Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
पूर्वाधारमन्त्री लम्साललाई रास्वपाकै सचेतकको जवाफ – काठमाडौंमा बसेर सक्रिय भएन भन्नु अन्याय हुन्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले विपद्का बेला स्थानीय तह सक्रिय भएनन् वा केन्द्रसँग समन्वय भएन भन्दै आरोप लगाउनु नहुने बताएकी छन् । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्को समयमा पालिका र वडाका संयन्त्रहरू अटोमेटिक सक्रिय हुनुपर्नेमा नभएको भन्दै असन्तुष्ट जनाएका थिए । तर धितालले मंगलबार सामाजिक सञ्जालमार्फत विपद्बाट प्रभावित स्थानीय तह आफैँ पनि पीडित हुने भएकाले काठमाडौंमा बसेर स्थानीय तहलाई मात्र आरोप लगाउनु किमार्थ उचित नहुने बताएकी हुन् ।स्थानीय तह आफैं पनि विपद्को पीडित भएको बताउँदै उनले उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको स्मरण गराइन्। ‘काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन, हामीसँग समन्वय भएन भनेर मात्र आरोप…
बारा । बाराको विश्रामपुर गाउँपालिका–३, मुसहर्वाका ११ वर्षीय बालक राजेशकुमार साहको अपहरणपछि भारतमा हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार राजेशकुमार भदौ ९ गते बिहान करिब ९ बजे घरबाट बेपत्ता भएका थिए। सोही दिन साँझ करिब ७ः५० बजे परिवारले प्रहरी चौकी मुसहर्वामा बालक हराएको सूचना दिएपछि प्रहरीले खोजतलास अघि बढाएको थियो। खोजीका क्रममा भदौ ११ गते बिहान करिब १०ः३० बजे भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको नुनियाडी पञ्चायत–१ स्थित सिंहा नदी किनारमा बालकको शव फेला परेको थियो। मृतककी आमाले भारत पुगेर शवको पहिचान गरेकी थिइन्। घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय बाराले…
काठमाडौं । नवनियुक्त गृह सचिव केदारनाथ शर्माले गृह मन्त्रालयको सचिवका रूपमा कार्यभार सम्हालेका छन्। गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नवनियुक्त गृह सचिव शर्मालाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले स्वागत गरेका हुन्। यसअघि रक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत शर्मा गृह सचिवको जिम्मेवारीमा आएका हुन्। गृह सचिवको जिम्मेवारी सम्हालेसँगै उनले मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्दै सुरक्षा निकायसँगको समन्वयलाई समेत अघि बढाउनेछन्। गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन, कारागारलगायत महत्वपूर्ण निकाय रहेका छन्। त्यसैले गृह सचिवको भूमिका मुलुकको शान्ति–सुरक्षा, प्रशासनिक व्यवस्थापन तथा सुरक्षा निकायबीचको समन्वयका दृष्टिले महत्वपूर्ण मानिन्छ। शर्माको कार्यकालमा गृह प्रशासनलाई थप…
काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोटको बेत्रावतीमा कस्तो भयावह क्षति पुर्यायो भन्ने अर्को दर्दनाक दृश्य देखिएको छ। विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटा पुरिएको घरभित्र एउटै कोठामा २० भन्दा बढी शव फेला परेका छन्। भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले बगाएर ल्याएका मानिसका शव उक्त घरमा थुप्रिएको अवस्थामा भेटिएको हो। शवको संख्या भने अहिलेसम्म यकिन हुन सकेको छैन। बेत्रावतीस्थित ठूलो घरको एउटा कोठाभित्र ठूलो संख्यामा शव रहेको जानकारी पाएपछि उद्धार टोली त्यहाँ पुगेको थियो। तर, लगातारको वर्षा, अँध्यारो र जोखिमपूर्ण अवस्थाका कारण उद्धार तथा शव निकाल्ने काम सहज हुन सकेको थिएन। विदुर नगरपालिका–१० का एक वडा…
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका ४६ जनाको शव काठमाडौं ल्याएर गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकास्थित खाली चौरमा गाडिएको छ। तत्काल पहिचान हुन नसकेका शवलाई लामो समयसम्म खुला अवस्थामा राख्दा स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै जिल्ला सुरक्षा समितिको बैठकपछि सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको हो। बाढीपछि विभिन्न स्थानबाट संकलन गरिएका शवमध्ये पहिचान हुन नसकेका तथा आफन्तले दाबी गर्न नआएका शवको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको थियो। शव सड्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमण तथा महामारीको जोखिमसमेत बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित निकायले सुरक्षित रूपमा शव व्यवस्थापन गर्ने निर्णय गरेका हुन्। दक्षिणढोकास्थित खुला चौरमा गएराति ४६ शव गाडिएको हो।…
गस्ती निस्कनुअघि नै तस्करलाई खबर, बलिरामपुर–मुसहरवा र छतवामा प्रहरीकै ‘लाइन’मा दिनरात तस्करी !
