काठमाडौं । बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बागलुङको निसीखोलामा गाउँपालिका–६ जाउलेपानीमा सोमबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने २८ जना घाइते भएका छन् ।
बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो ।
दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा र अन्य २७ जनाको बागलुङस्थित धवलागिरि अस्पतालमा उपचार भइरहेको छ ।
मृत्यु हुनेहरुको नाम
- दाङका १८ वर्षीय लक्की पुनमगर
- पश्चिमरुकुमका २७ वर्षीया बिनिता केसी
- रुकुमपश्चिमका सवारी धनी बबिदेल नेपाली
- रुकुमपश्चिमका ३५ वर्षीया टीका केसी
- रुकुमपश्चिमकी कल्पना केसी
- रोल्पाका गाडी चालक सुवास गौतम
- गोर्खाकी गीता थापा
- ललितपुरका सुजन महर्जन
- रुकुमपूर्वका २५ वर्षीय विक्रम परियार
Facebook Comments Box
![बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो, सबैको सनाखत [नामावलीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2024/03/baglung-ccident.jpg)