काठमाडौं । गृह मन्त्रालयले ३० वर्षे सेवाहद हटाउने प्रावधानसहितको प्रहरी बिधेयक संसदमा लगेको छ ।
मंगलबार लगिएको बिधेयकमा अवकाशको उमेरहद भने बढाइएको छ । प्रहरी महानिरीक्षकको ६० वर्ष, प्रहरी अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकको ५९ वर्ष अवकाशको उमेरहद राखिएको छ।
त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकको ५८ वर्ष, प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षककि ५७ वर्ष, प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षकको ५४ वर्ष र प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवानको ५१ वर्ष छ ।
प्रहरी परिचरको भने ५५ वर्ष राखिएको छ ।
त्यसैगरी तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने समेत समेटिएको छ । प्रहरीका तल्लो तहका कर्मचारीले १६ वर्षमा पेन्सन दिने सुविधा माग गर्दै आएका छन्।
उनीहरुकै मागअनुसार असइ, सइ र वरिष्ठ सइले १८ वर्ष तथा वरिष्ठ हवल्दार र त्यो भन्दा तल्लो तहका प्रहरीले १६ वर्ष सेवा अवधि पुगेपछि मासिक निवत्तिभरण आजीवन पाउने उल्लेख छ ।
तर, सेवामा नियुक्ति भएको मितिले २० वर्ष सेवा अवधि पुगेपछि मात्र निवृत्तिभरण दिइने बिधेयकको दफा ५७ मा उल्लेख छ ।
