काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सम्हालेका छन् ।
सोमबार दिउँसो कार्यालयमा पुगेर एसपी मिश्रले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी मिश्रलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालसहितका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।
जिल्लाको कमाण्ड सम्हाल्दै एसपी मिश्रले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई निर्देशन दिएका छन् ।
प्रहरी मुख्यालयले गत शुक्रवार मिश्रसहित १७ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो ।
यसअघि पर्साको कमाण्ड एसपी कुमोद ढुगेलले सम्हालेका थिए । उनको सरुवा प्रहरी प्रधान कार्यालय उजुरी छानबिन शाखामा भएको छ ।
Facebook Comments Box
