Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । अवैध रूपमा सट्टेबाजी गराई दुई करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–१२ का ४१ वर्षीय प्रेम थापा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शुक्रबार अपराह्न करिब साढे ५ बजे काठमाडौं महानगरपालिका–११, भद्रकालीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार थापाको साथबाट चार थान मोबाइल फोन र एक थान ल्यापटप बरामद गरिएको छ । ती विद्युतीय उपकरणको प्रारम्भिक जाँचका क्रममा ‘वान एक्स बेट’, ‘वान एक्स बेट पार्टनर्स’ तथा ‘मोब–क्यास’ एप्लिकेसनमार्फत ठूलो रकमको कारोबार भएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त माध्यमबाट दुई करोड…
काठमाडौं । अमेरिकी सेनासँग हुने उच्चस्तरीय सैन्य वार्तामा सहभागी हुन नेपाली सेनाको सात सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ । उपरथी अनुपजंग थापाको नेतृत्वमा रहेको टोली सोमबार राति कोरियन एयरको उडान नम्बर केइ ६९६ बाट सिओल हुँदै अमेरिकाको होनोलुलु प्रस्थान गरेको हो । अमेरिकाको होनोलुलुमा साउन २६ देखि २८ गतेसम्म ‘ल्याण्ड फोर्सेज टक्स’ नामक वार्ता हुँदैछ । नेपाली सेना र अमेरिकी सेनाबीच हुने उक्त वार्ता सातौँ संस्करण भएको जनाइएको छ । वार्तामा नेपाली सेनाको तर्फबाट उपरथी थापासहित सात सदस्यीय टोली सहभागी हुनेछ । वार्तामा दुई देशका स्थल सेनाबीचको सहकार्य, सैन्य सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल हुने जनाइएको छ ।…
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा संसद् भवनमा आगजनी हुँदा त्यसलाई लिएर उत्सव मनाउँदै भिडियो बनाएको भन्दै आलोचित पूर्वफुटबल खेलाडी, कमेन्टेटर तथा विभिन्न रियालिटी शोका निर्देशक अमनप्रताप अधिकारीकी छोरी अक्षता अधिकारी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य नियुक्त भएकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तनहुँकी अक्षतालाई साउन २२ गते प्राज्ञ सभा सदस्य नियुक्त गरेको हो । मन्त्रालयले गरेको नियुक्तिको सूचीमा उनको नाम १८औँ नम्बरमा रहेको छ । अक्षताको नियुक्तिपछि सामाजिक सञ्जालमा भने सरकारको निर्णयमाथि प्रश्न उठ्न थालेका छन् । विशेषगरी उनका पिता अमनप्रतापले जेनजी आन्दोलनका क्रममा संसद् भवनमा…
काठमाडौं । पक्राउ परेर कारागारबाट छुटेपछि पुनः लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार लागुऔषध मुद्दामा पक्राउ परी कारागारबाट छुटेपछि पुनः लागुऔषध कारोबारमा संलग्न हुन सक्ने व्यक्तिहरूको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूमाथि निगरानी बढाइएको थियो। सोही क्रममा प्रहरी टोलीले ललितपुर महानगरपालिका–१ कुपण्डोलस्थित एक घरबाट २१ वर्षीय प्रज्वल के.सी.लाई पक्राउ गरेको हो। उनको साथबाट खैरो हेरोइन ११० ग्राम ३५० मिलिग्राम, लागुऔषध तौल गर्न प्रयोग हुने डिजिटल तराजु थान–१ र कारोबारमा प्रयोग भएको फरक–फरक सिमसहितको मोबाइल थान–५ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका…
काठमाडौं । ‘अनुसन्धानमा लापरवाही गरेको वा अपराधीलाई सहयोग गरेको पाइएमा प्रहरीका जोसुकै वा जुनसुकै तहका हुन्, निलम्बनसँगै बर्खास्त गर्न पनि पछि हट्दिनँ।’ केही दिनअघि एक कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दिएको यो अभिव्यक्ति सामान्य चेतावनी मात्र थिएन। प्रहरी संगठनभित्र अनुसन्धानमा लापरवाही गर्ने र अपराधीलाई संरक्षण गर्ने प्रवृत्तिविरुद्ध उनको स्पष्ट सन्देश थियो। कार्कीले आईजीपीको जिम्मेवारी सम्हालेयता अपराध अनुसन्धानलाई प्राथमिकतामा राख्दै प्रहरीको व्यावसायिकता र जवाफदेहितामा जोड दिँदै आएका छन्। कतिपय घटनामा अपराध भएको छोटो समयमै संलग्न व्यक्ति पक्राउ पर्नुले पनि उनको नेतृत्वमा अनुसन्धानलाई तीव्रता दिने प्रयास भएको देखाउँछ। तर कार्कीको यही कार्यशैली सबैलाई मन परेको देखिँदैन।