Author: Scoop Khabar

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले निलो पोशाक लगाउने प्रहरी आफैंमा सामुदायिक प्रहरी भएको बताएका छन् । शनिबार प्रहरी वृत्त गौशाला, काठमाडौं महानगरपालिका–८, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र चावहिलको संयुक्त आयोजनामा समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘सुरक्षा, जनचासो र समाधान विषयक नागरिक सुनुवाइ कार्यक्रम’ उनले यस्तो बताएका हुन् । उनले कार्यक्रममा भने, ‘निलो पोशाक लगाउने प्रहरी आफैंमा सामुदायिक प्रहरी हुन् । प्रहरी निलो पोशाक भित्रका नागरिक हुन्, ‘जसले सेवा, सुरक्षा र समन्वयमा विश्वास गर्छन्’ नेपाल प्रहरी नागरिकमैत्री प्रहरी भएकोले नागरिकसँगको सहकार्य विना प्रहरी कार्य प्रभावकारी हुन सक्दैन ।’ उनले प्रहरीको काम…

थप

महोत्तरी । नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले सरकारमा सहभागी मन्त्री राख्ने र फिर्ता गर्ने विषयमा कुनै छलफल नभएको बताएका छन् । शनिबार बर्दिबासको गौतम होटलमा भएको बैठकमा यसबारे केही प्रसंग नै नउठेको र एमालेबारे मिडियाले गलत सञ्चार गरेको अध्यक्ष मण्डलले बताए । ‘मन्त्रीहरु फिर्ता गर्ने कुनै कुरा भएको छैन,’ अध्यक्ष मण्डलले भने, ‘अझ कुनै एउटा मन्त्री फिर्ता गर्ने भन्ने विषय त सरासर झुट हो । किन मिडिया एमालेबारे भ्रम फैलाइरहेका छन् ?’ उनले मधेशमा नेकपा एमाले लोकप्रिय र मधेश सरकारमा एमाले ठूलो दल भएको केही मिडियालाई मन नपरेको बताए । ‘सबै मन्त्रीहरुको समय पुगेकाले सबैलाई फिर्ता गर्ने कि…

थप

धादिङ । धुनीवेशी नगरपालिका–४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई सार्वजनिक किर्ते मुद्दामा सात महिनापछि प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको छ । लामो समयदेखि फरार सूचीमा रहेका सुवेदीलाई विशेष सूचनाका आधारमा शनिबार बिहान कलंकीबाट पक्राउ गरिएको हो । सुवेदीमाथि नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म प्रमाणपत्र बनाइ त्यसको आधारमा नागरिकता सिफारिस गराएर जग्गा बिक्री गरेको अभियोगमा जिल्ला अदालत धादिङमा मुद्दा दर्ता भएको थियो । प्रहरीका अनुसार उनले झुटो कागजात प्रयोग गरी नागरिकता बनाइ सोही नागरिकताका आधारमा सम्पत्ति कारोबारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई काठमाडौंबाट पक्राउ गरी थप अनुसन्धानका लागि धादिङ ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

थप

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले संसदमा उठाइएका विषयवस्तु सम्बोधन नहुँदासम्म निरन्तर प्रयास गरिरहनुपर्ने बताएका छन् । बाटो बन्नु र बिजुली बल्नु मात्र विकास होइन भन्दै उनले समग्र मानव विकास नै विकास भएको बताएका छन् । एक अन्तर्वार्ताका क्रममा उनले राजनीतिक प्रणालीलाई सुसंस्कृत बनाउँदै जानुपर्ने भन्दै यो कर्तव्य राजनीतिक दलहरूको भएको बताएका छन् । उनले भनेका छन्–‘राजनीतिक दलको आलोचना त हुन्छ, तर ती आलोचनालाई कति विनम्र बनाएर लैजाने भन्ने हुन्छ। शब्दमा विनम्रता र भावमा क्रान्तिकारी भाव राख्दा पनि आफ्नो कुरा खरो रूपमा राख्न सकिन्छ। ठूलो स्वरमा र कडा शब्द मात्रै राखेर अगाडि बढ्ने कुरा संसदीय…

थप

काठमाडौं । भारतको बेंगलुरुमा चोरी गरेर भागेका दुई जना कैलालीमा पक्राउ परेका छन्। बैंगलुरुस्थित एस. रमेश बाबुको घरमा चोरी गर्नेहरु कालीकोट नरहरिनाथ गाउँपालिका–२ का ४६ वर्षीय उदय बिष्ट र ४५ वर्षीय भैरे बिष्टलाई कैलाली प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट चोरीका सुनका गहना समेत बरामद भएको छ। २०२५ मे २८ मा बेंगलुरुस्थित रमेश बाबुको घरमा काम गर्दै आएका नेपाली कामदार उदय बिष्टले साथीसहित चोरी गरेका थिए। भारतीय प्रहरीको सूचनामा आधारित रही कैलाली प्रहरीले अनुसन्धान गरेर उनीहरुलाई पक्राउ गरेको हो । कैलाली प्रहरी प्रमुख एसपी बालनरसिंह राणाका अनुसार अनुसन्धानका क्रममा ती दुवैले आफ्नो हिस्साको गरगहना कैलालीको लम्कीचुहा नगरपालिका–१ का ३० वर्षीय…

