काठमाडौं । प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकारीले जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका छन् । गृहमन्त्री रमेश लेखकले गत शुक्रबार अधिकारीसहित २५ जना एसएसपीको सरुवा गर्ने निर्णय गरेका थिए ।
कार्यभार सम्हालेसँगै एसएसपी अधिकारीले गुण्डागर्दीविरुद्ध शुन्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् । अधिकारीलाई प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहोरालगायत सिनियर प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए ।
एसएसपी अधिकारी प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयबात काठमाडौंमा सरुवा भएका हुन् । उनी प्रहरी संगठनमा व्यवसायीक र इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन ।
Facebook Comments Box
