काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख डिआइजी दानबहादुर कार्कीले जनतासँग नजिकिँदै शान्ति सुरक्षा मजबुत बनाउन जनमुखी कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।
डिआइजी कार्कीले प्रहरी कार्यालयहरूले नागरिक सुनुवाइ कार्यक्रम नियमित सञ्चालन गर्नुपर्ने, गाउँ–गाउँमा गस्ती गरी जनताका समस्याबारे जानकारी लिनुपर्ने र प्रहरी-जनता सम्बन्ध सुमधुर बनाउन विशेष योजना अघि सारिएको जानकारी दिए।
डिआइजीले प्रदेशभित्रका सबै प्रहरी कार्यालयलाई मासिक रूपमा कामको समीक्षा र छलफल गर्न निर्देशन दिएका छन्। उनले प्रहरीको कार्यदक्षता विकास र जनतालाई प्रदान गरिने सेवा चुस्त बनाउन नयाँ रणनीतिसहित अगाडि बढेको दाबी गरे।
उनले शान्ति सुरक्षामा प्रभावकारिता बढाउन प्रहरी र जनताको आपसी सहकार्य आवश्यक रहेको उल्लेख गर्दै गस्ती र पेट्रोलिङ थप व्यवस्थित गर्न योजनाबद्ध पहल गरिने बताए।