थप

काठमाडौं । बिहीबार साँझ (२६ असार) फलामे गेटले थिचेर मृत्यु भएका सप्तरीको सप्तकोशी नगरपालिका–१, खोरियाटोलका ४ वर्षीय बालक समर्थ कट्वाल (समर्थजङ कट्वाल) को आज दाहसंस्कार गरिएका छ। रोजगारीका क्रममा कोरियामा रहेका उनका बुबा सञ्जिव कट्वाल घर फर्किएपछि बालकको दाहसंस्कार गरिएको हो। स्थानीयका अनुसार त्यो साँझ अन्य दिनजस्तै सामान्य थियो। स्थानीय मदर मेमोरियल माद्यमिक विद्यालयको यूकेजीमा अध्ययनरत उनी परीक्षा सकेर फर्किएका थिए। विद्यालयबाट फर्केपछि आमा सिर्जनाले उनलाई स्कुटरमा राखेर घुमाउन लगिन्। आमा–छोराले रमाइलो गरे। त्यसपछि समर्थ ट्युसन गए। घर फर्किएपछि आमा स्कुटर पार्किङ गर्दै थिइन्। समर्थ दाई सार्थक (ठुलोबुबाको छोरा) सँग खेल्न थाले। घरमा हालसालै कम्पाउण्ड वाल लगाइएको थियो। सँगै बडेमान…

थप

काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत एक कार्यालय सहयोगी आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। सिस्ने गाउँपालिका–६, खोपिचार घर भएकी २३ वर्षीया कोइली शाही शनिबार बिहान सिस्ने–५ स्थित डेरामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी उमाशंकर प्रशाद यादवका अनुसार शाही गाउँपालिका कार्यालयमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिइन्। डीएसपी यादवका अनुसार मृतक शाहीले शनिबार बिहान महिला साथीहरूसँग घुम्न जाने योजना बनाएकी थिइन्। तर, फोन सम्पर्क गर्न खोज्दा नउठेपछि चिनजानका व्यक्तिहरूलाई खबर गरेर कोठा जाँच्न आग्रह गरिएको थियो। स्थानीयले कोठामा बोलाउँदा पनि कुनै प्रतिक्रिया नआएपछि प्रहरीलाई खबर गरियो। त्यसपछि प्रहरीले ढोका फोरेर हेर्दा शाही झुण्डिएको…

थप

मोरङ । कोशी प्रदेशस्थित मोरङ जिल्ला हुँदै भारततर्फ गोरु तस्करी हुँदा सम्बन्धित निकाय रमिते बनेको छ । पूर्वी जिल्ला मोरङ-झापा भनेर चिनिने गर्दछ । यी दुई जिल्लामा भारतसँग जोडिएका खुल्ला सीमा नाका रहेका छन् । यही खुल्ला सीमा नाकाको फाइदा उठाउँदै तस्करले गोरु तस्करी गरिरहेको हो । विगतमा बेला-बेलामा पूर्वी जिल्ला मोरङ र झापाबाट तस्करी मात्र नभएर तस्करीसँग कुटाकुट त कहिले समयमा लाइन नपाएर झडप हुने गरेको विषय समेत चर्चामा आउने गरेको थियो । तर, पूर्वी जिल्ला भनेर चिनिने मोरङमा भने गोरु तस्करी भइरहँदा पनि सम्बन्धित निकाय रमिते बनेको पाइएको हो । गोरु तस्करी पूर्वी नाका हुँदै भारत पुग्ने गरेको…

थप

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा अध्यक्ष पुष्पकमल दाहालसँग यतिवेला पानी बाराबारको अवस्थामा छन् । पार्टी छोड भनेर भनिसकेको अभिव्यक्ति दिएका जनार्दन यतिवेला शक्ति सञ्चयको तयारीमा जुटेका छन् । आफ्नो गृहजिल्लामा आफूले मेहनत गरेर भेला पारेको मासलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आफ्नो मानमर्दन गरेको भन्दै जनार्दन रिसले आगो भएका छन् । काठमाडौं फर्किएपछि उनले मिडियामा अन्तर्वार्ताको क्रममा प्रचण्डले आफूलाई दुई चोटी पार्टी छोड भनिसकेको भनेर खुलासा गरेका थिए । त्यसपछि शर्मा प्रचण्डलाई देखाईदिने भन्दै चितवनमा शक्ति प्रदर्शन गर्ने तयारीमा समेत जुटेको पाइएको छ ।

थप

काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । बुधबार केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले खनालमाथि कारबाही गरिएको पत्र लुम्बिनी प्रदेश समितिलाई पठाएका हुन् ।पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरिएको आरोपमा कांग्रेसका नेता डा. शेखर कोइराला निकट खनाललाई कारबाही गरिएको हो । २०७९ को संघीय तथा प्रदेशसभा निर्वाचनका क्रममा खनालले पार्टी उम्मेदवारलाई असहयोग गरेको भन्दै कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीले अनुशासन समितिमा उजुरी दिएका थिए । यसबारे अनुशासन समितिले खनालसँग स्पष्टीकरण मागेको थियो । तर उनले दिएको जवाफ चित्तबुझ्दो नलागेको समितिको निष्कर्ष छ । नवलपरासीको बर्दघाट नगरपालिका–१० निवासी…

थप