प्रहरी संगठनभित्र लामो समयदेखि चल्दै…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षलाई समेत समेटेर पार्टीको १५औँ महाधिवेशन निष्पक्ष रूपमा सम्पन्न गर्न आफू तयार रहेको बताएका छन्। तर, दबाब वा धम्कीका आधारमा आफू पछि नहट्ने उनले स्पष्ट पारेका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति देउवासहित निवर्तमान कार्यसमितिका नेताहरूप्रति आफ्नो सम्मान रहेको बताए। महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक सबै काम गर्न आफू तयार रहेको उनको भनाइ थियो। थापाले भने, ‘तर एउटा कुरा के स्पष्ट पार्छु भने, म तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ र फकाएर फकिन्नँ। यो पार्टीमा चार पुस्ताको सहभागिता छ, सबैलाई समेटेर लैजानुछ।’ सभापति थापाले…
रौतहट । ग्यासको कृत्रिम अभाव, अनियमित वितरण र उपभोक्ताको गुनासो बढिरहेका बेला गृह मन्त्रालयको निर्देशनपछि रौतहट प्रशासनले ग्यास डिलर तथा विक्रेतामाथिको निगरानी कडा बनाएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका १७ वटा ग्यास डिलर तथा विक्रेताका पसलमा एकैपटक आकस्मिक छड्के अनुगमन गरेको हो। अनुगमनका लागि प्रशासनले दुईवटा छुट्टाछुट्टै टोली परिचालन गरेको थियो। चन्द्रनिगाहपुर क्षेत्रतर्फ प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको नेतृत्वमा सुरक्षा निकायका प्रमुखसहितको टोली खटिएको थियो भने गौर क्षेत्रतर्फ प्रशासकीय अधिकृतको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको सहयोगमा अर्को टोली परिचालन गरिएको थियो। प्रमुख जिल्ला अधिकारी भुषालका अनुसार गौर, गरुडा र चन्द्रनिगाहपुरलगायत जिल्लाका प्रमुख बजार क्षेत्रमा रहेका सुपर, नेपाल सहारा, सहारा,…
काठमाडौं । खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२ दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन्। उपभोक्तालाई प्रतिसिलिन्डर ७ हजार रुपैयाँमा एलपी ग्यास बिक्री गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार त्वयनाले सञ्चालन गरेको किराना पसलबाट तीन थान एलपी ग्यास सिलिन्डर समेत बरामद गरिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले ग्यास कालोबजारी भइरहेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २६ दरबन्दी रिक्त भएका छन्। रिक्त दरबन्दीको तुलनामा बढुवाका लागि प्रतिस्पर्धी अधिकृतको संख्या धेरै भएपछि प्रहरी प्रधान कार्यालयले तत्कालभन्दा पनि आगामी पुसपछि बढुवा प्रक्रिया अघि बढाउने रणनीति बनाएको छ। हाल डीएसपीतर्फ मात्रै रिक्त दरबन्दी संख्या २४ बाट बढेर २६ पुगेको छ। यससँगै इन्स्पेक्टरबाट डीएसपीमा बढुवाका लागि प्रतिस्पर्धामा रहेका अधिकृतहरूको संख्या पनि उल्लेख्य छ। गत साउन १४ गते एसएसपी भीमबहादुर दाहाल र एसपी महेन्द्रकुमार श्रेष्ठले अनिवार्य अवकाश पाएपछि नेपाल प्रहरीमा थप एक एसएसपी र दुई एसपीको दरबन्दी रिक्त भएको हो। दाहालले २०५४ मंसिर १ गते प्रहरी निरीक्षकबाट तथा श्रेष्ठले…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई सही बाटोमा डोर्याएर गन्तव्यमा पुर्याउने दावी गरेका छन्। काठमाडौंमा शनिबार साँझ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। सरकारले आफ्नो बाचा अनुसार काम गर्न नसके वा बाटो बिराएमा आफ्नै पार्टीले कान समातेर पुनः सही ट्रयाकमा ल्याउने सामर्थ्य राख्ने बताए। उनले देशको वर्तमान राजनीतिक वातावरण र सानातिना उतारचढावबाट नआत्तिन समेत आग्रह गरे। उनले भने, ‘यात्राका क्रममा कहिले-काहीँ मौसमका कारण टर्ब्युलेन्स आउन सक्छ। तर जहाज हल्लियो भन्दैमा दुर्घटना हुन्छ भनेर डराउनु पर्दैन। सिट बेल्ट बाँधेर ढुक्क हुनुहोस् । हामी सही नियतका साथ देशरूपी यो जहाजलाई सुरक्षित गन्तव्यमा पुर्याउँछौं…