काठमाडौं । मधेस प्रदेश सरकारका पूर्वप्रदेश प्रमुख राजेश झा (राजेश अहिराज) लाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ ।
उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले झालाई थुनामा पठाउने आदेश सदर गरेको हो ।
यसअघि साउन १४ गते बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौैले उनलाई थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरूद्व उनी उच्च अदालत गएका थिए ।
Facebook Comments Box
