Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहअन्तर्गत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहसम्मका १० जना अधिकृत बढुवाका लागि सिफारिस भएका छन्। बढुवा सिफारिस समितिले प्राविधिक समूहका रिक्त पदहरूमा पदपूर्ति गर्न कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता तथा प्रचलित कानुनी व्यवस्थाका आधारमा १० जना अधिकृतलाई बढुवाका लागि सिफारिस गरेको जनाएको छ। बढुवा सिफारिसमा परेका अधिकृतहरूको नामावली यसप्रकार रहेको छः
रौतहट । भारत–नेपाल सीमामा तस्करी नियन्त्रणको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बल फेरि विवादको केन्द्रमा परेको छ। बीओपी सरमुजवामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेश बोहराको नाम जोडिएको भनिएको एक अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको सत्यता पत्ता लगाउन निष्पक्ष छानबिन गर्नुपर्ने माग स्थानीय स्तरबाट उठेको छ। भाइरल अडियोमा तस्करीसँग सम्बन्धित व्यक्तिलाई सीमाको बाटोबारे जानकारी दिइएको जस्तो सुनिएको दाबी गरिएको छ। यद्यपि उक्त अडियोको आधिकारिक पुष्टि वा फरेन्सिक परीक्षण भइसकेको छैन। त्यसैले अडियोको वास्तविकता सार्वजनिक गर्दै दोषी देखिए कानुनी कारबाही गर्नुपर्ने माग स्थानीयवासी, व्यापारी तथा सरोकारवालाहरूले गरेका छन्। स्थानीय व्यापारीहरूका अनुसार सीमाबाट व्यक्तिगत प्रयोजनका साना सामान ल्याउने सर्वसाधारणमाथि कडाइ हुने गरे…
काठमाडौं । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष अपरेशनका क्रममा गोली चलाएर ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश पालका अनुसार शुक्रबार साँझ करिब ५:३० बजे अभियुक्तहरूलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड गोली चलाएको थियो। प्रहरीले पक्राउ परेकामध्ये ५ जना भारतीय नागरिक र १ जना नेपाली रहेको जनाएको छ। उनीहरूको साथबाट २२५ ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको परिचय तथा अपरेशनको विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको छ।
जनकपुरधाम । इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्ल २०८३ साल असार महिनाका लागि मधेश प्रदेशको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)’ घोषित भएका छन्। मधेश प्रदेश प्रहरी कार्यालयले लागू गरेको ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम इन्स्पेक्टर मल्ललाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले एक कार्यक्रमका बीच मल्ललाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। प्रहरी निरीक्षक मल्लले इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहामा रहँदा अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, अनुसन्धान तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा देखाएको उत्कृष्ट कार्यसम्पादनको…
काठमाडौं । इलाका प्रहरी कार्यालय बाह्रबिसे, सिन्धुपाल्चोकका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) कृष्ण खड्का बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले प्रदान गर्ने २०८३ असार महिनाको “सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)” बाट सम्मानित भएका छन्। प्रहरी निरीक्षक खड्काले अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, अवैध कारोबार नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा उल्लेखनीय कार्यसम्पादन गरेपछि उनलाई उक्त सम्मान प्रदान गरिएको हो। उनको नेतृत्वमा प्रहरीले करिब रु. २ करोड ६९ लाखभन्दा बढी मूल्य बराबरको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरेको थियो। साथै फरार प्रतिवादी पक्राउ, अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए। त्यसैगरी जनचेतनामूलक कार्यक्रम सञ्चालन, विपद् पूर्वतयारी…
२ करोडको आम्दानी, १४ करोडको सम्पत्ति: सुनिल पौडेल दोषी, अकुत सम्पत्तिको जालोमा विशेष अदालतको कडा फैसला
