काठमाडौं । डिल्लीबजार-नारायणथान क्षेत्रमा नेपाली सेनालाई देखेपछि केही व्यक्तिहरू सवा दुई लाख नगद छाडेर भागेका छन्।
बुधबार उक्त क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेपछि सेनाको टोली पुगेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
त्यस क्रममा उनीहरूले दुई लाख ३२ हजार ५ सय रुपैयाँ र २५०० अमेरिकी डलर छाडेर भागेका हुन् ।
उक्त रकम सेनाले नियन्त्रणमा लिएको छ ।
त्यस्तै अर्को एउटा सुरक्षाकर्मीको हतियार पनि बरामद भएको सेनाले जनाएको छ । हालसम्म कुल ३२ वटा हतियार बरामद भएको छ ।
Facebook Comments Box
