काठमाडौं । विभिन्न समयमा घाइते भएका प्रहरीलाई चार चक्के स्कुटर हस्तान्तरण गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाले घाइते भएका दुईजना प्रहरीलाई चार चक्के स्कुटर हस्तान्तरण गरेको हो ।
महाशाखाले झापा शिवसताक्षीका पूर्व प्रहरी हवल्दार टेकबहादुर सामसुहाङ र मोरङका प्रहरी सहायक हवल्दार शिवनारायण महतोलाई स्कुटर प्रदान गरेको हो
इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सोमबार आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआईजी चन्द्रकुवेर खापुङले घाइते प्रहरीहरूलाई भन्सार छुटमा ल्याएको स्कुटरको चाबी र ब्लु बुक हस्तान्तरण गरेका हुन् ।
उक्त स्कुटरको मूल्य एक लाख ६० हजार रहेको बताइएको छ ।
Facebook Comments Box
