काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले नेपाल सुन्दर मात्र नभई सुरक्षित पनि छ भनेर चिनाउन सकेमात्र पर्यटन क्षेत्रमा आकर्षण बढ्ने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै आईजीपी कुँवरले सो कुरा बताएका हुन्।पर्यटन क्षेत्रको विस्तारसँगै सुरक्षालाई पनि सरोकारको विषय बनाउनुपर्ने उनको भनाइ छ।
आईजीपी कुँवरले पर्यटन विस्तारका लागि सुरक्षा चासोतर्फ पनि ध्यान दिनुपर्ने बताएका हुन् ।
पर्यटकको सुरक्षा नेपाल प्रहरीको एकल प्रयासले मात्रै सम्भव नहुने महानिरीक्षक कुँवरको भनाइ थियो । उनले सरोकारवाला निकायहरूले पनि यसमा भूमिका निर्वाह गर्नुपर्ने बताए ।
आईजीपी कुँवरले पर्यटकीय दृष्टिकोणबाट नेपाल आकर्षणको केन्द्र रहेको उल्लेख गर्नुभयो । पर्यटकीय प्रहरीको क्षमता वृद्धि गर्न जरुरी रहेको पनि उनको भनाइ थियो ।
