काठमाडौं । गृह मन्त्रालयले मिटरव्याज पीडितको गुनासो सुनुवाइका लागि टोल फ्री हटलाइन सेवा सुुरु गरेको छ । साथै मन्त्रालयमा सम्पर्क व्यक्ति तथा सबै जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क स्थापना गरिएको छ ।
अब मिटर ब्याजसम्बन्धी गुनासो भए जिल्ला प्रशासनको डेस्कमा तथा सोझै गृह मन्त्रालयको टोल फ्री नम्बर १११२ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरुका गुनासा तत्काल सुनुवाई गर्न जिल्ला प्रशासन कार्यालयहरुमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सो सम्बन्धी विषय हेर्ने सहजीकरण डेस्क समेत स्थापना गर्न जिल्ला प्रशासनहरुमा पठाइसकिएको छ ।
उक्त डेस्कमा खटिने कर्मचारीहरुको सम्पर्क नम्बर सहितको विवरण (नामथर पद, इमेल, सम्पर्क नं., मोबाइल नं. तथा अन्य सम्पर्कका माध्यमहरु) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्ने छन् ।
साथै देशैभरका मिटरब्याज सम्बन्धी पीडितहरुका गुनासो तत्काल सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जि.एम.लाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको छ ।
मिटरब्याज सम्बन्धी गुनासो भर्ए सम्पर्क व्यक्तिलाई निम्न विवरणमा सम्पर्कक गर्न सकिने जनाएको छ ।
मोवाइल नम्बरः ९८५१३६०६०३ ( भाइवर, ह्वाटस्एप)
इमेल:meterbyaj@gmail.com
फोन: ०१४२११२५७
टोल फ्री नम्बर: १११२