काठमाडौं । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन्। सार्वजनिक पदमा बसेर कमाएको वैध आम्दानी र वास्तविक सम्पत्तिबीच ठूलो अन्तर देखिएपछि अदालतले भ्रष्टाचार पुष्टि गर्दै उनलाई कुल २ वर्ष ६ महिनाको कैद सजाय सुनाएको छ। यो फैसला केवल एक व्यक्तिको सजायमा सीमित छैन, सार्वजनिक निकायमा हुने आर्थिक अनियमितता, सम्पत्ति लुकाउने प्रवृत्ति र सुशासनमाथिको गम्भीर प्रश्नको रूपमा पनि हेरिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पौडेलको सम्पत्ति विवरण, आम्दानीका स्रोत, बैंक कारोबार, लगानी, घरजग्गा र अन्य आर्थिक गतिविधिको विस्तृत विश्लेषणपछि…
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा २५ वर्षीया निशा सुनुवारको हत्या भएको घटनामा प्रहरीले दैलेखका रमेश बुढालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार १ लाख रुपैयाँ चोरी भएपछि उत्पन्न रिसका कारण हत्या भएको खुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रमेश असार ३१ गते पोखराबाट दैलेख जाने क्रममा नयाँ बसपार्क पुगेका थिए। सोही क्रममा सडकमा भेटिएकी निशाले गेस्टहाउसमा जान प्रस्ताव गरेपछि दुवै जना एउटा गेस्टहाउसको कोठामा गएका थिए। प्रहरीका अनुसार कोठामा पुगेपछि निशाले रमेशलाई नुहाउन आग्रह गरिन्। रमेश बाथरुममा गएको मौका छोपेर उनले बाहिरबाट चुकुल लगाई रमेशको झोलामा रहेको १ लाख रुपैयाँ लिएर फरार भइन्। रकम चोरी भएपछि…
मधेशमा ट्राफिक प्रहरीको कडाइ : एक वर्षमा झण्डै १३ करोड राजस्व, दुर्घटना बढ्दा मृत्युदर घट्यो
रौतहट । मधेश प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले व्यापक कारबाही गर्दै आर्थिक वर्ष २०८२/८३ मा झण्डै १३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। नियम कार्यान्वयनमा कडाइ, निरन्तर निगरानी तथा जनचेतनामूलक कार्यक्रमको प्रभावका कारण सवारी दुर्घटनाको संख्या बढे पनि दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आर्थिक वर्षभर ट्राफिक नियम उल्लंघन गर्ने १ लाख १० हजार ७५५ सवारीसाधनमाथि कारबाही गर्दा ११ करोड १५ लाख ६५ हजार २१० रुपैयाँ राजस्व संकलन भएको हो। त्यस्तै, यातायात व्यवस्था कार्यालयमार्फत ओभरलोडमा सञ्चालन भएका ८४८ सवारीसाधनलाई कारबाही…
झापा । नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै हुने पशु तस्करी फेरि एकपटक उजागर भएको छ। झापाको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबध सीमा क्षेत्रमा भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका ६ वटा गाई तथा बहर बाछालाई सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) पृथ्वीनगरबाट सशस्त्र प्रहरी निरीक्षक मिलन श्रेष्ठको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले सोमबार नियमित सीमा निगरानीका क्रममा ती पशुहरू नियन्त्रणमा लिएको हो। प्रारम्भिक विवरणअनुसार करिब ५० हजार रुपैयाँ मूल्य बराबरका ती गाई तथा बहर कुनै वैधानिक प्रक्रिया पूरा नगरी भारततर्फ लैजान खोजिएको अवस्थामा फेला परेका थिए। नियन्त्रणमा लिइएका सबै पशुहरू हाल बिओपी पृथ्वीनगरको संरक्षणमा…
जनकपुरधाम । धनुषा प्रहरीले खैरो हिरोइनजस्तो देखिने पदार्थ र सर्टगनमा प्रयोग हुने तीन राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले लुकाइछिपाइ राखिएको अवस्थामा करिब ०.११० ग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ तथा सर्टगनमा प्रयोग हुने तीन राउण्ड गोली बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै पक्राउ परेका व्यक्तिको नाम र ठेगाना हाल सार्वजनिक गरेको छैन।बरामद गरिएको पदार्थ लागूऔषध हो वा होइन भन्ने विषयमा विधिवत् परीक्षण गरिने प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा लागूऔषध तथा हतियारसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको…