काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अहिले भद्रकालीस्थित नेपाली सेनाको हेडक्वार्टरमा रहेका छन् । शीतल निवास आन्दोलनकारीले जलाइदिएपछि उनी सेनाकै सुरक्षामा थिए ।
राष्ट्रपति अहिले जंगी अड्डामा रहेको उनका प्रेस सल्लाहकार खिला कार्कीले पुष्टि गरे । राष्ट्रपति पौडेलले आज एक सन्देश जारी गर्दै संविधानसम्मत तरिकाले समस्याको समाधान गर्न आफू संवादमा रहेको बताएका थिए ।
Facebook Comments Box
