Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाल प्रहरीमा लागू हुँदै आएको ३० वर्षे सेवाअवधि हटाउने पहल अन्ततः असफल भएको छ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले अवकाश नजिकिँदै गर्दा सेवाअवधि थप गरी नियमावली संशोधन गर्न पहल गरे पनि सरकार अन्ततः पछि हटेको हो । गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्मासम्म नियमावली संशोधन गर्ने तयारी भएको थियो । तर सत्तापक्षभित्रै यसको विषयमा व्यापक असहमति देखियो । सरकारले लोकसेवा आयोगसँग अनिवार्य सहमति लिनुपर्ने भए पनि प्रक्रियामा ढिलाइ भएको थियो । त्यसमाथि सर्वोच्च अदालतबाट पनि सो संशोधन बदर हुने सम्भावना उच्च देखिएपछि सत्तापक्ष हच्किएको स्रोत बताउँछ । सत्तापक्षका शीर्ष तहमा ‘व्यक्तिगत लाभ पुग्ने गरी कानुन परिवर्तन गर्दा राजनीतिक…
काठमाडौं । ११ नं. गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सन्तोष बस्नेत हेडक्वार्टर तानिएका छन् । उनलाई बुधबार सशस्त्रको हेडक्वार्टर हल्चोकमा झिकाइएको सशस्त्र प्रहरी मुख्याललये जनाएको छ । तस्करीमार्फत भित्रिएको ५९४ बोरा चिनी गायब बनाएको आरोपमा एसपी बस्नेतसँगै सुरक्षा बेस सन्तपुरका डीएसपी राजेन्द्रबहादुर बस्नेतलाई पनि हेडक्वार्टर तानिएको छ । यसअघि डीएसपी बस्नेतलाई मधेश प्रदेशस्थित सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीमा तानेर छानबिन गरिएको थियो भने एसपी बस्नेतलाई सचेत गराइएको थियो । तर छानबिनका क्रममा उनीहरूको गल्ती भेटिएपछि हेडक्वार्टर नै झिकाएर थप छानबिनको प्रक्रिया अघि बढाइएको हो । यसअघि यो प्रकरणमा तस्करीको चिनी लुकाएर भण्डारण गरेको सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म…
काठमाडौं । मधेस प्रदेश सरकारका पूर्वप्रदेश प्रमुख राजेश झा (राजेश अहिराज) लाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले झालाई थुनामा पठाउने आदेश सदर गरेको हो । यसअघि साउन १४ गते बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौैले उनलाई थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरूद्व उनी उच्च अदालत गएका थिए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बचाउने जिम्मेवारी लिइएको बताएका छन् । माओवादी कोशी प्रदेश सचिवालय बैठकमा रास्वपाप्रति प्रचण्डले सहनुभूति देखाइरहेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए । जवाफमा उनले रास्वपा बचाउनु आवश्यक रहेको बताए । केपी ओली र देउवा मिलेर गठवन्धन गरेपछि धेरै रिस उठेको र रास्वपालाई बचाउने जिम्मेवारी लिइएको प्रचण्डले उल्लेख गरे । ‘ओली-देउवा नेतृत्वको गठबन्धन बनेको बेला प्रतिपक्षलाई कमजोर बनाउने खेल भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गर्नु जरुरी भयो’, उनले भने । रास्वपाले राम्रो राजनीतिक हस्तक्षेप गरेको भए पनि उनीहरूको काम गर्ने शैली र मिडियाबाजी धेरै भएको प्रचण्डको टिप्पणी छ ।…
गोविन्द पन्थी नेपाल प्रहरीमा कार्यरत हामी ३२८ जना अधिकृत देशलाई अफ्ठ्यारो पर्दा (१० वर्षे शस्त्र द्वन्द्व) आफ्ना परिवारलाई बेवास्ता गर्दै ज्यानको बाजी लगाएर राज्यको संरक्षणको लागि डटेर साथ दियौं। तर हामीमध्ये ४८–५० वर्षको उमेर समूहमा रहेका, हालको मौजुदा प्रहरी नियमावली बमोजिम पनि आफ्नो पदावधि (दर्जागत हिसाबले समेत) ४–६ वर्ष बाँकी रहेको अवस्थामा, सर्वोच्च अदालतको पूर्व निर्देशनात्मक आदेश सरकारले कार्यान्वयनमा नल्याई अदालतको अवहेलना गरेको भन्ने तर्कसंगत हिसाबले सर्वोच्च अदालतमा रिट हालेका थियौं। सो रिटमा सर्वोच्च अदालतका माननीय न्यायाधीश हरि फुयालको एकल इजलासले अन्तरिम आदेश मात्र होइन, कानुन नबनाएकोमा ‘तिमीलाई अदालतको मानहानीमा किन कारबाही नगर्ने’ भनी सरकारको नाममा कारणसहित उपस्थित हुनुपर्ने आदेशसमेत…