बारा । वीरगन्ज भन्सार नाकामा सुरक्षा निगरानी र कडाइ बढ्दै गएपछि तस्करीमा संलग्न समूहले सीमावर्ती ग्रामीण नाकालाई वैकल्पिक रुटका रूपमा प्रयोग गर्न थालेको पाइएको छ। बाराको बलिरामपुर–मुसहरवा र छतवा नाका पछिल्लो समय तस्करीका लागि सक्रिय छ। यी नाकाबाट काजु, छोकडा, चिनी, कपडा तथा अन्य किराना सामग्री मोटरसाइकल र साइकलमार्फत साना–साना पोका तथा बोरामा विभाजन गरेर नेपाल भित्र्याउने गरिएको स्रोत बताउँछ। सामान एकैपटक ठूलो परिमाणमा ल्याउँदा जोखिम बढ्ने भएकाले साना पोका बनाएर दिनरात ओसारपसार गर्ने शैली अपनाइएको हो। स्थानीय स्रोतका अनुसार भारतबाट ल्याइएका सामान बलिरामपुर–मुसहरवा क्षेत्र हुँदै बाराको जीतपुरसम्म पुर्याउने गरिएको छ। जीतपुरका सरोज भनिने व्यापारीले कपडाको कारोबार सम्हालिरहेको स्रोतको दाबी…
एसपी पवन भट्टराईको ‘एक्सन’ : नारायणी अस्पतालबाट हराएको नवजात शिशुको १६ घण्टामै सकुशल उद्धार
पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालबाट हराएको एकदिने नवजात शिशुलाई पर्सा प्रहरीले १६ घण्टाभित्रै सकुशल उद्धार गरेको छ। नवजात शिशु अस्पतालबाट अनधिकृत रूपमा लगिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी पवन भट्टराई आफैं अग्रसर हुँदै विशेष प्रहरी टोली परिचालन गरेका थिए। प्रहरीले सम्भावित स्थान तथा नाकाहरूमा निगरानी बढाउँदै रातभर विशेष खोजी अभियान सञ्चालन गरेको थियो। प्रहरीको तीव्र खोजीपछि नवजात शिशुलाई सकुशल फेला पारेर परिवारको जिम्मा लगाइएको हो। घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका–१६ बस्ने आसमहम्मदकी पत्नी २७ वर्षीया सबिना खातुनलाई सोमबार दिउँसो पक्राउ गरिएको छ। प्रहरीका अनुसार सर्लाहीको रामनगर गाउँपालिका–३, बहुअर्वा बस्ने रन्जय दासकी पत्नी २७ वर्षीया रिंकु…
इन्स्पेक्टर बनिन् ब्याडमिन्टन खेलाडी निता लम्साल, आईजीपी कार्कीले लगाइदिए दर्ज्यानी चिन्ह
काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता तथा राष्ट्रिय ब्याडमिन्टन खेलाडी निता लम्साल नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा नियुक्त भएकी छन्। खुलातर्फ प्रतिस्पर्धा गर्दै लोकसेवा प्रक्रिया पार गरेपछि लम्साल प्रहरी निरीक्षक पदमा नियुक्त भएकी हुन्। खेलकुद क्षेत्रमा आफ्नो पहिचान बनाएकी उनले अब नेपाल प्रहरीको जिम्मेवारीसमेत सम्हाल्ने भएकी छन्। विराटनगरकी लम्साललाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह (फुली) सुशोभन गराउँदै नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्। १३औँ सागमा पदक जितेकी लम्साल राष्ट्रियस्तरकी चर्चित ब्याडमिन्टन खेलाडीसमेत हुन्। खेलकुदसँगै सुरक्षा सेवामा प्रवेश गरेकी उनको यो उपलब्धिलाई खेलकुद र प्रहरी दुवै क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। ब्याडमिन्टन कोर्टबाट…
पोखरा । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) फणीन्द्र प्रसाईँ गण्डकी प्रदेशकै ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले प्रसाईँलाई साउन महिनाको उत्कृष्ट प्रहरी छनोट गरेको हो । प्रहरी संगठनले दिएको जिम्मेवारीलाई इमानदारी, कर्तव्यनिष्ठा र उच्च व्यावसायिकताका साथ निर्वाह गर्दै अपराध अनुसन्धान तथा नियन्त्रणमा उल्लेखनीय काम गरेको मूल्यांकनका आधारमा प्रसाईँलाई उत्कृष्ट प्रहरी छनोट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एसपी प्रसाईँको नेतृत्वमा साउन महिनामा भएका विभिन्न अपराधका घटनामा संलग्न अभियुक्त पक्राउदेखि फरार अभियुक्त नियन्त्रणसम्म उल्लेखनीय सफलता हासिल भएको थियो । उनको नेतृत्वमा फरक–फरक घटनामा २ जनाको हत्यामा संलग्न ५ जना अभियुक्त तथा विभिन्न…
काठमाडौं । गृहसचिव राजकुमार श्रेष्ठको विदाइ गरिएको छ । पाँचवर्षे सचिवको कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा जान लागेका श्रेष्ठलाई गृह मन्त्रालयमा आयोजित एक समारोहबीच नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेलले विदाइ गरेका हुन् । श्रेष्ठ २०८२ पुस १४ गते गृहसचिवमा नियुक्त भएका थिए । तर, सचिवका रूपमा पाँचवर्षे कार्यकाल पूरा भएपछि उनी अनिवार्य अवकाशमा गएका हुन् । गृहसचिवका रूपमा श्रेष्ठले गृह प्रशासनसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सुरक्षा निकायसँगको समन्वयमा काम गरेका थिए । विदाइ कार्यक्रममा दुवै सुरक्षा संगठनका प्रमुखले श्रेष्ठको कार्यकालमा भएको समन्वय र सहयोगको प्रशंसा गर्दै आगामी जीवनका लागि शुभकामना…
