Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
रौतहट । मधेश प्रदेशमा सीमा सुरक्षा तथा अवैध कारोबार नियन्त्रणमा सशस्त्र प्रहरीले कडाइ बढाएको छ। पछिल्लो एक वर्षमा मधेशका आठवटै जिल्लाबाट ७५ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद हुनुले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी र कारबाही तीव्र बनेको देखाएको छ। आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशका आठ जिल्लाबाट सशस्त्र प्रहरीले ७५ करोड २८ लाख ४५ हजार ४७६ रुपैयाँ २० पैसा बराबरको अवैध सामान बरामद गरेको हो। छिन्नमस्ता बाहिनीअन्तर्गत परिचालित सशस्त्र प्रहरीका गस्ती, निगरानी तथा विशेष टोलीले २०८२ साउनदेखि २०८३ असार मसान्तसम्म सञ्चालन गरेको नियमित तथा विशेष अभियानका क्रममा उक्त मूल्य बराबरका सामान बरामद गरेको जनाएको छ। सशस्त्र प्रहरीका अनुसार भारतबाट…
उमेश अवस्थी आदर्श बगैँचामा बन्दुकका नालहरू तेर्स्याएरकलिला कोपिलाका छातीमावर्षाएर फलामी गोलीहरूरक्तपातको आधुनिक सागरमापौडिरहेथे समाजका विवेकहरू टुट्नेहरूको भरोसा टुटिसकेको थियो देशबाटआशाहरू शहीद भइसकेका थिएगोलीको तीखो प्रहारबाट डराएर रोइरहेका थिए रूखहरूबन्दुकको आवाज सुनेरक्षितिजतिर भाग्दै थियो सूर्य हताहत भएका बच्चाका आत्माहरू आएरघिरिरहेथे मलाईदिउँसै निस्पट्ट अँधेरो छाएको थियो मन्दिर वरिपरि हेर्दा जीवित र वास्तवमा मरिसकेको समाजमाकुनै मोल हुँदो रहेनछ करूणाको निमेषभसमा सडकमा गिदी फिजारिएकाबच्चाका आत्माको आवेगखोजिरहेथ्यो लाखौको अकाल मृत्यु सल्किसकेको आगोको ज्वाला निभाउनअञ्जुलीभरि पानी लिएर आइपुगे दानबहादुर टार्गेटलाई तोकेर तेर्स्याएकोबन्दुकको ट्रेगर छड्काउनुभन्दा पहिलाछड्काइदिए उनले विवेकको ट्रेगर हातको बन्दुकलाई फालेरभूइँको मानवीयता टिप्न खोज्दाखोज्दैदुश्मनको आगोले जलाइदियो उनैको घर घरसँगै शरीरमा सल्किएको आगो बोकेरभौतारिरहे चारैतिरअग्लो पर्खालजस्तो भिडलेनिभाउने…
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ भन्दै प्रहरीले एकैपटक फरक–फरक प्रकृतिका चुनौती सामना गर्नुपर्ने अवस्था रहेको बताएका हुन्। अपराध नियन्त्रण, प्रविधिको बढ्दो प्रयोग, सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना तथा नागरिकका बढ्दो अपेक्षाबीच प्रहरीको भूमिका थप चुनौतीपूर्ण बन्दै गएको छ। परम्परागत अपराध नियन्त्रणसँगै नयाँ प्रकृतिका अपराध र प्रविधिको दुरुपयोग नियन्त्रण गर्नु प्रहरीका लागि थप चुनौती बनेको छ। यस्तो अवस्थामा प्रहरी संगठनका हरेक सदस्यले आफ्नो जिम्मेवारीप्रति थप इमानदार, अनुशासित, व्यावसायिक र जवाफदेही बन्नुपर्ने देखिन्छ। आईजीपी कार्कीको अभिव्यक्तिले प्रहरीसामु…
‘यो धर्तीमा सबैभन्दा काम नलाग्ने हामी प्रहरी नै रहेछौँ कि भन्ने लाग्यो’ : आईजीपी कार्की
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सार्वजनिक लेखा समितिको बैठकमा आफूहरूमाथि प्रस्तुत गरिएको शैलीप्रति असन्तुष्टि जनाउँदै आफूहरूलाई नै यो धर्तीको सबैभन्दा काम नलाग्ने मानिसजस्तो महसुस भएको टिप्पणी गरेका छन्। संसद्को सार्वजनिक लेखा समितिमा निर्वाचनका क्रममा प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्दै परेको उजुरीमाथि छलफल भएको थियो। सोही क्रममा जवाफ दिने क्रममा आईजीपी कार्कीले यस्तो टिप्पणी गरेका हुन्। उजुरी परेपछि सम्बन्धित निकायले जवाफ दिन समितिमा उपस्थित हुनु स्वाभाविक भएको उनले बताए। तर, जवाफ दिन आएका प्रहरी अधिकारीहरूको ‘हुर्मत लिने’ किसिमको परिस्थिति सिर्जना भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। ‘यो धर्तीमा सबैभन्दा काम नलाग्ने मानिस हामी नै रहेछौँ कि…
काठमाडौं । निर्वाचनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि खरिद गरिएको पोशाकलगायतका सामग्रीमा अनियमितता भएको भन्दै परेको बेनामी उजुरीमाथि छलफल गर्न बसेको सार्वजनिक लेखा समितिको बैठकमा आज सुरुदेखि अन्तिमसम्मै आरोप–प्रत्यारोप र चर्काचर्कीको अवस्था देखियो। उक्त विषयमा छलफल गर्न गृहसचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई समितिले बोलाएको थियो। गृहमन्त्री भने बैठकमा उपस्थित भएनन्। सुरुवातमा उजुरी वाचनबैठकको सुरुवात सभापति भरतबहादुर खड्काले गरे। सुरुमा समितिमा परेको बेनामी उजुरी वाचन गरियो। त्यसपछि गृहसचिव तथा दुवै सुरक्षा संगठनका प्रमुखले उजुरीमा उठाइएका विषयबारे आफ्नो धारणा राखे। उनीहरूले खरिद प्रक्रियामा नियतवश कुनै अनियमितता नभएको स्पष्ट पारे।…
