Author: Scoop Khabar

काठमाडौं । काठमाडौं महानगरपालिका-१०, शंखमुलमा एक पुरुषको हत्या भएको छ । आइतबार राति शंखमुलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ । बान्तवाको शरीर घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

थप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १६ औं सभा बैठकमा कुलपति ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले नेपालीको चेतना, गौरव र इतिहाससँग यो विश्वविद्यालय जोडिएकोले बुद्धले सिकाएका सकारात्मक र मैत्रीचेत अहिले पनि सामयिक भएको बताए । ‘बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन वस्त्र लगाएर मात्रै हुँदैन । यस्का लागि ज्ञान र मन चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले बौद्ध दर्शनको शिक्षा सुरु गरेका छौँ । हामीले जीवनलाई…

थप

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित प्रचलित “ Tranquility Spa” मा बैंकका ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले Tranquility Spa का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ३०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। साथै,Tranquility Wellness Card (TWC) धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४०% छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६०% सम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउनेछन्। ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। संस्थागत सुशासनलाई…

थप

काठमाडौं । रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँमा गएराति पहिरोमा परेर बेपत्ता भएकामध्ये एक शिशुसहित २ जनाको शव फेला परेको छ । ३० वर्षीया चण्डिका श्रेष्ठ र १८ महिने बालक आमुस श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्सपेक्टर) कौशल न्यौपानेले जानकारी दिए । ‘पहिरोले तीनवटा घर पूर्णरुपमा बगाएको छ । त्यो घरका सबै बेपत्ता छन्,’ न्यौपानेले भने, ‘पहिरोले बगाएको ३ वटा घरमा कति मान्छे थिए खुलेको छैन । हाम्रो टोली भर्खरै घटनास्थलमा पुगेर उद्धारमा खटिएको छ ।’ दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँमा गएराति साढे ३ बजे पहिरोले चार घर बगाएको उनले बताए…

थप

काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आइतबार बिहान बस दुर्घटना हुँदा दर्जनौ जना यात्रु घाइते भएका छन् । बस सडक किनारमा ठोक्किएको चितवन प्रहरीले जनाएको छ । सुप प्र ०२–००१ ख १३३२ नम्बरको महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस बिहान सवा सात बजे आफैं अनियन्त्रित भएर सडक आडको डिभाइडरमा ठोक्किएको हो । घाइतेलाई उपचारका लागि भरतपुर ल्याइएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए । बस सडकमा पल्टिएका कारण बाटो एकतर्फी भएको छ ।

थप

काठमाडौं । नेपाल प्रहरीका एकजना प्रहरी सहायक हवल्दारको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत हवल्दार टंक बहादुर बोहराको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङ अपराध नियन्त्रण तथा अनुसन्धान समुह दरबन्दी भई अछाममा कार्यरत प्रहरी सहायक बोहराको शनिबार दिउँसो निधन भएको हो । अछाम प्रहरीकाअनुसार उनलाई शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नागरिक सहायता कक्षमा ड्युटीमा खटाइएको थियो । तर उनी डिउटीकै क्रममा साढे दुई बजेको समयमा अचानक बेहोस भएका थिए । तत्काल उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा उपचारका लागि लगिएको थियो । तर उपचारकै क्रममा सवा ३ बजे निधन भएको अछाम प्रहरीले जनाएको…

थप

चितवन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रवार भएको बस दुर्घटनाका मृतकको शव भारतीय सेनाको जहाजले चितवनबाट लगेको छ । जहाजले मृतक २७ जनाकै शव भारत लगेको प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपाल आएकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले जानकारी दिएकी हुन् । पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा शुक्रवार २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । मृतकको शव पोस्टमार्टम चितवनको भरतपुर अस्पतालमा गरिएको थियो । २७ जनाकै पोस्टमार्टम सकिएपछि भारतीय सेनाको जहाजबाट शव लगिएको हो । राज्यमन्त्री रक्षा खड्से…

थप

काठमाडौं । कैलालीमा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–७ महुलियामा सर्पले डसेर एकै घरमा दिदीबैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । ४ वर्षीया काजल र ७ वर्षीया निता घर्तीमगरलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो । सर्पले डसेपछि स्थानीय अस्पतालबाट थप उपचारको लागि धनगढी पुर्याइएको थियो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनीहरु दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक (इन्सपेक्टर) लोकेन्द्रसिंह कार्कीले जानकारी दिए । सोही समयमा बालिकाकी हजुर आमा मेनुका घर्तीमगरलाई पनि सर्पले डसेको छ । उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।…

थप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज मर्यादित समाज भएकाले यहाँ अश्लिलता र सामाजिक घृणा फैलाउन सम्भव नहुने बताएका छन् । नेकपा (एमाले) झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा तीजका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल फरक कला, संस्कृति र सभ्यताको देश भएकाले यहाँ अश्लिलता फैलाउन सम्भव नहुने बताएका हुन् । ‘हामीले एकापसमा घृणा फैलाउने होइन, परस्पर माया फैलाउनुुपर्छ । देश, समाज, परिवार र आफैलाई माया गर्नुपर्छ । मायाले निद्रा र थकाइ बिर्साउँछ । दिदीबहिनी र दाजुुभाइमा तीजले ममता बढाउँछ । यस्ता महत्वपूर्ण चाडले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गर्छ,’ उनले भने । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, भौतिक पूर्वाधार…

थप

काठमाडौं । अमेरिकामा बेपत्ता भएको भनिएकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेको हत्या पति नरेशको मास्टर बेडरुममै भएको निस्कर्षमा अमेरिकी प्रहरी पुगेको छ । अनुशन्धानका क्रममा नरेशको बेडरुममा रगतको आहाल नै फेला परेपछि प्रहरी यो निस्कर्षमा पुगेको हो । ममतालाई श्रीमानले नै हत्या गरेको भन्दै प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत अदालतमा केही प्रमाणहरु बुझाउँदा यो कुरा पनि उल्लेख गरेको छ । प्रहरीले ब्लुस्टार प्रविधिको प्रयोग गर्दा घरको बेडरुम र अन्य विभिन्न स्थानमा रगतका टाटा भेटिएका छन् । अनुसन्धानका क्रममा एक स्थानमा रगतको आहाल नै फेला परेको प्रहरीको दावी छ । प्रमाण नष्ट गर्ने क्रममा त्यहाँ पछि सफा गरेको पाइएको छ ।…

थप