काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण बाराको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसीको संरक्षणमा व्यापकरुपमा तस्करी सुचारु भएको छ।
सशस्त्र प्रहरी १२ नम्बर गणको प्रमुख केसीले सहायक हवल्दार राजेश यादवको कमान्डमा घुमुवा परिचालन गरेका छन् ।
बारा सशस्त्रका एसपी केसीले सदा पोशाकमा घुमुवा सहायक हवल्दार यादव, कृष्ण गुप्ता र हवल्दार अमृत द्विवेदीलाई परिचालन गरि आर्थिक लाभ लिएको रहस्य खुलेको छ ।
विगत लामो समयदेखि पर्सा र बारामा कार्यरत रहि घुमुवा बस्दै आएका द्विवेदी र यादवले बारामा आर्थिक आतंक मच्चाएका छन् ।
दुवैजना लामो समयदेखि पर्सा र बारा जिल्लामा बस्दै आएकोले प्रत्येक नाकाबाट कुन कुन व्यापारीले भन्सार छली गरी के के सामान भित्र्याउँछन्, नेपालबाट कस कसले भारतमा कुन कुन सामान पठाउँछन् सबै थाहा भएकाले एसपी केसीले उनीहरुलाई घुमुवा राखेका हुन् ।
बाराको बलिरामपुर, मुसहार्व, छातवा, कल्याणपुर, मटिआर्वा, बसतपुर, पिपरपाती, आमवा, गोलागन्ज, पथलवाघाट, कोचार्वा नाका, क्वही, सिम्रौनगढ, बनौली, बेल्दारीलगायत नाकाबाट लत्ताकपडा, हार्डयेवर, काजु, कवाड, चिनी, रजनिगन्धा, राजनिवास , बटर क्रिम, मोटर पार्टस लगायतको ठुलो मात्रामा तस्करी भएको सूचना प्राप्त भएको छ।
सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुखको नममा सशस्त्र प्रहरी हवल्दार द्विवेदीलगायतको घुमुवाहरु ठुलो व्यापारीहरुसँग रकम लिई मालसामान ओसारपोसार गराउँदै आएका छन् भन्ने सानो व्यापारीहरुको सामान पक्राउ गरि बुझाउदै आएका छन् ।
यस विषयमा बुझ्नको लागि १२ नम्बर गण बाराको सशस्त्र प्रहरी प्रमुख एसपी केसी सम्पर्कमा आउन चाहेनन् ।