‘६० करोड हिनामिनाको उजुरीपछि प्रहरी खरिदको फाइल तान्यो लेखा समितिले, १५ दिनभित्र सम्पूर्ण विवरण माग’
काठमाडौं । निर्वाचन प्रहरीको पोशाक खरिदमा ६० करोड रुपैयाँ हिनामिना भएको आरोपसहित उजुरी परेपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको खरिदसम्बन्धी सम्पूर्ण फाइल तानेको छ। समितिले बुधबार बसेको बैठकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीका लागि खरिद गरिएका पोशाक तथा अन्य सामग्रीको विवरण १५ दिनभित्र पेश गर्न निर्देशन दिएको हो। समितिले विगतमा खरिद गरिएका सामग्रीको विवरणदेखि हालको खरिद प्रक्रियासँग सम्बन्धित आन्तरिक, प्राविधिक तथा आर्थिक मूल्यांकन, सम्झौता लगायतका आवश्यक कागजात उपलब्ध गराउन भनेको छ। ‘विगतमा खरिद गरेका सामान प्रकृतिका सामग्रीको विवरण र हालको विवरणसहितका आवश्यक कागजात १५ दिनभित्र पेश गर्नू,’ समितिले भनेको छ। खरिद प्रक्रियामा अनियमितता भएको आरोप उठिरहेका बेला…
आईजीको घरबाट ३ करोडभन्दा बढी चोरी भएको सांसद सुनारको दाबी, कार्कीले दिएनन् प्रतिक्रिया
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद चोरी भएको दाबी गरेका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले आईजीपीकै घरबाट करोडौं रकम चोरी भएको हो भने त्यसको स्रोतसमेत सार्वजनिक गर्नुपर्ने माग गरे। ‘आईजीपीको घरमा चोरी भएको हो कि होइन ? यदि चोरी भएको हो भने त्यो रकमको स्रोत के हो, उहाँले सार्वजनिक गर्नुपर्छ,’ सुनारले भने। उनले उक्त घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएर यातना दिएको आरोपसमेत लगाए। यद्यपि, सुनारले गरेको यो दाबीबारे बैठकमा कुनै स्वतन्त्र प्रमाण प्रस्तुत भएको देखिएन। सुनारले प्रहरी खरिद…
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे निष्पक्ष छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी)लाई जिम्मेवारीबाट अलग गर्न माग गरेका छन्। संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले आरोप लागेका व्यक्तिलाई पदमै राखेर उनीहरूमाथि छानबिन गर्नु उचित नहुने बताए। ‘तत्काल छानबिन समिति बनाउनुपर्छ, आरोपित मानिसहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्छ र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्छ,’ उनले भने। प्रहरीका लागि खरिद हुने जुत्ता, मोजा, कपडा तथा अन्य सामग्रीमा अनियमितता हुँदा त्यसको प्रत्यक्ष असर प्रहरी तथा म्यादी प्रहरीमाथि पर्ने सुनारले बताए। निर्वाचनका क्रममा ठूलो संख्यामा म्यादी प्रहरी भर्ती हुने उल्लेख गर्दै उनले उनीहरूको पारिश्रमिक…
रौतहट । रौतहटमा लाल बकैया नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुईजनाको शव बुधबार बिहान फेला परेको छ । एक बालिका भने अझै बेपत्ता छिन् । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्षमिनिया टोलमा मंगलबार दिउँसो नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका थिए । घटनास्थलबाट करिब डेढ किलोमिटर तल जिङडिया पुलनजिक बुधबार बिहान करिब साढे ६ बजे दुई बालबालिकाको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईका अनुसार फेला परेको शव स्थानीय शेख कमरे आलमका करिब १० वर्षीय छोरा मो. रमतुल्लाह र शेख ओसि अख्तरकी…
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर आत्महत्यासम्बन्धी घटनाको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ। प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरणअनुसार २४ घण्टाको अवधिमा देशभर आत्महत्याका ६७ वटा घटना भएका छन्। प्रहरीका अनुसार ती घटनामध्ये १८ जनाको मृत्यु भएको छ भने ५० जनाले आत्महत्याको प्रयास गरेका छन्। आत्महत्याको प्रयास गरेका व्यक्तिहरूलाई प्रहरीले उद्धार तथा आवश्यक प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाएको जनाएको छ। मृत्यु भएका १८ जनामध्ये १७ जनाले झुन्डिएर र एक जनाले विषादी सेवन गरेर आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको विवरणमा उल्लेख छ। झुन्डिएर आत्महत्या गर्ने १७ जनामध्ये ११ जना महिला र ६ जना पुरुष रहेका छन्। महिलातर्फ कैलालीमा दुई जना तथा…
