका लागि गुरुङलाई प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ । बागमती प्रदेश-०२-०२३ प ०४७२ नम्बरको बुलेट मोटरसाइकल काठमाडौंको टोखा इन्द्रेणीपुलबाट हराएको भनी मोटरसाइकल धनी धादिङका प्रकाश श्रेष्ठले ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि गत…

थप

काठमाडौं । बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बागलुङको निसीखोलामा गाउँपालिका–६ जाउलेपानीमा सोमबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने २८ जना घाइते भएका छन् । बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो । दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा र अन्य २७ जनाको बागलुङस्थित धवलागिरि अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेहरुको नाम दाङका १८ वर्षीय…

थप

काठमाडौं । विभिन्न समयमा घाइते भएका प्रहरीलाई चार चक्के स्कुटर हस्तान्तरण गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाले घाइते भएका दुईजना प्रहरीलाई चार चक्के स्कुटर हस्तान्तरण गरेको हो । महाशाखाले झापा शिवसताक्षीका पूर्व प्रहरी हवल्दार टेकबहादुर सामसुहाङ र मोरङका प्रहरी सहायक हवल्दार शिवनारायण महतोलाई स्कुटर प्रदान गरेको हो इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सोमबार आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआईजी चन्द्रकुवेर खापुङले घाइते प्रहरीहरूलाई भन्सार छुटमा ल्याएको स्कुटरको चाबी र ब्लु बुक हस्तान्तरण गरेका हुन् । उक्त स्कुटरको मूल्य एक लाख ६० हजार रहेको बताइएको छ ।

थप

काठमाडौं । सर्लाहीमा प्रहरीले गोली चलाएर दुई जना डाँकालाई पक्राउ गरेको छ । लुटपाटमा आएकाहरुलाई नियन्त्रणमा लिएको तर भाग्न खोजेपछि प्रहरीले घुँडा र तिघ्रामा गोली हानेको हो । गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन् । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सर्लाहीको बरहथवामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गर्दा प्रहरीको हतियार खोसेर भाग्न खोजेपछि प्रहरीले गोली चलाएको बताइएको छ । आरोपीहरूलाई पक्राउ गर्न प्रहरीले ५ राउन्ड गोली चलाएको थियो । सो मध्ये दुई राउन्ड गोली जितेन्द्रलाई लागेको हो । उनीहरुले बोकेको अमेरिकन पेस्तोल र ६ राउन्ड गोली…

थप

काठमाडौं । २०८१ वैशाख पहिलो हप्ता दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले अवकाश पाउँदैछन् । ३० वर्षे सेवाअवधि र उमेरहदका कारण एआईजीद्धय सन्दीप भण्डारी र मिरा चौधरी अवकाशमा जान लागेका हुन् । एआईजीको ५६ वर्षे उमेर हदका कारण भण्डारी वैशाख ५ गते अनिवार्य अवकाशमा जानेछन् भने चौधरी दुई दिनपछि अर्थात वैशाख ७ गते अनिवार्य अवकाशमा जाने प्रहरीको किताबखानामा उल्लेख छ । उसो त नेपाल प्रहरीमा ३० वर्षे सेवाहदको विषय गृहमन्त्री रवि लामिछाने स्वयम्ले उठाएको हुँदा यदी बीचमा ३० वर्षे हटेको अवस्थामा उनीहरुको जागिर थप लम्बिनेछ । नभए उनीहरुको वैशाख पहिलो हप्तामा घर जानेछन् । एआईजीद्धय भण्डारी र चौधरी अवकाशमा जाने निश्चित…

थप

काठमाडौं । तस्करीको सुन प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई नर्भिक अस्पताल पठाउने तयारी गरिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष समेत रहेका महरालाई सोमबार विहान लुम्बिनीबाट प्रहरीले पक्राउ गरेको थियो । लगत्तै उनलाई काठमाडौं ल्याइएको हो ।

थप

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले निजीकरणसम्बन्धी तत्कालीन कानुन बमोजिम बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले उक्त सम्पत्तिसँग आफ्नो सरोकार नभएको बताए । उनले प्रजातन्त्र पुनस्र्थापनापछि तत्कालीन सरकारले खुला बजार अर्थतन्त्र, निजीकरण र आर्थिक उदारीकरणमा जाने आर्थिक नीति अवलम्वन गरेपछि राज्यको स्वामित्वमा रहेका सस्थानहरूको निजीकरण प्रक्रिया शुरू भएको बताए । उनले नितान्त आर्थिक बिषय राजनीतिक बिषय बन्नु आफैंमा दुःखलाग्दो विषय भएको उल्लेख गर्दै सरकार आफैँले चलाइरहेका उद्योगहरूको सञ्चालनमा व्यहोर्नुपरेको आर्थिक भारलाई क्रमशः घटाउँदै लैजाने उद्देश्यले प्रथम चरणमा बाँसबारी छालाजुत्ता कारखाना, भृकुटी कागज कारखाना र…

थप

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लाछिमाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ भन्दै प्रश्न गरेकोे छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले सुन तस्करी प्रकरणमा प्रहरीले ठूला मान्छे जोगाउने गरी अनुसन्धान भएको तथ्य आयोगको प्रतिवेदनबाट खुलेको प्रसङ उल्लेख गर्दै गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले कसरी छानबिन गर्न सक्छ भन्दै प्रश्न गरेका हुन् । सहकारी ठगी प्रकरणदेखि सुन काण्ड, भुटानी शरणार्थी काण्डसहित सबै काण्डका दोषीलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ । आफू सत्तापक्षमा रहँदा पनि दोषीलाई कारबाही गर्नुपर्ने बोलेर प्रतिपक्षीलाई सहयोग गरेको भन्दै उनले गृहमन्त्री लामिछाने दोषी र निर्दोष अनुसन्धानले गर्ने…

थप