काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री विमलेन्द्र निधिले संघमा पाँच हजार प्रहरी भएमात्र पुग्ने बताएका छन् । सोमबार संसदीय दलको बैठकमा बोल्ने क्रममा नेता निधिले यस्तो बताएका हुन् ।
उनले संघमा पाँच हजार प्रहरी राखेर बाँकीलाई प्रदेशमा समायोजन गर्नुपर्ने बताए । प्रहरीको संख्या हाल सशस्त्रमा ३६ हजार र जनपदमा ७९ हजार छ ।
निधिले प्रदेशलाई बलियो बनाउन प्रहरीको ठूलो शक्ति प्रदेशमा पठाउनुपर्ने धारणा राखे । आइतबारदेखि जारी कांग्रेसको संसदीय दलको बैठक माघ १८ गते सकिने भएको छ ।
Facebook Comments Box
