काठमाडौं । वडा प्रहरी कार्यालय बैदाम कास्कीले घर-घरमा नेपाल प्रहरी कार्यक्रम संचालन गरेको छ । सोमबार कास्की पोखरा महानगरपालिका वडा नं. ६ बाराहिघाट स्थित एक कार्यक्रमका विच “घर घरमा नेपाल प्रहरी अभियान” २०८१ कार्यक्रम शुभारम्भ गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाको प्रमुख आतिथ्यतामा कार्यक्रम शुभारम्भ भएको हो ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधी, होटल व्यवसायी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा पदाधिकारी, पत्रकार लगायत अंन्दाजी २५० जनाको उपस्थिती रहेको थियो ।
वडा प्रहरी कार्यालय बैदामका प्र.ना.उ. सन्तोष निरौलाले कार्यक्रमबारे प्रकाश पार्दै स्थानिय स्तरमा प्रत्येक घर घरमा नेपाल प्रहरी पुगी समस्या, शान्ति सुरक्षाको अवस्था तथा प्रहरी प्रतिको धारणा तथा गुनासो बुझ्नको लागि व.प्र.का. बैदामबाट तयार गरिएको क्यूआर कोड, प्रहरीको सम्पर्क नम्बरसहितको स्टिकर टाँस गर्ने कार्यक्रम रहेको जानकारी गराए ।
त्यस्तै श्याम बाबु ओलियाले समाजमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी मात्रैले सम्भव नरहेको र समुदायको समेत सहयोग, सुझाब तथा सूचना भएमा मात्र अपराध अनुसन्धान र कारवाही गर्न सहज हुने धारणा राख्दै उक्त अभियानमा शान्ति सुरक्षा तथा प्रहरी संग सम्बन्धित गुनासो, समस्या तथा सूचना दिनुहुन अनुरोध गरे ।