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका-६ स्थित बार्दलीइन होटलमा गोप्य सूचनाको आधारमा प्रहरीले छ जना महिलासहित २२ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । ११ भदौ राति ११ः२५ बजे जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट डिएसपी बिक्रम लामाको कमाण्डमा खटिएको टोलीले शिवपुरी गाउँपालिका-६ गुर्जेस्थित बार्दलीइन होटलमा जुवा खेलिरहेको समूहलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूमा ६ जना महिला र १६ जना पुरुष रहेका छन् । उनीहरूको साथबाट ३१ थान कौडा र १० लाख ७१ हजार ६०० रुपैयाँ बरामद गरिएको नुवाकोट प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । एसपी रेग्मीकाअनुसार, पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट ७ दिन म्याद…
दुई सन्तानका पिता लक्ष्मणको घातक प्रेमः कोठामा ‘बर्थडे सेलिव्रेट’ गरेपछि घाँटी थिचेर रुबीको हत्या
काठमाडौं । रौतहटको गौर–सिर्सिया खण्डको मुडबलवा गेट नजिक सुटकेसमा मृत फेला परेकी २६ वर्षीया रुबीकुमारी साहको हत्या गर्ने लक्ष्मण पासवान विवाहित र दुई सन्तानका पिता रहेको खुलेको छ । उनी श्रीमती, दुई छोरा र आमाबाबुसहितको परिवारको भविष्यलाई छोडेर लक्ष्मण प्रेमिका रुबीको पछि लागेको पाइएको छ । हालसम्मको अनुसन्धान र जानकारी अनुसार जयनाथ पासवानका एक्ला छोरा लक्ष्मण र परिवारकी माईली छोरी रुबी दुवैजना माधवनारायण नगरपालिका–६ स्थित माधोपुरका हुन् । उनीहरुको घर करिव १ सय मिटरको दुरीभित्र छ । लक्ष्मण विपन्न परिवारका र रुवी मध्यम वर्गीय परिवारकी हुन् । रुबीका बाबु २०७० सालदेखि नै रोजगारीका निम्ति भारतको गुजरातमा छन् । रुबीको हत्या…
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण बाराको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसीको संरक्षणमा व्यापकरुपमा तस्करी सुचारु भएको छ। सशस्त्र प्रहरी १२ नम्बर गणको प्रमुख केसीले सहायक हवल्दार राजेश यादवको कमान्डमा घुमुवा परिचालन गरेका छन् । बारा सशस्त्रका एसपी केसीले सदा पोशाकमा घुमुवा सहायक हवल्दार यादव, कृष्ण गुप्ता र हवल्दार अमृत द्विवेदीलाई परिचालन गरि आर्थिक लाभ लिएको रहस्य खुलेको छ । विगत लामो समयदेखि पर्सा र बारामा कार्यरत रहि घुमुवा बस्दै आएका द्विवेदी र यादवले बारामा आर्थिक आतंक मच्चाएका छन् । दुवैजना लामो समयदेखि पर्सा र बारा जिल्लामा बस्दै आएकोले प्रत्येक नाकाबाट कुन कुन व्यापारीले भन्सार…
नेपाल प्रहरीको संगठन प्रमुख (आईजीपी) चयनको समय नजिकिँदै जाँदा यसपटक बेचन झा प्रकरणले ठूला दल र सरकारलाई ‘सावधान’ बनाएको छ । हालका प्रहरी महानिरीक्षक दिपक थापा भदौ १९ मा ३० वर्षे सेवाअवधि पूरा गर्दै अनिवार्य अवकाशको म्यादमा पुग्दैछन्। तर, उनको पदावधि थप्ने वा नयाँ अनुहारलाई नेतृत्व दिने भन्ने विषयमा सरकारभित्र गहिरो बहस सुरु भएको छ। भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहित उच्च तहसम्मै प्रभाव परेको छ। सोही मुद्दामा व्यापारी बेचन झा पक्राउ परेपछि प्रहरी संगठन र राजनीतिक वृत्त दुबै हल्लिएको थियो। प्रहरी संगठनभित्र कार्यरत एआइजी दानबहादुर कार्की जिल्ला प्रहरी परिसर काठमाडौं र डा. मनोज केसी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा उक्त…
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको ३० वर्षे सेवाअवधि आगामी १८ भदौमा पूरा हुँदैछ । तर, सरकारले मन्त्रिपरिषद्बाट उनको कार्यकाल थप्ने तयारी गरेको चर्चा फैलिँदै गर्दा कानुनी आधार र राजनीतिक स्वार्थबारे बहस चर्किएको छ । विद्यमान प्रहरी नियमावलीअनुसार ३० वर्ष पूरा गरेका प्रहरी अधिकृत अनिवार्य अवकाशमा जानुपर्ने व्यवस्था छ । तर, नियमावलीमा मन्त्रिपरिषद्बाट आईजीपीको पदावधी थप गर्न सकिने प्रावधानसमेत रहेको भन्दै सरकारले सोही आधार प्रयोग गर्न सक्ने संकेत देखिएको छ । यद्यपि, गतवर्ष २१ प्रहरी अधिकृतले सर्वोच्च अदालतमा ३० वर्षे सेवाअवधि खारेज गर्न माग गर्दै रिट दायर गर्दा सरकारले नै अन्तरिम आदेशविरुद्ध ‘भ्याकेट’मा गई ३० वर्षे प्रावधान कायम गराएको…